गृहमन्त्रीको सवारी सातदोबाटोको चेकिङमा रोकियो

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण ५, २०७४
|
|
२७ पटक हेरिएको
Shares
गृहमन्त्रीको सवारी सातदोबाटोको चेकिङमा रोकियो

सारांश

  • ललितपुर ।
  • देश प्रमुख व्यक्तिहरु राजधानीका सडकमा चल्ने भन्ने थाहा पाउने वित्तिकै त्यो रुट कम्तिमा पनि २०—३० मिनेट अगाडी देखी नै सवारी जाम हुन्छ ।
  • राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री लगायत जसको सवारीमा पनि यो नियम लागु हुने गर्दछ ।

ललितपुर ।

देश प्रमुख व्यक्तिहरु राजधानीका सडकमा चल्ने भन्ने थाहा पाउने वित्तिकै त्यो रुट कम्तिमा पनि २०—३० मिनेट अगाडी देखी नै सवारी जाम हुन्छ । राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री लगायत जसको सवारीमा पनि यो नियम लागु हुने गर्दछ । तिनै मध्येका गृहमन्त्री गृहमन्त्रीको गाडी भन्ने वितिक्कै अगाडी पछाडी प्रहरीको गाडी, साईरन बजाउँदै घण्टौँसम्म सडक जाम हुने कुरा हामीले प्राय सोच्ने कुरा हो ।

तर बुधबार ठिक त्यसको विपरितको दृश्य देख्नमा आयो । सातदोबाटो चोकमा तीव्र गतिमा हुइकिनुको साटो एकाएक गृहमन्त्री जर्नादन शर्माको गाडी रोकिन्छ । गाडी रोकेर मन्त्री शर्मा ओर्लन्छन् र त्यहाँ ट्राफिक व्यवस्थापन गरिरहेका प्रहरी अधिकृत ललितपुर ट्राफिक प्रहरीका प्रमुख सीताराम हाछेथुलाई गृहमन्त्रीले बोलाउँछन् ।

ट्राफिक व्यवस्थापनमा जनस्तरबाटनै निकै वाहवाही बटुलेका हाछेथुलाई सडकमा नै भेटेर गृहमन्त्री शर्माले राम्रो कामको बधाई दिँदै प्रशंसा गरेका छन् ।

गृहमन्त्रीसँगको अकास्मात भेटबारे प्रश्न गर्दा हाछेथु भन्छन्, ‘गृहमन्त्रीज्यूले बाटोमा नै गाडी रोकेर मसँग हात मिलाउनुभयो । त्यसपछि राम्रो कार्यसम्पादन गरेकोमा बधाई दिनुभयो ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मनाङमा दीपक मनाङेको अग्रता
मनाङमा दीपक मनाङेको अग्रता
भारतको हस्तक्षेपकारी भूमिका सन्तुलनमा राख्न चीन र पाकिस्तानसँग सम्बन्ध : मसाल
भारतको हस्तक्षेपकारी भूमिका सन्तुलनमा राख्न चीन र पाकिस्तानसँग सम्बन्ध : मसाल
ब्रह्माकुमारी राजयोग सेवा केन्द्रको स्वर्ण जयन्ती महोत्सव–२०७४ को सम्पूर्ण तयारी पूरा !
ब्रह्माकुमारी राजयोग सेवा केन्द्रको स्वर्ण जयन्ती महोत्सव–२०७४ को सम्पूर्ण तयारी पूरा !
यस्ता छन् मन्त्रीपरिषदका निर्णयहरु
यस्ता छन् मन्त्रीपरिषदका निर्णयहरु
उत्तरी सिमानामा अर्को ठूलाे प्रहार ! खै हाम्रो पिलर न ५७ ? स्थलगत रेपोर्टिङ
उत्तरी सिमानामा अर्को ठूलाे प्रहार ! खै हाम्रो पिलर न ५७ ? स्थलगत रेपोर्टिङ
अछाम कांग्रेसमा प्रदेशसभा समानुपातिकमा विककाे सम्भावना बलियाे;
अछाम कांग्रेसमा प्रदेशसभा समानुपातिकमा विककाे सम्भावना बलियाे;
लोन्ली प्लानेटले छान्यो नेपालका उत्कृष्ट पदयात्रा मार्ग
लोन्ली प्लानेटले छान्यो नेपालका उत्कृष्ट पदयात्रा मार्ग
दिपक मनाङे किन मन्त्री बने ?
दिपक मनाङे किन मन्त्री बने ?
संयुक्त राष्ट्रसंघीय राजनीतिक मिशन (डिपिए) औपचारिक रुपमा बन्द
संयुक्त राष्ट्रसंघीय राजनीतिक मिशन (डिपिए) औपचारिक रुपमा बन्द
राज्य व्यवस्था समितिबाट पनि रवि लामिछाने निलम्बित
राज्य व्यवस्था समितिबाट पनि रवि लामिछाने निलम्बित

तपाईंले छुटाउनुभयो कि?