शाखा कार्यालयनै स्थापना गरेर ठगि, सञ्चालक भने फरार

Shikharkhabar Shikharkhabar
|
आइतबार, श्रावण ६, २०७५
|
|
२९ पटक हेरिएको
Shares
शाखा कार्यालयनै स्थापना गरेर ठगि, सञ्चालक भने फरार

सारांश

  • काठमाडौं,  ६ साउन ।
  • सुजाता रेग्मीको पेप्सीकोलामा ब्युटीपार्लर छ।
  • डेढ महिनाअघि सहकारीमा काम गर्ने एक चिनजानकै दिदीले उनलाई भनिन् ‘एउटा संस्था छ, यसलाई सस्तो दरमा ऋण उपलब्ध गराउँछ।

काठमाडौं,  ६ साउन । सुजाता रेग्मीको पेप्सीकोलामा ब्युटीपार्लर छ। डेढ महिनाअघि सहकारीमा काम गर्ने एक चिनजानकै दिदीले उनलाई भनिन् ‘एउटा संस्था छ, यसलाई सस्तो दरमा ऋण उपलब्ध गराउँछ। तर त्यसका लागि सुरुमा २५ हजार रुपैयाँ बुझाउनु पर्छ। १० देखि १५ दिनभित्र २ लाख रुपैयाँसम्म ऋण पाइन्छ। ती ‘दिदी’ले सुजातालाई निरन्तर फलो गरिन्। आफूलाई राम्रै हुने देखेपछि सुजाताले चार दिनअघि २५ हजार रुपैयाँ बुझाइन्।

आइतबार टेकुस्थित काठमाडौं प्रहरी परिसरमा मानिसहरुको बाक्लो भिड थियो। उनीहरु चर्को स्वरमा भनिरहेका थिए ‘हाम्रो पैसा जसरी ‘नि फिर्ता हुनुपर्छ। समूहमा काठमाडौंको न्युरोड, कीर्तिपुर,नारायणथान, साँखु तथा ललितपुरको इमाडोल र भक्तपुरको ठिमी र पेप्सीकोलाका स्थानीय तथा त्यहाँ ब्यवशाय गरि बस्ने धेरै थिए। त्यही हुलमा निराश र मलिन मुद्रासहित सुजाता पनि थिइन्।
‘सजिलै ऋण पाइन्छ भनेर २५ हजार दिइयो तर पैसा उठाएर सञ्चालकहरु भाग्न लागेका रहेछन्’, सुजाता भन्दै थिइन्। विभिन्न समूह खोलेर रकम जम्मा गरी भाग्न लाग्दा समृद्धि नेपाल वित्तिय संस्था लिमिटेडका सन्चालकमध्ये एक कोपिला अधिकारी पक्राउ परेकी छिन्। बाँकी चार जना सञ्चालक भने फरार छन्।समृद्धिले गत जेठमा मात्र उपत्यकाका न्युरोड, कीर्तिपुर, नारायणथान, साँखु,  इमाडोल, थिमी र पेप्सीकोलामा शाखा कार्यालय नै खोलेको थियो। ‘विभिन्न ठाउँमा शाखा नै रहेको पाइएपछि हामी पनि विश्वस्त भयौं’, सुजाता भन्छिन्। संस्थाले प्राय न्यून आय भएका महिला तथा पुरुषलाई प्रभावित बनाई रकम संकलन गरेको थियो। महिला महिलालाई नै मिलेर समूह बनाउन लगाउने र सदस्य बन्न लगाएर पैसा जम्मा गर्ने संस्थाको योजना रहेको परिसरका प्रवक्ता डीएसपी मोहन थापा भन्छन्।

‘तर पैसा जम्मा गरेपनि तोकिएको ऋण उपलब्ध गराउन नसकेपछि कर्मचारीले नै सन्चालकलाई समातेर प्रहरीमा ल्याएका हुन्’, थापा भन्छन्। उनले अधिकारीलाई म्याद थपी आवश्यक अनुसन्धान भइरहेको जानकारी दिए। प्रहरीले एउटा समूहमा १० देखि १५ जनासम्म रहेको र यस्ता समूह दर्जनौं हुन सक्ने थापा बताउँछन्। प्रहरीका अनुसार यो संस्था कतै दर्ता पनि छैन। ‘श्रीमतीको लहैलहैमा सदस्य बनियो अहिले पैसा डुब्ला जस्तो भयो। हामी धेरै सदस्य महिलाकै कारण भएका छौं’, नाम उल्लेख नगर्ने शर्तमा नारायणथानका एक अधबैसेले भने।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?