शान्तिका लागि चारुमती विहारमा विशेष पूजा र धर्म प्रवचन

Shikharkhabar Shikharkhabar
|
सोमबार, पौष २, २०७५
|
|
२३ पटक हेरिएको
Shares
शान्तिका लागि चारुमती विहारमा विशेष पूजा र धर्म प्रवचन

सारांश

  • चारुमती बुद्धिष्ट मिसन नेपालले चाबहिलस्थित चारुमती विहारमा विशेष बुद्धपूजाका साथै प्रवचन गरेको छ ।
  • मानव कल्याणका लागि शाक्यमुनि बुद्धले दिएका अहिंसा, शान्ति, मित्रता, भ्रातृत्वको सन्देशलाई उक्त कार्यक्रममा स्मरण गरिएको छ ।
  • संयुक्त राज्य अमेरिकाको लस एञ्जेल्सबाट आएकी ५० वर्षीया बौद्धगुरु तथालोकले बौद्ध इतिहासको लामो परम्परा बोकेको चारुमती चैत्यलाई विश्वसम्पदा सूचीमा सूचिकृत गर्नु पर्नेमा जोड दिइन् ।

चारुमती बुद्धिष्ट मिसन नेपालले चाबहिलस्थित चारुमती विहारमा विशेष बुद्धपूजाका साथै प्रवचन गरेको छ । मानव कल्याणका लागि शाक्यमुनि बुद्धले दिएका अहिंसा, शान्ति, मित्रता, भ्रातृत्वको सन्देशलाई उक्त कार्यक्रममा स्मरण गरिएको छ ।

संयुक्त राज्य अमेरिकाको लस एञ्जेल्सबाट आएकी ५० वर्षीया बौद्धगुरु तथालोकले बौद्ध इतिहासको लामो परम्परा बोकेको चारुमती चैत्यलाई विश्वसम्पदा सूचीमा सूचिकृत गर्नु पर्नेमा जोड दिइन् ।

उनले उक्त सम्पदालाई अन्तराष्ट्रिय तहमा प्रचार गरी बौद्ध साहित्यलाई प्रवद्र्धन गर्न सकिने विचार व्यक्त गरे । कार्यक्रम आयोजक संस्थाका अध्यक्ष भिक्षु तपस्सी धम्मले बौद्ध दर्शन तथा साहित्यका माध्यमबाट देशका विभिन्न ग्रामीण भेगमा सामाजिक सेवा तथा स्थानीय विकासका गतिविधि सञ्चालन गरिरहेको जानकारी दिए । करीब दुई हजार ३०० वर्ष पुरानो मानिने उक्त चैत्यमा विभिन्न धार्मिक कार्यक्रम गरिँदै आएको छ ।

त्यस्तै भिक्षुणी तथालोकले चावहिलमै धर्मप्रवचन समेत दिइन् । चारुमती बुद्ध विहार अन्तर्गतको चारुमती बुद्धिष्ट मिसनले आयोजना गरेको प्रवचन कार्यक्रम २१ औँ शताव्दीमा बौद्ध महिलाहरुको जागरणमा केन्द्रीत थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?