एसिसी प्रिमियर कप क्रिकेट : नेपाल सेमिफाइनलमा प्रवेश

Shikharkhabar Shikharkhabar
|
बिहिबार, कार्तिक २, २०८०
|
|
३१ पटक हेरिएको
Shares
एसिसी प्रिमियर कप क्रिकेट : नेपाल सेमिफाइनलमा प्रवेश

सारांश

  • काठमाडौं।
  • एसिसी उन्नाईस वर्षमुनि (यू-१९) प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले साउदी अरेबियालाई ३०१ रनको फराकिलो अन्तरले पराजित गर्दै विजयी भएको छ।
  • मलेसियाको युएसडी-युकेएम ओभल क्रिकेट मैदानमा भएको खेलमा नेपालले साउदी अरेबियालाई ३४८ रनको विशाल लक्ष्य दिएको थियो।

काठमाडौं। एसिसी उन्नाईस वर्षमुनि (यू-१९) प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले साउदी अरेबियालाई ३०१ रनको फराकिलो अन्तरले पराजित गर्दै विजयी भएको छ।

मलेसियाको युएसडी-युकेएम ओभल क्रिकेट मैदानमा भएको खेलमा नेपालले साउदी अरेबियालाई ३४८ रनको विशाल लक्ष्य दिएको थियो। जवाफमा साउदी अरब १९ दशमवल १ ओभरमा सबै विकेट गुमाउँदै ४६ रनमा समेटियो। यो जितसँगै नेपाल समूह ‘ए’को विजेता हुँदै सेमिफाइनलमा प्रवेश गरेको हो।

नेपालले सेमिफाइनलमा समूह ‘डि’को विजेतासँग खेल्नेछ। नेपलालले पहिलो खेलमा इरानलाई दुई सय ७४ रनले पराजित गरेको थियो भने दोस्रो खेलमा बहराइनलाई सात विकेटले हराएको थियो।

साउदीका लागि बरुण मुदालियरले २५ बलमा सर्वाधिक ११ रन बनाए। मोहम्मद अहमद ९ रनमा अविजित रहे भने अब्दूल्लाह शिराजले ९ रन बनाए। साउदीलाई सस्तैमा समेट्ने क्रममा नेपालका दिपेश कंडेल एक्लैले ६ विकेट लिए भने आकाश चन्दले २ तथा शुवास भण्डारीले एक विकेट लिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ओभरमा ८ विकेट गुमाएर ३४७ रनको योगफल बनाएको थियो। नेपालका लागि अर्जुन कुमालले शतकीय पारी खेलेका थिए ।

उनले १४२ रन बनाएका थिए। आकाश त्रिपाठीले ८९ रनको योगदान गरे भने दीपक बोहोराले २९ रन बनाए। त्यस्तै, दीपकप्रकाश डुम्रे १४ रनमा आउट हुँदा मिलन बोहरा ९ र दीपेश कंडेलले १४ रन बनाए । विशालविक्रम केसी २४ रनमा अविजित रहे।

साउदीका मोहम्म अहमद राजा र मोहम्मद घयोर अहमदले समान दुई/दुई, विकेट लिए भने जुहेयर मोहम्मद, अब्दुल्लाहा शिराज र शजीब मुजीबुर रहमानले समान एक/एक विकेट लिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आकाशबाट १० किलोको ढुंगा खसेपछि मन्त्रीदेखि सर्वसाधारणको भिड
आकाशबाट १० किलोको ढुंगा खसेपछि मन्त्रीदेखि सर्वसाधारणको भिड
इलाम बजार तेस्रो शहरी खानेपानी तथा सरसफाइ आयोजना, रु ८४ करोडमा सम्झौता
इलाम बजार तेस्रो शहरी खानेपानी तथा सरसफाइ आयोजना, रु ८४ करोडमा सम्झौता
बिपी राजमार्गः ‘ट्र्याक’ खुलाएसँगै मर्मत थालियो
बिपी राजमार्गः ‘ट्र्याक’ खुलाएसँगै मर्मत थालियो
‘रंगेली’मा प्रहरी निरीक्षक बने प्रवीण, दुई क्यारेक्टर पोस्टर सार्वजनिक
‘रंगेली’मा प्रहरी निरीक्षक बने प्रवीण, दुई क्यारेक्टर पोस्टर सार्वजनिक
टान निर्वाचन : लम्साल र दाहालबीच कडा टक्कर, लम्साल १ मतले  अगाडि {Live Update}
टान निर्वाचन : लम्साल र दाहालबीच कडा टक्कर, लम्साल १ मतले अगाडि {Live Update}
बेलायतमा भारतीय मुलकी प्रीति गृहमन्त्री, पाकिस्तानी मुलका साजिद अर्थमन्त्री नियुक्त
बेलायतमा भारतीय मुलकी प्रीति गृहमन्त्री, पाकिस्तानी मुलका साजिद अर्थमन्त्री नियुक्त
मुला भनेर नहेपौ, अनगिन्ती फाइदा छन् मुलाको
मुला भनेर नहेपौ, अनगिन्ती फाइदा छन् मुलाको
परम्परा, रहनसहन बोकेका समुदायको संरक्षण गर्नु सबैको साझा दायित्व : प्रधानमन्त्री
परम्परा, रहनसहन बोकेका समुदायको संरक्षण गर्नु सबैको साझा दायित्व : प्रधानमन्त्री
Официальный Сайт Мостбет Кз: Вход, Регистрация, Казино
नेपाली सरकारी कर्मचारी भारतीय प्रहरीको फन्दामा !
नेपाली सरकारी कर्मचारी भारतीय प्रहरीको फन्दामा !

तपाईंले छुटाउनुभयो कि?