एनसेलका पे एज यु गो प्रयोगकर्तालाई डेटा बोनस

Shikharkhabar Shikharkhabar
|
आइतबार, फाल्गुन २५, २०७६
|
|
२१ पटक हेरिएको
Shares
एनसेलका पे एज यु गो प्रयोगकर्तालाई डेटा बोनस

सारांश

  • मोबाइल इन्टरनेटको दर ८० प्रतिशत सम्म झर्ने मेन ब्यालेन्सबाट इन्टरनेट चलाउँदा थप बोनस पाइने काठमाडौं, २५ फागुन ।
  • एनसेलका सबै मोबाइल इन्टरनेट प्रयोगकर्ताले अब बढि शुल्क लाग्ने कुनै डर बिना ढुक्कसँग मेन ब्यालेन्सबाटै सुलभ दरमा डेटा सेवाको फाइदा लिन सक्नेछन् ।
  • एनसेल प्राईभेट लिमिटेडले नयाँ डेटा बोनस योजना सार्वजनिक गरेको छ, जस अन्तर्गत मेन ब्यालेन्स अर्थात पे एज यु गोबाट चलाउँदा लाग्ने रु २ प्रति एमबी दर ८० प्रतिशतसम्म घट्दछ ।

मोबाइल इन्टरनेटको दर ८० प्रतिशत सम्म झर्ने
मेन ब्यालेन्सबाट इन्टरनेट चलाउँदा थप बोनस पाइने

काठमाडौं, २५ फागुन । एनसेलका सबै मोबाइल इन्टरनेट प्रयोगकर्ताले अब बढि शुल्क लाग्ने कुनै डर बिना ढुक्कसँग मेन ब्यालेन्सबाटै सुलभ दरमा डेटा सेवाको फाइदा लिन सक्नेछन् । एनसेल प्राईभेट लिमिटेडले नयाँ डेटा बोनस योजना सार्वजनिक गरेको छ, जस अन्तर्गत मेन ब्यालेन्स अर्थात पे एज यु गोबाट चलाउँदा लाग्ने रु २ प्रति एमबी दर ८० प्रतिशतसम्म घट्दछ ।

मेन ब्यालेन्सबाटै डेटा सेवा प्रयोग गर्ने र अझ सुलभ दरमा डेटा सेवा प्रयोग गर्नका लागि प्याक सुविधा नलिने ग्राहकहरुलाई लक्षित यो अफर आइतबार (फागुन २५) बाट संचालनमा आउँदैछ । यो अफरमा डेटा सेवाका लागि जति मात्रामा मेन ब्यालेन्स खर्च हुँदै जान्छ, डेटा सेवाको शुल्क थप घट्दै जान्छ ।

जब ग्राहकले मेन ब्यालेन्सबाट डेटा सेवा चलाउँछन्, खर्च भएको ब्यालेन्स रकमको आधारमा त्यति नै बेला बोनस डेटा पाउँदै जानेछन् । ग्राहकले आफ्नो ब्यालेन्सबाट रु २, रु ५, रु १०, रु २०, रु ३० वा यो भन्दा थप रु १० का दरले खर्च गर्दै जान्छन् त्यसै अनुपातमा तत्काल बोनस डेटा प्राप्त गर्दै जानेछन् ।

यसरी प्राप्त हुने डेटा बोनस प्रगोग गर्नकालागि २ दिनको समयावधि हुनेछ । ग्राहकले पे एज यु गो अन्तर्गत पहिलो रु १० खर्च गरेपछि, प्रत्येक थप रु १० डेटामा खर्च गरे वापत २०÷२० एमबी बोनस डेटा तत्काल प्राप्त गर्दै जानेछन् ।

यदि ग्राहकले रु २ मेन ब्यालेन्स डेटा सेवामा खर्च गर्दछन् भने उनीहरुले तत्कालै २ एमबी डेटा बोनस पाउँनेछन् । यसैगरी ग्राकहले रु ३० ब्यालेन्स खर्च गर्छन भने बोनसको ५७ एमबी सहित कुल करिब ६९ एमबी डेटा पाउनेछन् । यदि ग्राहकले मेन ब्यालेन्सको रु १०० डेटामा खर्च गर्दछन् भने मेन ब्यालेन्सबाट पाईने ३९.१६ एमबी र बोनस १९७ एमबी सहित कुल २३६ एमबी डेटा पाउनेछन् ।

यो अफर आइतबारदेखि शनिबारको साप्ताहिक चक्रमा सञ्चालन हुनेछ । यसको मतलब ग्राहकले एक हप्ताभित्र जति मेन ब्यालेन्सबाट पे एज यु गोमार्फत डेटामा खर्च गर्दछन् त्यसकै हिसाबको आधारमा बोनस पाउँदछन् ।

आफ्ना ग्राहकलाई मेन ब्यालेन्सबाटै पनि सुलभ दरमा डेटा सेवामा पहुँच सुनिश्चित गर्ने उदेश्य सहित यो योजना ल्याउन पाएकोमा कम्पनी हर्षित रहेको एनसेलले जनाएको छ । सुलभ दरमा डेटा सेवा प्रयोग गर्नका लागि डेटा प्याक लिनु उत्तम उपाय भएपनि यो योजना डेटा प्याक नलिई पे एज यु गोमार्फत सेवा प्रयोग गर्ने ग्राहकहरुका लागि एकदमै फाइदाजनक हुने विश्वास एनसेलले लिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

शक्तिको कमजोरी व्यवस्थाको कमजोरी होइन : मन्त्री शर्मा
शक्तिको कमजोरी व्यवस्थाको कमजोरी होइन : मन्त्री शर्मा
थापा, राणा र लोहनीबीचको बैठक सम्पन्न, पार्टी एकता अक्षुण राख्ने प्रतिबद्धता
थापा, राणा र लोहनीबीचको बैठक सम्पन्न, पार्टी एकता अक्षुण राख्ने प्रतिबद्धता
काठमान्डौ को मेयरमा उठदैगरेकी बहिनीलाई दाईको पत्र
काठमान्डौ को मेयरमा उठदैगरेकी बहिनीलाई दाईको पत्र
‘ए’ डिभिजन लिग : चौथो चरणका खेलहरू आजदेखि शुरु
‘ए’ डिभिजन लिग : चौथो चरणका खेलहरू आजदेखि शुरु
जुलिअन असान्जलाई बलात्कारको मुद्दामा पक्राउ गर्न स्वीडेनद्वार अस्वीकार
जुलिअन असान्जलाई बलात्कारको मुद्दामा पक्राउ गर्न स्वीडेनद्वार अस्वीकार
पुरन्धारा झरनाको विकासका लागि काम गछौँ : मुख्यमन्त्री पोखरेल
पुरन्धारा झरनाको विकासका लागि काम गछौँ : मुख्यमन्त्री पोखरेल
किसानलाई निरास नहुन मुख्यमन्त्री जम्कट्टेललको आग्रह
किसानलाई निरास नहुन मुख्यमन्त्री जम्कट्टेललको आग्रह
कोमल वलीको विषयमा त एमालेमात्र होइन राष्ट्रिय सहमति पो भो : केपी ओली
कोमल वलीको विषयमा त एमालेमात्र होइन राष्ट्रिय सहमति पो भो : केपी ओली
रासायनिक मलरहितको गाउँपालिका बनाइने
रासायनिक मलरहितको गाउँपालिका बनाइने
तपार्इलार्इ लाग्छ कि तपार्इ शाहसी हुनुहुन्छ ? पहिले यी २५ शाहसिक तस्विर हेर्नुहाेस
तपार्इलार्इ लाग्छ कि तपार्इ शाहसी हुनुहुन्छ ? पहिले यी २५ शाहसिक तस्विर हेर्नुहाेस

तपाईंले छुटाउनुभयो कि?