सडक र पुलको निर्माण ढलासुस्ती भएपछि रेडफोर्सको आँखा, के हो रेडफोर्स ?

Shikharkhabar Shikharkhabar
|
सोमबार, चैत्र १९, २०७४
|
|
३५ पटक हेरिएको
Shares
सडक र पुलको निर्माण ढलासुस्ती भएपछि रेडफोर्सको आँखा, के हो रेडफोर्स ?

सारांश

  • जानकी दहित काठमाडौं, १९ चैत ।
  • दाङका विभिन्न स्थानमा निर्माणाधीन सडक तथा खोलाका पुलहरुको निर्माण कार्यमा भइरहेको ढिलासुस्तीप्रति योङ रेडफोर्सको आँखा लागेको छ ।
  • विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीनिकट युवा संगठन योङ रेड फोर्सका केन्द्रीय सचिवालय सदस्य तिलक योगीको नेतृत्वमा रेडफोर्स दाङका सचिव मनोज परियारद्वारा हस्ताक्षरित ज्ञापनपत्र सडक डिभिजन कार्यालय घोराही र यातायात व्यवस्था कार्यालय दाङमा बुझाइएको छ ।

जानकी दहित

काठमाडौं, १९ चैत । दाङका विभिन्न स्थानमा निर्माणाधीन सडक तथा खोलाका पुलहरुको निर्माण कार्यमा भइरहेको ढिलासुस्तीप्रति योङ रेडफोर्सको आँखा लागेको छ । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीनिकट युवा संगठन योङ रेड फोर्सका केन्द्रीय सचिवालय सदस्य तिलक योगीको नेतृत्वमा रेडफोर्स दाङका सचिव मनोज परियारद्वारा हस्ताक्षरित ज्ञापनपत्र सडक डिभिजन कार्यालय घोराही र यातायात व्यवस्था कार्यालय दाङमा बुझाइएको छ ।

घोराही र तुलसीपुरको बाटो फराकिलो बनाउने र खोलामा पुल निर्माण कार्य सम्पन्न हुने समय सकिए पनि निर्माण कार्य नसकिनु निकै गम्भीर र रहस्यमय भएको विज्ञप्तिमा उल्लेख छ । अझै पनि निर्माण कार्यमा ढिलासुस्ती हुँदा जनताले निकै सास्ती ब्यहोर्नु परेको, यसमा सडक विभाग गम्भीर नदेखिएको र अर्कोतिर निर्माण कम्पनीको पनि चरम लापरवाही भएको ज्ञापनपत्रमा उल्लेख छ । जनगुनासो व्यापक आएकाले गम्भीर ध्यानार्षणसहित उक्त ज्ञापन पत्र बुझाएको बताइएको छ ।

संसदीय व्यवस्थाले सिर्जना गरेको युवा बेरोजगार विरुद्ध र राज्यको तर्फबाट भइरहेको ढिलासुस्ती र भ्रष्टाचारका विरुद्ध संघर्ष केन्द्रीत राखेको भन्दै उक्त कार्य यथाशीघ्र सम्पन्न नगरे कडा संघर्ष गर्ने चेतावनी दिइएको छ । स्मरणरहोस्, यसअघि सडक तथा पुल निर्माण गरिरहेको कम्पनीका प्रोप्राइटरलाई कालोमोसो दलिएपछि काममा केही सुधार देखिएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?