शिक्षामा रहेको अवैज्ञानिकताका कारण समाजमा अन्धविश्वास : प्रचण्ड

Shikharkhabar Shikharkhabar
|
सोमबार, बैशाख ३, २०७५
|
|
२० पटक हेरिएको
Shares
शिक्षामा रहेको अवैज्ञानिकताका कारण समाजमा अन्धविश्वास : प्रचण्ड

सारांश

  • काठमाडौं, ३ बैशाख ।
  • नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले वर्तमान शिक्षामा रहेको अवैज्ञानिकताका कारण समाजमा अन्धविश्वास कायमै रहेको बताएका छन् ।
  • एकीकृत अखिल नेपाल शिक्षक संगठनद्वारा सोमबार राजधानीमा आयोजित ‘नेपालको विशिष्टतामा समाजवादी शिक्षाको प्रारुप’ विषयक एक दिवसीय शैक्षिक कार्यशालामा उनले यस्तो बताएका हुन् ।

काठमाडौं, ३ बैशाख । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले वर्तमान शिक्षामा रहेको अवैज्ञानिकताका कारण समाजमा अन्धविश्वास कायमै रहेको बताएका छन् ।

एकीकृत अखिल नेपाल शिक्षक संगठनद्वारा सोमबार राजधानीमा आयोजित ‘नेपालको विशिष्टतामा समाजवादी शिक्षाको प्रारुप’ विषयक एक दिवसीय शैक्षिक कार्यशालामा उनले यस्तो बताएका हुन् ।

कार्यक्रममा प्रचण्डले, “हाम्रो संविधानले निर्दिष्ट गरेको समाजवाद उन्मुख राज्य निर्माणको प्रक्रियामा छौं । समाजवाद निर्माणमा निजी, सार्वजनिक र सरकारी क्षेत्रको कुरा गरेको छौं । यी तीनवटै क्षेत्रलाई आर्थिक विकासका सन्दर्भमा मात्र होइन, सामाजिक विकासका सन्दर्भमा पनि सहकार्यमार्फत मात्रै २१ औं शताब्दीमा हाम्रो आफ्नो मौलिक प्रक्रियाबाट समाजको विकास गर्न सकिन्छ भन्ने परिकल्पना गरेका छौं ।”

अध्यक्ष प्रचण्डले शिक्षा क्षेत्रमा सुधारको कुरा गर्दा समाजवाद उन्मुख राज्य दिमागमा रहनुपर्ने बताए । अहिलेसम्म अवलम्बन गरिएको शिक्षा प्रणाली समाजवाद उन्मुख नभएर पूँजीवाद, व्यक्तिवाद अझ उपभोक्तावाद उन्मुख भएको अध्यक्ष प्रचण्डको धारणा थियो ।

अध्यक्ष प्रचण्डले अब नेपालमा स्वरोजगार र आत्मनिर्भर शिक्षा प्रणालीको खोजी गर्न शिक्षकहरुलाई आग्रह गरे । उनले भने, “एउटा शिक्षकलाई दोष दिने र अर्को राज्यलाई दोष दिने दुबै बेठिक हुन् तर मुख्य जिम्मेवारी त राज्यको नै पहिलो हुनुपर्छ ।”

अध्यक्ष प्रचण्डले अर्को प्रसङ्गमा अहिले आफू पार्टी एकता प्रक्रियालाई निष्कर्षमा पुराउने अत्यन्त गम्भीर दायित्वमा रहेको स्पष्ट गर्दै आज बिहान मात्रै प्रधानमन्त्री केपी शर्मा ओलीसँग अढाइ घण्टा छलफल भएको बताए । उनले बिहान भएको छलफलमा दुबै नेताहरुले आज दिनभरि र भोलि बिहानसम्म पार्टी एकताबारे गृहकार्यको जिम्मेवारी लिएको जानकारी गराए । उनले भने, “भोलि ९ बजे हामी संयोजन समितिको बैठकमार्फत अगाडि बढ्ने भन्ने कुरा भएको छ ।”

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?