काठमाडौँ ल्याइयो ज्यान गुमाएका ६ जनाको शव

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आषाढ २६, २०८०
|
|
३७ पटक हेरिएको
Shares
काठमाडौँ ल्याइयो ज्यान गुमाएका ६ जनाको शव

सारांश

  • काठमाडौँ ।
  • मनाङ एयरको ‘९–एन–एमभी’ हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका ६ जनाको शव काठमाडौँ ल्याइएको छ ।
  • मंगलबार सोलुखुम्बुको लुक्लास्थित सुर्केबाट उडेको हेलिकप्टर लिखुपिके गाउँपालिकामा दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको थियो ।

काठमाडौँ । मनाङ एयरको ‘९–एन–एमभी’ हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका ६ जनाको शव काठमाडौँ ल्याइएको छ ।

मंगलबार सोलुखुम्बुको लुक्लास्थित सुर्केबाट उडेको हेलिकप्टर लिखुपिके गाउँपालिकामा दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको थियो । उनीहरुको शवलाई आज साढे ५ बजे हेलिकोप्टरमार्फत त्रिवि शिक्षण अस्पतालमा पोष्टमार्टमका लागि ल्याइएको स्रोतले जनाएको छ ।

काठमाडौँका लागि बिहान १० बजेर ५ मिनेटमा उडेको हेलिकप्टर १० बजेर १३ मिनेटमा हराएको थियो । सो हेलिकप्टर ‘रुखमा ठोक्किएर’ दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानको निष्कर्ष छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?