९१ वर्षे ‘गुरुदेव’ लाई सर्वोच्चमा दिनदिनै झमेला

Shikharkhabar Shikharkhabar
|
सोमबार, माघ २२, २०७४
|
|
४१ पटक हेरिएको
Shares
९१ वर्षे ‘गुरुदेव’ लाई सर्वोच्चमा दिनदिनै झमेला

सारांश

  • काठमाडौं, २२ माघ – उमेरले उनी ९१ वर्ष पुगे ।
  • कानुन व्यवसायीका सबैभन्दा पुराना गुरु रहेका कारण उनलाई अदालतमा सबैले ‘गुरुदेव’ भनेर चिन्छन् ।
  • उनको ‘नेपाल ल फर्म’ मा कानुन व्यवसाय सिकेका दर्जनौं व्यक्ति न्यायाधीश र चार जना त प्रधानन्यायाधीश नै भइसकेका छन् ।

काठमाडौं, २२ माघ – उमेरले उनी ९१ वर्ष पुगे । कानुन व्यवसायीका सबैभन्दा पुराना गुरु रहेका कारण उनलाई अदालतमा सबैले ‘गुरुदेव’ भनेर चिन्छन् । उनको ‘नेपाल ल फर्म’ मा कानुन व्यवसाय सिकेका दर्जनौं व्यक्ति न्यायाधीश र चार जना त प्रधानन्यायाधीश नै भइसकेका छन् । उनी यो उमेरमा पनि लट्ठी टेकेर मुद्दाको बहस गर्न अझैसम्म सर्वोच्च अदालतमा पुग्छन् । सबैले ‘गुरुदेव’ भनेर आदर गर्ने उनै वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई प्रहरीले नचिनेर सर्वोच्चमा बारम्बार झमेलामा पार्छन् आजको अन्नपूर्ण पोष्ट दैनिकमा यम विरहीले खबर लेखेका छन् ।

सधैझैं आइतबार पनि भण्डारी सर्वोच्च अदालतको इजलास नम्बर ६ मा बहसका लागि लट्ठी टेकेर जाँदै गर्दा प्रहरीले रोक्यो । उनी दौरा–सुरुवालमा कालो कोट र ढाका टोपी पहिरिएर इजलास जाँदै थिए । न्यायाधीश शारदाप्रसाद घिमिरे र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासमा आइतबार उनको मुद्दा थियो । जग्गाको ‘जालसाजी’ र ‘लिखत दर्ता बदर’ विवादमा उनी एउटा पक्षका वकिल हुन् । तर पुरानो भवनको पहिलो तलामा रहेको इजलास नपुग्दै प्रहरीले भर्‍याङमै रोक्यो । उनीसँगैका कालोकोटधारी कानुन व्यवसायी भने बेरोकतोक सरासर भर्‍याङ चढेर इजलास पुगे ।

प्रहरीले रोकेपछि भण्डारीले यत्तिका वर्ष वकालत गरेको ‘बूढो मान्छे’ लाई रोक्न खोज्ने भन्दै एकैछिन तात्तिए । हुन पनि भण्डारीले यो उमेरमा आइपुग्दा झन्डै ६५ वर्ष वकालत गरिसकेका छन् । एकैछिनको रोकावटपछि भण्डारी ६ नम्बर इजलास पुगे । त्यहाँ अरु मुद्दामा सुनुवाइ चलिरहेको थियो । भण्डारीले प्रहरी झमेलाप्रति आक्रोशित हुँदै इजलासमा पुगेर ‘ श्रीमान्’ को ध्यानाकर्षण गराए । मुद्दाको सुनुवाइ एकैछिन रोकियो । भण्डारीले भने, ‘ श्रीमान् तपाईंका मान्छे (प्रहरी) ले म बूढोलाई भर्‍याङमै रोके । सधैं रोकेर हैरानी गर्छन् । यसतर्फ ध्यान जाओस् ।’

श्रीमान्हरूले मुन्टो मात्र हल्लाए । बेञ्चबाट कुनै प्रतिक्रिया आएन । मुद्दाको पालो नआउने जानकारी पाएपछि भण्डारी फर्किए । प्रहरीले नचिनेका कारण उनले सर्वोच्चमा यस्तो हैरानी बारम्बार व्यहोर्नुपर्छ । भण्डारीले आफ्नी कानुन व्यवसायी छोरी सविता भण्डारी बरालसँग सर्वोच्चको इजलासमा जाँदा पनि आफूले दुःख पाएको गुनासो गरे । ‘छोरीसँग आउँदा पनि प्रहरीले उनलाई सरासर इजलासमा जान दिन्छन् तर मलाई सोधपुछ गरेर हैरान पार्छन् । अरु वकिललाई भने केही गर्र्दैनन्,’ उनले अन्नपूर्णसँग भने, ‘आज पनि त्यस्तै भयो । अरु सरासर गए, मलाई रोके । गरिब र बूढालाई प्रहरी पनि हेप्दा रहेछन्।’

भण्डारीलाई प्रहरीले रोकेको देखेका वरिष्ठ अधिवक्ता हरिहर दाहालले पनि चित्त दुखाए । भण्डारीको लट्ठी देखेर सुरक्षाकर्मी झस्किएको हुनसक्ने लख काट्छन् उनी । दाहालका अनुसार भण्डारी आइतबारै प्रहरीबाट दुईपल्ट रोकिएका थिए । ‘प्रहरीले उहाँलाई रोकेको देखेपछि सबैको सम्मानित व्यक्ति हो भनें । उहाँ प्रहरीसँग कराउँदै हुनुहुन्थ्यो । प्रहरीले सधैं कहाँ जान ला’को भने रोक्न खोज्छ,’ दाहालले भने, ‘कालोकोट लगाएको देखेपछि अनुमान पनि गर्नुपर्छ । उहाँ त सम्मानित र सबैभन्दा जेठो व्यक्ति हो । सर्वोच्चका सुरक्षा प्रमुखको ध्यान जाओस् ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

श्रीलङ्कामा डिसेम्बरमा दश हजारभन्दा बढी व्यक्ति डेङ्गुबाट सङ्क्रमित
श्रीलङ्कामा डिसेम्बरमा दश हजारभन्दा बढी व्यक्ति डेङ्गुबाट सङ्क्रमित
कोहलपुरमा अत्याधुनिक बसपार्क निर्माण
कोहलपुरमा अत्याधुनिक बसपार्क निर्माण
धार्चेको पर्यटकीय पदमार्गमा सूचना बोर्ड
धार्चेको पर्यटकीय पदमार्गमा सूचना बोर्ड
बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या
बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या
गगनको आरोप : ‘ओलीलाई गणतन्त्र र प्रचण्डलाई लोकतन्त्र मन पर्न छोडेको छ’
गगनको आरोप : ‘ओलीलाई गणतन्त्र र प्रचण्डलाई लोकतन्त्र मन पर्न छोडेको छ’
सरकारले जनताले अनुभूति गर्ने गरी  काम गर्न सकेकाे  छैन: देवेन्द्र पौडेल
सरकारले जनताले अनुभूति गर्ने गरी काम गर्न सकेकाे छैन: देवेन्द्र पौडेल
निदाएकै अवस्थामा मृत भेटिए संगीतकार मुनाल
निदाएकै अवस्थामा मृत भेटिए संगीतकार मुनाल
साना तथा घरेलु उद्योगलाई बलियो बनाउन सहयोग गर्छ : मुख्यमन्त्री कार्की
साना तथा घरेलु उद्योगलाई बलियो बनाउन सहयोग गर्छ : मुख्यमन्त्री कार्की
बालुवाटार पुगेर डा. शेखरले किन मागे प्रधानमन्त्रीको राजीनामा?
बालुवाटार पुगेर डा. शेखरले किन मागे प्रधानमन्त्रीको राजीनामा?
शारीरिक सम्पर्कबाट शिशु जन्मेमा विवाह मानिने, बहुविवाह गरे ५ वर्षसम्म कैद