श्रीमतीको हत्या गर्ने पक्राउ

Shikharkhabar Shikharkhabar
|
बुधबार, मंसिर १२, २०७५
|
|
२७ पटक हेरिएको
Shares
श्रीमतीको हत्या गर्ने पक्राउ

सारांश

  • गौशाला, १२ मङ्सिर , आफ्नै श्रीमतीको हत्या गर्ने श्रीमानलाई महोत्तरी प्रहरीले पाँच वर्षपछि पक्राउ गरेको छ ।
  • पक्राउ पर्नेमा जिल्लाको भङ्गाहा नगरपालिकाको हरिणमरी गाउँ बस्ने कौशलकिशोर साह रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक ईश्वर कार्कीले बताउनुभयो ।
  • प्रहरीक अनुसार पक्राउ परेका साहले २०७० भदौ १८ गते आफ्नै श्रीमती सञ्जुदेवी साहको हत्या गरी महोत्तरीको हरिणमरी र धनुषाको सिनुरजोरा गाउँको बीचबाट बग्ने बिग्ही नदीमा माटोमुनि गाडेका थिए ।

गौशाला, १२ मङ्सिर , आफ्नै श्रीमतीको हत्या गर्ने श्रीमानलाई महोत्तरी प्रहरीले पाँच वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको भङ्गाहा नगरपालिकाको हरिणमरी गाउँ बस्ने कौशलकिशोर साह रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक ईश्वर कार्कीले बताउनुभयो ।

प्रहरीक अनुसार पक्राउ परेका साहले २०७० भदौ १८ गते आफ्नै श्रीमती सञ्जुदेवी साहको हत्या गरी महोत्तरीको हरिणमरी र धनुषाको सिनुरजोरा गाउँको बीचबाट बग्ने बिग्ही नदीमा माटोमुनि गाडेका थिए ।

आफ्नै श्रीमतीलाई विभत्स हत्या गरी फरार रहेका साहले भारतको उमगाँव शहरमा १३ महीना र कतारमा ३० महीना लुकेर काम गरेका थिए । ११ महीनादेखि जनकपुरधाममा अटो रिक्सा चलाइरहेको अवस्थामा प्रहरीले उनलाई पक्राउ गर्न सफल भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?