कसको नयनमा हराइन् प्रशना ? हेरौँ भिडियोसहित
सारांश
- काठमाडौं, १५ पुस ।
- गायिका प्रशना पाण्डेको मायाको न्यानोपन बोलको गीत युट्युवमार्फत सार्वजनिक भएको छ ।
- अत्यन्तै फरक शैलीको उक्त म्युजिक भिडियोमा प्रशना आफैले अभिनय समेत गरेकी छन् ।
काठमाडौं, १५ पुस । गायिका प्रशना पाण्डेको मायाको न्यानोपन बोलको गीत युट्युवमार्फत सार्वजनिक भएको छ । अत्यन्तै फरक शैलीको उक्त म्युजिक भिडियोमा प्रशना आफैले अभिनय समेत गरेकी छन् ।
गीतकार गोबिन्द उपाध्यायको शव्दले गीतमा भनेको छ,
मौनता मेरो तोडी आऊ
मायामा पल पल रमाऊ
सपनाको बर्षातमा
आज मलाई भिज्न देऊ
माथिको गीतमा गायिका प्रशनाको सुमधुर स्वर र जीवन्त अभिनय देख्न सकिन्छ । अभिनयमा उनलाई मोहनले साथ दिएका छन् । अनिल शाहीको सङ्गीत र सुरेश राउतको सम्पादन रहेको यो गीतलाई रोहितविक्रम कार्कीले निर्देशन गरेका छन् ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया