सामुदायिकमा पनि अंग्रेजी माध्यमबाट पठनपाठन

Shikharkhabar Shikharkhabar
|
बुधबार, बैशाख २६, २०७५
|
|
३७ पटक हेरिएको
Shares
सामुदायिकमा पनि अंग्रेजी माध्यमबाट पठनपाठन

सारांश

  • बैतडी, २६ वैशाख, सामुदायिक विद्यालयमा विद्यार्थी संख्या न्यून भएर बन्द हुने अवस्थामा पुगेपछि बैतडीका केही सामुदायिक विद्यालयले नयाँ शैक्षिक सत्रदेखि अंग्रेजी माध्यमबाट पठनपाठन शुरु गरेका छन् ।
  • अंग्रेजी माध्यमबाट पढाइ हुने निजी विद्यालयमा विद्यार्थीको संख्या बढ्दै जान थालेपछि सामुदायिक विद्यालयले पनि अंग्रेजी माध्यमबाट पठनपाठन शुरु गरेका हुन् ।
  • जिल्लाको दोगडाकेदार गाउँपालिकामा पनि शैक्षिक सत्र २०७५ देखि केही विद्यालयमा अंग्रेजी माध्यमबाट पठनपाठन शुरु गरिएको छ ।

बैतडी, २६ वैशाख, सामुदायिक विद्यालयमा विद्यार्थी संख्या न्यून भएर बन्द हुने अवस्थामा पुगेपछि बैतडीका केही सामुदायिक विद्यालयले नयाँ शैक्षिक सत्रदेखि अंग्रेजी माध्यमबाट पठनपाठन शुरु गरेका छन् ।

अंग्रेजी माध्यमबाट पढाइ हुने निजी विद्यालयमा विद्यार्थीको संख्या बढ्दै जान थालेपछि सामुदायिक विद्यालयले पनि अंग्रेजी माध्यमबाट पठनपाठन शुरु गरेका हुन् ।

जिल्लाको दोगडाकेदार गाउँपालिकामा पनि शैक्षिक सत्र २०७५ देखि केही विद्यालयमा अंग्रेजी माध्यमबाट पठनपाठन शुरु गरिएको छ । दोगडाकेदार गाउँपालिकाको वडा नं ३, श्रीकोटमा रहेका दुई सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमबाट पढाइ शुरु गरिएको हो ।

खोचलेकमा रहेको सनातन धर्म मावि र खिरेगाउँमा रहेको केदारनाथ आधारभूत विद्यालयमा अंग्रेजी माध्यमबाट पठनपाठन शुरु भएको सम्बन्धित विद्यालयले जनाएका छन् ।

सनातन धर्म मावि, खोचलेकमा कक्षा १ देखि ३ सम्म र केदारनाथ आधारभूत विद्यालयमा बालविकास र कक्षा १ मा यस शैक्षिक सत्रदेखि अंग्रेजी माध्यमबाट पढाइ शुरु गरिएको हो ।

आधुनिक युग सुहाउँदो शिक्षाको आवश्यकता रहेकाले अंग्रेजी भाषाको पठनपाठन शुरु गरिएको सनातन धर्म माविका प्रधानाध्यापक बलदेव नाथले बताउनुभयो । समयानुकूल शिक्षा प्रदान गर्नका लागि अंग्रेजी माध्यमबाट पढाइ शुरु गरिएको उहाँले बताउनुभयो ।

यस्तै, गत शैक्षिक सत्रसम्ममा विद्यार्थी संख्या न्यून भएको केदारनाथ आधारभूत विद्यालयमा विद्यार्थीको संख्या बढाउन अंग्रेजी माध्यमबाट पठनपाठन गरेको प्रधानाध्यापक शंकरराम ओडले जानकारी दिनुभयो ।

सामुदायिक विद्यालयतर्फ विद्यार्थीको आकर्षण बढाउन अंग्रेजी माध्यमबाट पढाइ गर्दा विद्यार्थी संख्या बढ्ने उहाँको भनाइ रहेको छ ।
सनातन धर्म मावि विसं २०१७ मा स्थापना भएको हो भने केदारनाथ आधारभूत विद्यालय विसं २०४३ मा स्थापना गरिएको हो ।

पछिल्लो समय देखासिकीको आधारमा निजी विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दो र बसाइँ सरेर तराई जानेक्रम बढी भएकाले पनि सामुदायिक विद्यालयमा विद्यार्थी घट्दै गएका छन् ।

बैतडीका अधिकांश सामुदायिक विद्यालयमा विद्यार्थी संख्या न्यून भएर विद्यार्थीको संख्या घट्दै गएको छ । सरकारले अर्बौं रुपैयाँ लगानी तथा खर्च गरेर सामुदायिक विद्यालय सञ्चालन गरिरहे पनि स्तर घट्दै गएकाले पढाइको गुणस्तरमा सुधार ल्याउन आवश्यक रहेको जानकारको भनाइ रहेको छ ।

सामुदायिक विद्यालयको स्तर खस्किँदै गएपछि विद्यार्थीको आकर्षण निजी विद्यालयमा आकर्षित हुन थालेको छ । पढाइ पनि गुणस्तरीय हुने भन्दै अभिभावकको रोजाइ निजी विद्यालयमा जान थालेको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जनयुद्ध दिवसमा विदा दिने सरकारको निर्णय सर्वोच्चद्वारा खारेज
जनयुद्ध दिवसमा विदा दिने सरकारको निर्णय सर्वोच्चद्वारा खारेज
प्रधानसेनापति थापा र चिनियाँ समकक्षीबीच भेटवार्ता, १५ करोड युआन प्रोटोकल सम्झौतामा हस्ताक्षर
प्रधानसेनापति थापा र चिनियाँ समकक्षीबीच भेटवार्ता, १५ करोड युआन प्रोटोकल सम्झौतामा हस्ताक्षर
इलाम-१ मा झलनाथ खनाल फराकिलो मतान्तरले पराजित हुने प्रक्षेपण
इलाम-१ मा झलनाथ खनाल फराकिलो मतान्तरले पराजित हुने प्रक्षेपण
हेर्नुहोस एमालेबाट को को छानिँदैछन् समानुपातिक संसद ? (४१ जनाकै नामसहित)
हेर्नुहोस एमालेबाट को को छानिँदैछन् समानुपातिक संसद ? (४१ जनाकै नामसहित)
मेडोनालाई १० मिनेटको प्रस्तुतीको लागि यति धेरै पारिश्रमिक, अहिलेसम्मको सबैभन्दा महंगो डील
मेडोनालाई १० मिनेटको प्रस्तुतीको लागि यति धेरै पारिश्रमिक, अहिलेसम्मको सबैभन्दा महंगो डील
फिफा वरियतामा नेपाल एक स्थान तल झर्यो
फिफा वरियतामा नेपाल एक स्थान तल झर्यो
हिमपातले विकास निर्माणका काम प्रभावित
हिमपातले विकास निर्माणका काम प्रभावित
कात्तिक २० गते बिहिवारको राशिफल यस्तो छ
कात्तिक २० गते बिहिवारको राशिफल यस्तो छ
अब बन्ने वाम गठबन्धनको सरकारले विकासको गति लिन्छ :अध्यक्ष प्रचण्ड
अब बन्ने वाम गठबन्धनको सरकारले विकासको गति लिन्छ :अध्यक्ष प्रचण्ड
Aishwarya Rai looks ravishing as she spotted shooting for ‘Fanne Khan’ at Mehboob Studio, see pics
Aishwarya Rai looks ravishing as she spotted shooting for ‘Fanne Khan’ at Mehboob Studio, see pics