एमाले दलको नेतामा शाह सर्वसम्मत चयन

Shikharkhabar Shikharkhabar
|
शनिबार, फाल्गुन ५, २०७४
|
|
२४ पटक हेरिएको
Shares
एमाले दलको नेतामा शाह सर्वसम्मत चयन

सारांश

  • कैलाली, फागुन ५  ।
  • नेकपा एमालेले प्रदेश ७ को संसदीय दलको नेतामा प्रकाशबहादुर शाहलाई सर्वसम्मत रुपमा छनोट गरेको छ ।
  • एमाले उपाध्यक्ष तथा प्रदेश संयोजक भीम रावलको अध्यक्षतामा शनिबार बिहान बसेको बैठकले शाहलाई संसदीय दलको नेता बनाएको हो ।

कैलाली, फागुन ५  । नेकपा एमालेले प्रदेश ७ को संसदीय दलको नेतामा प्रकाशबहादुर शाहलाई सर्वसम्मत रुपमा छनोट गरेको छ । एमाले उपाध्यक्ष तथा प्रदेश संयोजक भीम रावलको अध्यक्षतामा शनिबार बिहान बसेको बैठकले शाहलाई संसदीय दलको नेता बनाएको हो ।

कैलालीका सांसद दीर्घ सोडारी र कञ्चनपुर सांसद तारा लामा तामाङले दलको नेतामा उम्मेदवारी फिर्ता लिएपछि सांसद शाह निर्विरोध निर्वाचित भएका हुन्। बाजुराबाट प्रदेशसभा सदस्यमा विजयी शाह एमाले वैकल्पिक केन्द्रीय सदस्यसमेत हुन् ।

दलको नेतामा को बस्ने भन्ने विवादपछि एमालेले दलको नेता छान्ने जिम्मेवारी पार्टी उपाध्यक्ष तथा प्रदेश संयोजक रावललाई जिम्मेवारी दिएको थियो । करिव दुई दिनको कसरतपछि रावलले यो विवाद सल्ट्याएका हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?