संघनायकको सम्पूर्ण स्वास्थ्योपचार सरकारले गर्ने

Shikharkhabar Shikharkhabar
|
आइतबार, चैत्र ३, २०७५
|
|
२६ पटक हेरिएको
Shares
संघनायकको सम्पूर्ण स्वास्थ्योपचार सरकारले गर्ने

सारांश

  • विगत केही दिनदेखि काठमाडौँको ग्राण्डी इन्टरनेशनल अस्पतालमा उपचार गराइरहेका नेपालका संघनायक भिक्षु अश्वघोष महास्थवीरको सम्पुर्ण उपचार खर्च सरकारले व्यहोर्ने भएको छ ।
  • काठमाडौँका सांसद कृष्णगोपाल श्रेष्ठले दिएको जानकारी अनुसार स्वास्थ्यलाभ गरिरहेको ९३ वर्षीय भिक्षु अश्वघोषको आजीवन उपचार खर्च समेत सरकारले नै व्यहोर्ने भएको छ ।
  • सरकारले संघनायकको आजीवन उपचार खर्च व्यहोर्ने निर्णय गरेकोमा अखिल नेपाल भिक्षु महासंघले धन्यवाद व्यक्त गरेको छ ।

विगत केही दिनदेखि काठमाडौँको ग्राण्डी इन्टरनेशनल अस्पतालमा उपचार गराइरहेका नेपालका संघनायक भिक्षु अश्वघोष महास्थवीरको सम्पुर्ण उपचार खर्च सरकारले व्यहोर्ने भएको छ ।

काठमाडौँका सांसद कृष्णगोपाल श्रेष्ठले दिएको जानकारी अनुसार स्वास्थ्यलाभ गरिरहेको ९३ वर्षीय भिक्षु अश्वघोषको आजीवन उपचार खर्च समेत सरकारले नै व्यहोर्ने भएको छ ।

सरकारले संघनायकको आजीवन उपचार खर्च व्यहोर्ने निर्णय गरेकोमा अखिल नेपाल भिक्षु महासंघले धन्यवाद व्यक्त गरेको छ । सरकारले भिक्षुको स्वास्थ्यमा चासो देखाउँदै उपचार खर्च व्यहोरेको यो पहिलो पटक हो ।

फागुन २९ गते प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका ज्येष्ठ संघनायक भिक्षु अश्वघोष महास्थविरको स्वास्थ्य अवस्थाको जानकारी लिने क्रममा अस्पतालको व्यवस्थापन र चिकित्सकहरुलाई स्वास्थ्य उपचारमा कुनै कसर बाँकी नराख्न आग्रह गरेका थिए । संघनायकको स्वास्थ्य अवस्था अहिले पनि स्थीर नै रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?