केपि ओली अब कहिल्यै पनि प्रधानमन्त्री बन्नुहुन्न -देउवा

Shikharkhabar Shikharkhabar
|
सोमबार, मंसिर १८, २०७४
|
२५
|
१९ पटक हेरिएको
Shares
केपि ओली अब कहिल्यै पनि प्रधानमन्त्री बन्नुहुन्न -देउवा

सारांश

  • कैलाली, १८ मंसिर ।
  • प्रधानमन्त्री शेरबहादुर देउवाले अबको निर्वाचनमा आफ्नो पार्टीको बहुमत आउने दाबी गरेका छन् ।
  • आईतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष चुनावी साक्षात्कारमा बोल्दै प्रधानमन्त्री देउवाले यस्तो दाबी गरेका हुन् ।

कैलाली, १८ मंसिर । प्रधानमन्त्री शेरबहादुर देउवाले अबको निर्वाचनमा आफ्नो पार्टीको बहुमत आउने दाबी गरेका छन् ।

आईतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष चुनावी साक्षात्कारमा बोल्दै प्रधानमन्त्री देउवाले यस्तो दाबी गरेका हुन् । उनले भने,“अबको निर्वाचनमा हाम्रो पार्टीले बहुमत ल्याउँछ, बामपन्थीहरुलाई जनताले भोट हाल्दैनन्, यो कुरा बुझेहुन्छ।”

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै देउवाले कांग्रेसको बहुमत आउने मात्रै नभएर अबको प्रधानमन्त्री समेत आफू नै बन्ने दाबी समेत गरे । देउवाले थपे,“कांग्रेसको बहुमत आउँछ । कांग्रेसको नेतृत्वमा सरकार बन्छ, सरकारको नेतृत्व म गर्छु।”

निर्वाचन सम्पन्न भएपछि मुलुक संविधान कार्यान्वयनको चरण पूरा गरि आर्थिक समृद्धिको यात्रामा अघि बढ्ने उल्लेख गर्दै देउवाले भने,“संविधान धेरै राम्रो छ, यो संविधान कार्यान्वयन गर्ने कुरा महत्वपूर्ण हो, २१ गतेको निर्वाचन सम्पन्न भएपछि मुलुकमा स्थायी रुपमा गण्तन्त्र कार्यान्वयन भएर जान्छ । देउवाले चुनाव गराउँदै भन्ने झुटा कुराहरु भए, संविधान कार्यान्वयन त मैले गराएर छोडें । संविधान कार्यावयनसँगै अब मुलकु समृद्धिको यात्रामा अघि बढ्छ।”

भोट हालेपछिपनि चुनावसारेको सपना देख्नेहरु रहेको भन्दै उनले एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति व्यंग्य गरे । एमाले र माओवादी केन्द्रको वाम गठबन्धनले कम्युनिष्ट शासन ल्याउन खोजेको उनको आरोप थियो । उनले थपे,“कम्युनिष्ट शासन आउनु भनेको यो संविधान च्यात्नु हो, आदिवासी, जनजाति, महिला, थारुहरुको हितमा अहिलेको संविधान छ, यो राम्रो छ, तर उनीहरुको शासन आयो भने समावेशीतालाई खत्तम पार्न खोजेको हो ।”

जनताले कम्युनिष्ट शासन नरुचाउने उनको तर्क थियो । “कम्युनिष्ट शासन आउनु भनेको महिलाहरुको अधिकार खोसिने हो, जनताको अधिकार खोसिने हो, दलितहरुको अधिकार खोसिने हो, राष्ट्रपति पद्धतीमा जानु भनेको अधिकार खोसिनु हो, यो कुरा जनतलो बुुुझिसक्या छन, त्यसैले उनीहरुको पक्षमा किन भोट हाल्ने ? जनताले कांग्रेसलाई नै भोट हाल्छन्।”

नेपालको विकास कांग्रेसको कारण भएन भनेर एमाले र माओवादी केन्द्रका नेताहरुले आरोप लगाउनु नै गलत भएको देउवाको टिप्पणी थियो । “नेपाली कांग्रेसबाहेक कसले विकास गर्यो, पहिला एउटा एयरलायन्स थियो अहिले कतिवटा छन्, यो कसले गरेको हो ? पहिला एउटा विश्वविद्यालय थियो, अहिले कति वटा छन् ?, मेडिकल कलेज हेर्नुहोस, सडकहरु कसले गाउँगाउँ पुर्यायो ? कालोपत्र बाटो, वीचमा हिँसात्मक द्धन्द्ध नभएको भए धेरै विकास हुन्थ्यो ?”

उनले आफूले सुदुरपश्चिमको विकासको लागि धेरै काम गरेको विश्वास दिलाए । “मसँग विकासका गुरुयोजनाहरु धेरै छन्, सुदुरपश्चिमका गाउँगाउँमा रोड पुगेको छ। गउदेखि बजारसम्मको बाटोहरु बनेका छन्, किसानहरुले आफ्ना उत्पादन अब गाउँमा बेच्न पाउन्, गाउँठाउँमै बाटो होस् । घरमै बजार आयो, कृषकहरुको देश भएकोले उनीहरुको सहजताका लागि कच्ची बाटाहरुलाई अब पीच बनाईन्छ ।”

प्रधानमन्त्री देउवाले नेपालका कम्युनिष्टहरुले विकास गर्नुको साटो सपना मात्रै बाँडेको आरोप लगाए । “कम्युनिष्टहरुले खोई विकास गरेको ? उनीहरुले नारा मात्रै लगाएका छन् । विकास गर्यौं भन्नु यी सब बकवास कुरा हुन, जति पनि विकास भएका छन्, सबै कांग्रेसले नै गरेको हो।” देउवाले भने ।

कम्युनिष्ट शासन आयो भने मुलुकमा अधिनायकवाद आउने भनेर आफूले भनेको कुरा उल्लेख गर्दै देउवाले थपे,“कुन कम्युनिष्ट शासन भएका देशमा चुनाव भएको छ र ? यहाँका वामपन्थहिरुले (उनीहरुले) आँफै कम्युनिज्म ल्याउने भनेका छन् । यो भनेको नै अधिनायकवाद हो नि।”

वामपन्थीहरुको बहुमत त नआउने भएकोले कहाँबाट दुई तिहाई ल्याउने भन्दै देउवाले कटाक्ष गरे । उनले भने,“उनीहरुको बहुमत त आउँदैन, कहाँबाट दुई तिहाई आउँछ? जनतलो यो कुरा बुझेका छन् कि राष्ट्रपतिय प्रणाली भनेको यो संविधान च्यात्ने भनेको होईन र ?” कम्युनिष्ट शासनमा अन्याय भयो भनेर कहाँ बोल्न पाईन्छ भन्दै उनले प्रश्न समेत गरे । यद्धपी लोकतान्त्रिक व्यवस्थामा भने आफ्नो कुरा राख्ने पाउने स्वतन्त्रता हुने भएकोले जनताले लोकतान्त्रिक शक्तिहरुलाई अत्यधिक बहुमत दिएर विजयी गराउने विश्वास व्यक्त गरे ।

मधेशीहरुको अधिकार सुनिश्चि गर्नको लागि आफ्नो पार्टीले विगतमा पनि पहल गरेको भन्दै भविष्यमा पनि मधेशी जनताको चाहना अनुसार संविधान सुधार भैरहन सक्ने देउवाले विश्वास जनाए ।

उनले पटक पटक दोहोर्याएर भने,“नेपाली कांग्रेस विकास गर्न चुकेको छैन। यो सब काम हामीले बनाएका छौं । कम्युनिष्टहरुले हामीले विकास गर्यौं भन्नु फटाहा कुुरा हो । महाकाली सन्धि मैले गरेको हो, अहिले कार्यान्वयन हुँदैछ । बाटो मैले ल्याएको हुँ । लोकतन्त्रको लागि मैले कहिल्यैपनि सम्झौता गरेको छैन।”

उनले निर्वाचनमा आम मतदाता तथा उम्मेद्धवारहरुलाई सुरक्षा दिनको लागि सरकार पूर्ण प्रतिबद्ध रहेको बताउँदै भने,“चुनावमा शान्ति दिनको लागि सुरक्षा निकाय सक्षम छन् । मतदाताहरुलाई कुनै समस्या छैन, सुरक्षाको पूर्ण प्रत्याभुति दिन्छु ।”

देउवाले आफ्नो जित सुनिश्चि भैसकेको समेत दाबी गरे । उनले भने,“अरु जिते माननीय हुने हो, म जिते प्रधानमन्त्री हुन्छु, सुदुरपश्चिमको को प्रधानमन्त्री हुन्छ ? म त प्रधानमन्त्री भैसकें, अब पनि प्रधानमन्त्री म नै हुँ, मेरो जित भैसक्यो ।”

एमाले अध्यक्ष केपी शर्मा ओलीले अब देउवा अन्तिम प्रधानमन्त्री भनेर दिएको अभिव्यक्तिप्रति टिप्पणी गर्दै देउवाले भने,“म त फेरि पनि प्रधानमन्त्री बन्ने पक्का भैसक्यो, बरु ओली अब कहिल्यै पनि प्रधानमन्त्री बन्नुहुन्न । किनकी बहुमत हाम्रो आउने सुनिश्चित् छ।”

प्रतिक्रिया

25 कमेन्ट

    Comment Author

    Surendra Deuba

    Jaynepal

    Comment Author

    Giddi Habs

    भक्भके इन्दियन दलाल्,हतास मनस्थिती मा रहेको अवस्था

    Comment Author

    Bharat Raj Joshi Bharat

    100/ बनछ

    Comment Author

    Ramesh Aryal

    5 barsalai hudae xan kp

    Comment Author

    Pirthibi Gurung

    TERO BAU BANCHA PRI MINISTER ABA K P OLI PRIMINISTER BHAYA PACHI CONGRESS KO BHARSTARI JEAL JANCHA

      Comment Author

      Jit Ghale

      Khulkissss mula

    Comment Author

    Shambhu Acharya

    कीन घमन्ड गर्नु हुन्छ शेर बहादुरजी।

    Comment Author

    Dee Cube

    Saala Indian jpt bolxas

    Comment Author

    BuddhiSagar Ghimire

    दुई पटक वहुमत दिएकै हो त जनता ले खोइत टिकाउनै सकेनौ त आफै आफै लड्डि गरेर मध्यावधि चुनाव गरायो अव चुप लागेर ५ बर्ष प्रतिपक्ष मा वसन भक्भक् नगरीकन

    Comment Author

    Nanu Kunwar

    hora yo khutta heraune jotish kaile dekhi banyeu sere baje???

    Comment Author

    गोपाल सार्की

    कठै शेरू कति निका कुरा भन्यौ है , कम्नियुष्टहरूले शाशन गर्यो भने समावेसिता खत्तम गर्छन महिला , जनजाति, आदिवासी को अधिकार खोस्छन है कति सुहाउँदो र यथार्थ कुरा गर्नु भो ,,,,,, । थूक्क पाजी शेरू —- जसले जून पार्टीले समावेसिता सबै जातजाति, धर्म, भाषा, वर्ग, समुदाय र लिङ्ग आदि ईत्यदि मुद्दा उठाएर सबैलाई अधिकार सम्पन्न बनाउनको लागि हजारौॅ योद्धा ले ज्यान दियो बर्सौ सम्म कारागारको जीबन बितायो त्यसलाई त देख्नै भएन है । आजको लोजिकल समाजलाई कसरी ढाॅट्छौ है

    Comment Author

    Tulsi Baral

    Dimag fuskyo sara

    Comment Author

    Rajendra Karki

    “शेर बहादुर देउवा अब कहिल्यै पनि प्रधानमन्त्री बन्नुहुन्न” – राजेन्द्र कार्की

    Comment Author

    Tej Silwal

    Kp oli hoina aba tapaiko palo chahi gayo pradhan mantri jiu, aba ghar basera tuppi palera poojariko kaam garda chahi suhaula ki

    Comment Author

    Amar Dhami

    पागलहरुकोबोलि

    Comment Author

    Bindu Chandra Baral

    सहि कुरा

    Comment Author

    Kulbahadur Bohra

    सहि कुरा

    Comment Author

    Yagya Bahadur Bhandari

    प्र.मं. भैसकेकाले मार्गदर्शनको भुमिका निभाउनु पर्छ । अबको नेतृत्व युवालाई दिनु पर्छ ।

    Comment Author

    Lekhnath Sapkota

    नेपाल मा काँग्रेस को बहूमत आए को हो के गरे र दे खायो अब बाम गठ्बन दन लाई बहूमत डियर हेरउ न

    Comment Author

    Krishna Kala Bhetwal

    Sapana ta ramrai dhakhako ho @ p m la

    Comment Author

    Gb Chettri

    अरु बनुन या नबनुन तेता नजौ देउवाजी आफ्नो पाटी र आफुचै लोक तन्त्र प्रजातन्त्र र स्वातन्त्र भएर पाटी हाकिदै छुकी भस्ट तन्त्र भएर पाटी हाकी रहेछु यस्तर्फ ध्यान जावोस।

    Comment Author

    श्यामप्रसाद भेटुवाल

    यो शेरे पक्कैपनि पागल भयकैहुनुपर्छ नत्रयस्तो बोल्नु नपर्ने हो।

    Comment Author

    Narottam Lal Maskey

    Timharu jasto desh lootaharu aba yo desh maa kaam xaina.

    Comment Author

    Nagendra Bist

    100% ￰नैतिक्ताको आधारमा पनि हुनुहुदैन l नेपाली जनताले 9 कक्षा पढेको अनपढ गवार लाइ प्रधानमन्त्री स्वीकार गर्दैनन् l बरु प्रचण्ड स्वीकार छ बाम गठबन्धन बाट नै भएनी l पहिले हैसियात बनाउ ए कुकुर नेता हो हाम्रो देसमा रिक्शा चालक ले पनि slc pass गरेको देखिन्छ ll

    Comment Author

    Madan Giri

    अनि त जस्तो भारतीय दलाल हुने हो त प्रधानमन्त्री ?? लाज छैन नेपाल को संविधान को कुरा भारत मा गएर गर्न? थुक्क त जस्तो नालायक लाइ को ले मान्छ र अब? प्रजातन्त्र राज दरबार मा बुझाएको तैले होइन र नालायक ??

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 25
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?