जहाज निकाल्न ४ मिनेट, १३ घन्टाको तयारीमा बिमानस्थल बन्द

Shikharkhabar Shikharkhabar
|
शनिबार, बैशाख ८, २०७५
|
|
३६ पटक हेरिएको
Shares
जहाज निकाल्न ४ मिनेट, १३ घन्टाको तयारीमा बिमानस्थल बन्द

सारांश

  • काठमाडौं –  मुलुककाे एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार राति उडान भर्ने क्रममा धावनमार्गबाट चिप्लिएर चौरमा पुगेर धस्सिएको मलेसियाली जहाज बाहिर निकाल्न जम्मा चार मिनेट समय लाग्यो।
  • यो घटनामा सबैको एउटै चासो– ‘चौरमा धस्सिएको जहाज निकाल्न चार मिनेट लाग्ने रहेछ, अनि किन विमानस्थल पुनः सञ्चालन गर्न साढे १३ घन्टा लाग्यो?
  • ’‘हो, त्यही चार मिनेटको काम फत्ते गर्न हामीलाई त्यति धेरै समय लाग्न पुग्यो,’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले शुक्रबार नागरिकसँग भने, ‘असाध्यै संवेदनशील काम भएका कारण जहाजको अगाडिको पांग्रा रहेको भागमा फलाम पाता राख्न खन्नेदेखि इन्जिन जोगाउन वरिपरि खाल्डो खन्नेसम्मका काम गर्न घन्टौं लाग्यो।

काठमाडौं –  मुलुककाे एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार राति उडान भर्ने क्रममा धावनमार्गबाट चिप्लिएर चौरमा पुगेर धस्सिएको मलेसियाली जहाज बाहिर निकाल्न जम्मा चार मिनेट समय लाग्यो।

यो घटनामा सबैको एउटै चासो– ‘चौरमा धस्सिएको जहाज निकाल्न चार मिनेट लाग्ने रहेछ, अनि किन विमानस्थल पुनः सञ्चालन गर्न साढे १३ घन्टा लाग्यो?’‘हो, त्यही चार मिनेटको काम फत्ते गर्न हामीलाई त्यति धेरै समय लाग्न पुग्यो,’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले शुक्रबार नागरिकसँग भने, ‘असाध्यै संवेदनशील काम भएका कारण जहाजको अगाडिको पांग्रा रहेको भागमा फलाम पाता राख्न खन्नेदेखि इन्जिन जोगाउन वरिपरि खाल्डो खन्नेसम्मका काम गर्न घन्टौं लाग्यो।’

उनका अनुसार जहाज धावनमार्गबाट चिप्लिएर कोटेश्वर (दक्षिणपट्टि) ‘थ्रेसहोल्ड’ क्षेत्रबाट करिब ५० मिटर पर चौरमा पुगेर धस्सिएको थियो । घटनालगत्तै विमानस्थल व्यवस्थापनले जहाज बाहिर निकाल्ने काम सुरु गरेको थियो । विमानस्थल, नेपाली सेना, नेपाल प्रहरी र नेपाल नागरिक उड्डयन प्राधिकरणका कर्मचारी जहाज बाहिर निकाल्न लागिपरेका थिए ।
‘बिहीबार रातिदेखि नै काम सुरु गरे पनि वर्षाका कारण काम रोकिन पुग्यो,’ महाप्रबन्धक क्षेत्रीले भने, ‘पानी परेपछि चौर पनि हिलाम्मे भयो र काम अगाडि बढाउनै सकिएन । त्यसपछि एकैचोटि शुक्रबार बिहानमात्र काम सुचारु गर्‍यौं।’

मलेसियाको सस्तोमा उडान गर्ने निजी अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी मालिन्दो एयरको ‘बि७३७–९००ईआर’ सिरिज र कलसाइन ‘ओडी–एलएनजे’ भएको उक्त जहाज चालकदलसहित १ सय ३९ जना बोकेर काठमाडौंबाट बिहीबार राति १० बजेर ७ मिनेटमा धावनमार्गमा कुदिरहेको थियो।

‘तीव्र गतिमा कुदिरहेको जहाजको ‘ककपिट’ को ‘डिस्प्ले’ मा प्राविधिक समस्या देखिएपछि जहाज रोक्नैपर्ने अवस्था आयो र बाध्य भएर ब्रेक लगायौं,’ चालकदलको भनाइ उद्धृत गर्दै विमानस्थलका महाप्रबन्धक क्षेत्रीले भने, ‘समस्या देखिएपछि जहाज उडाउनु गम्भीर हुनसक्ने भएका कारण ब्रेक लगायौं तर जहाज अनियन्त्रित भएर धावनमार्ग बाहिर पुग्यो।’

जहाज ‘गम्भीर दुर्घटना’ हुनबाट जोगिएको छ । त्यसमा सवार यात्रु र चालकदल सबै सकुशल छन् । जहाजमा कुनै क्षति पुगेको छैन । यी सुखद खबर भए पनि विमानस्थल व्यवस्थापनको टाउको दुखाई तब सुरु भयो जब उक्त जहाजलाई चौरबाट धावनमार्गमा निकाल्न १३ घन्टाभन्दा बढी समय लाग्यो।मालिन्दोको जहाजका कारण तत्कालका लागि विमानस्थल बन्द गरिएपछि यहाँबाट उडान भर्न ठिक परेका नेपाल वायुसेवा निगम, कतार एयरवेज, जेट एयरवेज, हिमालय एयरलाइन्ससहित ६ र अवतरण गर्न आइरहेका चाइना साउदर्न एयर, मलेसिया एयरलाइन्स, जेट एयरवेजसहित चार अन्तर्राष्ट्रिय वायुसेवाका जहाज समस्यामा परेका थिए।

‘उड्नुपर्ने जहाज यहीँ रोकिए भने अवतरण गर्न आएका अन्य देशका विमानस्थलतिर डाइभर्ट भए,’ त्रिभुवन विमानस्थलका सञ्चालन निर्देशक तथा प्रवक्ता प्रेमनाथ ठाकुरले भने, ‘जेट एयरवेज नयाँदिल्ली र मलेसिया एयरलाइन्स बंगलादेशको ढाका डाइभर्ट भए।’

ठाकुरका अनुसार बिहीबार रातिदेखि विमानस्थल पुनः सञ्चालनमा आउनुअघिसम्म करिब २० अन्तर्राष्ट्रिय उडान अवरुद्ध भएका थिए । मालिन्दोको जहाजलाई बाहिर निकाल्न नेपाल वायुसेवा निगमका दुईथान ‘टो बार’ गाडीमा फलामको डोरी (लठ्ठा) बाँधेर तानिएको थियो।

आजको नागरिक दैनिकमा खबर छ ।

(curlygirldesign.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पृथ्वीसुब्बा गुरुङ लमजुङ ‘ख’बाट भारी मतान्तरले विजयी
पृथ्वीसुब्बा गुरुङ लमजुङ ‘ख’बाट भारी मतान्तरले विजयी
एक बौद्ध भिक्षु यसरी फिल्म निर्देशनमा होमिए
एक बौद्ध भिक्षु यसरी फिल्म निर्देशनमा होमिए
कांग्रेसी जनप्रतिनिधिले बहिस्कार गरे राष्ट्रपति भण्डारीको कार्यक्रम
कांग्रेसी जनप्रतिनिधिले बहिस्कार गरे राष्ट्रपति भण्डारीको कार्यक्रम
एक सय गोही राप्तीमा छाडियो, गाेहीकाे संख्या कति ?
एक सय गोही राप्तीमा छाडियो, गाेहीकाे संख्या कति ?
सभामुखले गरे झांगमु–तातोपानी र केरुङ–रसुवागढी नाका पुल पुनःनिर्माणको शिलान्यास
सभामुखले गरे झांगमु–तातोपानी र केरुङ–रसुवागढी नाका पुल पुनःनिर्माणको शिलान्यास
पत्रकारको नाकको डाँडी भाच्छु भन्ने इटहरीका मेयरको विवादास्पद अभिव्यक्ति, महिलामाथि बोले अपशव्द
पत्रकारको नाकको डाँडी भाच्छु भन्ने इटहरीका मेयरको विवादास्पद अभिव्यक्ति, महिलामाथि बोले अपशव्द
पूर्वआयुक्तलाई कारबाही गर्न सरकारले चासो दिएन: अख्तियार अलमलमा, ११ वर्षसम्म कैद हुन सक्ने
पूर्वआयुक्तलाई कारबाही गर्न सरकारले चासो दिएन: अख्तियार अलमलमा, ११ वर्षसम्म कैद हुन सक्ने
कोरोना कोषमा एनसेलको १० करोड सहयोग
कोरोना कोषमा एनसेलको १० करोड सहयोग
संविधान शंशोधनलाई यथास्थितिमा राखी निर्वाचन गर्नुपर्छ : वरिष्ठ नेता पौडेल।
संविधान शंशोधनलाई यथास्थितिमा राखी निर्वाचन गर्नुपर्छ : वरिष्ठ नेता पौडेल।
विद्यालयलाई भूकम्प प्रतिरोधी भवन हस्तान्तरण
विद्यालयलाई भूकम्प प्रतिरोधी भवन हस्तान्तरण

तपाईंले छुटाउनुभयो कि?