रथ तान्दा ढुङ्गा हानाहान, नौ घाइते

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, बैशाख ६, २०७६
|
|
३६ पटक हेरिएको
Shares
रथ तान्दा ढुङ्गा हानाहान, नौ घाइते

सारांश

  • भक्तपुर, ६ वैशाख ।
  • भक्तपुरमा मनाइने बिस्केट जात्राको अन्तिम दिन गएराति भैरवको रथ तान्ने क्रममा ढुङ्गा हानाहान हुँदा नौ घाइते भएका छन् ।
  • घाइते हुनेमा भक्तपुर नगरपालिका–१३ का ३८ वर्षीय माइला दुवाल, भक्तपुर नगरपालिका–४ गपलीका २३ वर्षीय रोजेश शिलाकार, भनपा–१ का २२ वर्षीय अशिष शिलाकार, रौतहट चन्द्रपुर घरभई हाल भक्तपुर चोछे बस्ने १७ वर्षीय उमेश कुमार, काभ्रे मण्डन देऊपुर नपा–२ देउपुर घरभई हाल भक्तपुर व्यासी बस्ने २३ वर्षीय विकास तामाङ, भनपा–६ इताछे बस्ने १८ वर्षीय मनीष कासुला, भनपा–२ इताछे बस्ने १८ वर्षीय रिमेश शाही घाइते भएका छन् ।

भक्तपुर, ६ वैशाख । भक्तपुरमा मनाइने बिस्केट जात्राको अन्तिम दिन गएराति भैरवको रथ तान्ने क्रममा ढुङ्गा हानाहान हुँदा नौ घाइते भएका छन् ।घाइते हुनेमा भक्तपुर नगरपालिका–१३ का ३८ वर्षीय माइला दुवाल, भक्तपुर नगरपालिका–४ गपलीका २३ वर्षीय रोजेश शिलाकार, भनपा–१ का २२ वर्षीय अशिष शिलाकार, रौतहट चन्द्रपुर घरभई हाल भक्तपुर चोछे बस्ने १७ वर्षीय उमेश कुमार, काभ्रे मण्डन देऊपुर नपा–२ देउपुर घरभई हाल भक्तपुर व्यासी बस्ने २३ वर्षीय विकास तामाङ, भनपा–६ इताछे बस्ने १८ वर्षीय मनीष कासुला, भनपा–२ इताछे बस्ने १८ वर्षीय रिमेश शाही घाइते भएका छन् ।

त्यस्तै रथबाट खसेर भक्तपुर नगरपालिका–५ चोछेका ३० वर्षीय पुण्यराम सितिखु घाइते भएका छन् । रथलाई सुकुलढोका पु¥याएपछि सामान्य ढुङ्गा हानाहान भएको र स्थिति आफैँ नियन्त्रणमा आएको प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिनुभयो ।

उहाँले केही ढुङ्गा हानाहान, केही रथबाट खसेर र केही रथको डोरी तान्ने क्रममा घाइते भएको जानकारी दिनुभयो । हिजो साँझ ५ बजेबाट गःहिटीबाट तल्लो र माथिल्लो बासिन्दाले रथ तान्न शुरु गरेको रथलाई माथिका बासिन्दाले वंशगोपाल पु¥याएर एउटा घरमा रथ ठोक्किएपछि ढुङ्गा हानाहान भएको हो ।

स्थिति नियन्त्रणमा आएपछि मध्यराति पुनः रथ तान्न शुरु भएको थियो । रथलाई टौमढी, गःहिटी हुँदै वंशगोपालसम्म पु¥याइएको थियो । बिहान ४ बजे वंशगोपाल मै रथलाई छाडेर रथबाट देवतालाई झिकेर भैरव मन्दिर लगिएपछि जात्रा सम्पन्न भएको थियो ।रथ तान्ने क्रममा घाइते भएकाको भक्तपुर अस्पतालमा उपचार भएको प्रनाउ पोखरेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्री र सिके राउतले गरे एकअर्काकाे प्रशंशा
प्रधानमन्त्री र सिके राउतले गरे एकअर्काकाे प्रशंशा
गायिका योजना पुरीको अर्को एल्वम “समर्पण” चाँडै बजारमा आउँदै
गायिका योजना पुरीको अर्को एल्वम “समर्पण” चाँडै बजारमा आउँदै
अधिकारकर्मी खतिवडाको प्रश्न: सेवाको लागी पहुँचवालाहरु वाट सिफारीस गर्ने कहिलेसम्म ?
अधिकारकर्मी खतिवडाको प्रश्न: सेवाको लागी पहुँचवालाहरु वाट सिफारीस गर्ने कहिलेसम्म ?
एफएनपीजेले टुंडिखेलमा प्रिन्टिङ, फोटोग्राफी एण्ड मिडिया टेक्नोलोजी एक्स्पो गर्ने
एफएनपीजेले टुंडिखेलमा प्रिन्टिङ, फोटोग्राफी एण्ड मिडिया टेक्नोलोजी एक्स्पो गर्ने
राक्सीराङको गाउँपालिकामा काँग्रेस विजयी
राक्सीराङको गाउँपालिकामा काँग्रेस विजयी
निर्मला हत्या प्रकरण : आइजिपी खनाल पुगेर भने ‘हत्यारा जतिसुकै शक्तिशाली भए पनि छाडिन्न’
निर्मला हत्या प्रकरण : आइजिपी खनाल पुगेर भने ‘हत्यारा जतिसुकै शक्तिशाली भए पनि छाडिन्न’
वार’ टिजरमा ऋतिक रोशन र टाइगर श्राफको घम्साघम्सी
वार’ टिजरमा ऋतिक रोशन र टाइगर श्राफको घम्साघम्सी
मापदण्ड विपरितको होटल उद्घाटनमा गएनन् प्रधानमन्त्री ओली
मापदण्ड विपरितको होटल उद्घाटनमा गएनन् प्रधानमन्त्री ओली
ऋतिकको ‘फाइटर’ को ‘फस्ट लुक’ देखेर फ्यानले भने-यति ह्यान्डसम कसरी?
ऋतिकको ‘फाइटर’ को ‘फस्ट लुक’ देखेर फ्यानले भने-यति ह्यान्डसम कसरी?
शुक्रवार ९२७ कोरोना संक्रमित थपिए