संविधान संशाेधन कुनै हालतमा मान्दैनाै:- केपी अाेली

Shikharkhabar Shikharkhabar
|
शनिबार, आषाढ २४, २०७४
|
|
४५ पटक हेरिएको
Shares
संविधान संशाेधन कुनै हालतमा मान्दैनाै:- केपी अाेली

सारांश

  • स्थानीय तहको चुनाव सम्पन्न नभएसम्म संविधान संशोधनको प्रस्ताव अगाडि नबढाउने कवुल गरेको स्मरण गदै ओलीले भने – सत्ता पक्षले हामीसँग प्रदेश २ को स्थानीय तह निर्वाचन सकेपछि मात्रै संशोधन प्रस्ताव ल्याउने सहमति गरेर यसलाई तत्कालै अघि बढाउने तयारी गरेको छ, यो हाम्रो पार्टीका लागि मान्य हुँदैन ।
  • ’ आफ्नो गृहनगर झापाको दमकमा आयोजित विजय उत्सवमा सहभागी हुन जाने क्रममा विराटनगर विमानस्थलमा ओलीले प्रतिपक्षसँग सल्लाहसमेत नगरी सत्तापक्षले जबरजस्ती संशोधन अघि बढाए त्यसको प्रतिरोध गर्ने चेतावनी दिए ।
  • ओलीले संविधान संशोधन प्रस्ताव फिर्ता गरेर सुरुदेखि नै यसबारे छलफल गर्नुपर्ने बताए ।

स्थानीय तहको चुनाव सम्पन्न नभएसम्म संविधान संशोधनको प्रस्ताव अगाडि नबढाउने कवुल गरेको स्मरण गदै ओलीले भने – सत्ता पक्षले हामीसँग प्रदेश २ को स्थानीय तह निर्वाचन सकेपछि मात्रै संशोधन प्रस्ताव ल्याउने सहमति गरेर यसलाई तत्कालै अघि बढाउने तयारी गरेको छ, यो हाम्रो पार्टीका लागि मान्य हुँदैन ।’

आफ्नो गृहनगर झापाको दमकमा आयोजित विजय उत्सवमा सहभागी हुन जाने क्रममा विराटनगर विमानस्थलमा ओलीले प्रतिपक्षसँग सल्लाहसमेत नगरी सत्तापक्षले जबरजस्ती संशोधन अघि बढाए त्यसको प्रतिरोध गर्ने चेतावनी दिए ।

ओलीले संविधान संशोधन प्रस्ताव फिर्ता गरेर सुरुदेखि नै यसबारे छलफल गर्नुपर्ने बताए । ओलीले संविधान संशोधनको नयाँ प्रस्तावबारे छलफल गर्न एमाले तयार रहेको समेत प्रष्ट पारे ।

राजपा मोहरा मात्रै

ओलीले दुई नम्वर प्रदेशको चुनाव तेश्रो चरणमा गर्न मिति सार्ने काममा सत्तापक्षले राष्ट्रिय जनता पार्टीलाई मोहरामात्र बनाएको आरोप लगाएका छन् । उनले काग्रेसले दुई नम्वर प्रदेशमा चुनाव हार्ने डरले राजपालाई अघि सारेर मोहरा बनाएको दाबी गरे ।

उनले दुई नम्वर प्रदेशमा हुने स्थानीय तहको तेश्रो चरणको चुनावमा पनि एमालेले ५० प्रतिशत भोट ल्याउने दावी गरे । उनले भने, ‘दुई नम्वर प्रदेशका जनता अहिले पनि एमालेको पक्षमा छन् ।’
अध्यक्ष ओलीले स्थानीय तहको दौश्रो चरणको चुनावको नतिजाबाट एमाले सन्तुष्ट हुन नसकेको बताए । ‘एक नम्बर प्रदेशवाट जुन खालको रिजल्ट आएको छ, त्यो रिजल्टवाट एमाले सन्तुष्ट छैन,’ ओलीले भने, ‘कांग्रेसले यतिका मत कसरी ल्यायो ? अचम्म लागेको छ ।’ ओलीले जनतालाई बुझाउन नसक्दा कांग्रेसले धेरै भोट पाएको बताए ।

विराटनगर विमानस्थलमा स्वागत गर्न पुगेका विराटनगर महानगरपालिकामा एमालेका तर्फवाट मेयरका उम्मेदवार रहेका विनोद ढकालललाई पहिलो भेटमा सान्त्वनासमेत दिएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रेमीले अर्कैसँग विवाह तयारी गरेपछि हत्या गरेर उनको मासुको भोज कामदारलार्इ
प्रेमीले अर्कैसँग विवाह तयारी गरेपछि हत्या गरेर उनको मासुको भोज कामदारलार्इ
महाकवि देवकोटाको ११४ औँ जन्मजयन्तीमा रचना वाचन
महाकवि देवकोटाको ११४ औँ जन्मजयन्तीमा रचना वाचन
लुटेराको गोलीबाट एक घाइते
लुटेराको गोलीबाट एक घाइते
विश्व इतिहासमा आजः अमेरिकामा शक्तिशाली विस्फोटदेखि डार्विनको मृत्यु
विश्व इतिहासमा आजः अमेरिकामा शक्तिशाली विस्फोटदेखि डार्विनको मृत्यु
बिमस्टेक सदस्यराष्ट्रबाट नेपालमा ८० अर्ब लगानी प्रतिबद्धता
बिमस्टेक सदस्यराष्ट्रबाट नेपालमा ८० अर्ब लगानी प्रतिबद्धता
‘समृद्ध नेपाल, सुखी नेपाली’ को लक्ष्य पूरा गर्न नेपाल प्रहरीकाे भूमिका महत्वपूर्णः  प्रधानमन्त्री ओली
‘समृद्ध नेपाल, सुखी नेपाली’ को लक्ष्य पूरा गर्न नेपाल प्रहरीकाे भूमिका महत्वपूर्णः प्रधानमन्त्री ओली
नेपाली चलचित्रको अन्तर्राष्ट्रिय बजार बढाउन अमेरिकामा नेफ्टा अवार्ड  : अध्यक्ष लामा
नेपाली चलचित्रको अन्तर्राष्ट्रिय बजार बढाउन अमेरिकामा नेफ्टा अवार्ड : अध्यक्ष लामा
ओलीलाई प्रधानमन्त्री बनाउन माओवादीले माग्यो यी तीन पद
ओलीलाई प्रधानमन्त्री बनाउन माओवादीले माग्यो यी तीन पद
अनलाइन टेलिभिजन सञ्चालकद्वारा आचारसंहिता पालना गर्ने प्रतिबद्धता
अनलाइन टेलिभिजन सञ्चालकद्वारा आचारसंहिता पालना गर्ने प्रतिबद्धता
सांसदले अब व्यापार–व्यावसाय गर्न नपाउने, छोरा र श्रीमतीले पाएको उपहार पनि सार्वजनिक गर्नुपर्ने!
सांसदले अब व्यापार–व्यावसाय गर्न नपाउने, छोरा र श्रीमतीले पाएको उपहार पनि सार्वजनिक गर्नुपर्ने!