डा. गोविन्द केसी सोमबारदेखि अनशन बस्दै

Shikharkhabar Shikharkhabar
|
बुधबार, कार्तिक १३, २०७६
|
|
३७ पटक हेरिएको
Shares
डा. गोविन्द केसी सोमबारदेखि अनशन बस्दै

सारांश

  • प्राध्यापक डा.
  • गोविन्द केसीले आउँदो सोमबारबाट १७ औँ अनसन सुरु गर्ने भएका छन् ।
  • असोज २७ गते पत्रकार सम्मेलन गर्दै डा.

प्राध्यापक डा.गोविन्द केसीले आउँदो सोमबारबाट १७ औँ अनसन सुरु गर्ने भएका छन् । असोज २७ गते पत्रकार सम्मेलन गर्दै डा.केसीले १६ औँ अनसनसम्म सरकारसँग भएका विभिन्न सहमति पुरा नगरे भाइटिकाको भोलिपल्ट अर्थात कात्तिक १३ बाट अनसन बस्ने जनाएका थिए । तर कात्तिक १३ मा सार्वजनिक विदा परेको हुँदा अनसन कात्तिक १८ गते सारेका हुन् ।

डा.केसीका हरेक काममा सहयोग गर्दै आएका प्रितम सुवेदीका अनुसार अहिलेसम्म सरकार पक्षबाट वार्ता तथा माग सम्बोधनको लागि कुनै पनि चासो नदेखाइएको हुँदा आउँदो सोमबारदेखि डा. केसीले अनसन सुरु गर्न लागेका हुन् ।

२७ गतेबाट अवकास लिएका डा.केसी अहिले विभिन्न जिल्लामा स्वास्थ्य क्षेत्रको बारेमा जानकारी लिइरहेका छन् । १६ औं अनसन इलाममा बसेका डा.केसीले १७ औँ अनसन कुन जिल्लामा बस्ने भन्ने बारेमा भने टुङगो लागेको छैन ।

यस्ता छन् डा. केसीका १७ औँ अनसनका मागहरु
१.२०७५ साउन १० गते भएको सम्झौताअनुसार चिकित्सा शिक्षा ऐनमा संशोधन गरियोस् ।

२.विश्वविद्यालयहरुमा पदाधिकारी नियुक्तिको हालको प्रक्रिया रोकी पराशर कोइराला नेतृत्वको मापदण्ड निर्धारण समितिले दिएको सुझाव अनुरूप निष्पक्ष र पारदर्शिता ढङ्गले पदाधिकारी नियुक्त गर्ने कानूनी व्यवस्था गरियोस् ।

३.आन्दोलनरत मेडिकल विद्यार्थीहरुका मागहरु पूरा गर्दै नेपालका सबै निजी मेडिकल कलेजले अवैध रुपमा असूल गरेको सम्पूर्ण रकम फिर्ता गरियोस् । अरबौंको ठगी तथा आर्थिक अपराधका दोषी मेडिकल कलेजका सञ्चालकहरुलाई फौजदारी कानून बमोजिम कडाभन्दा कडा कारवाही गरियोस् ।

४.संसदीय उपसमितिको माफियाको प्रभावमा गरिएको शुल्क र सीट संख्यामा बृद्वि गर्नेसम्बन्धी लगायतका निर्णय तत्काल खारेज गरियोस् ।

५.कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तत्काल पूर्वाधार र जनशक्ति पुर्याएर एमबिबिएस कार्यक्रम सञ्चालन गर्नुपर्ने । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमडिजिपी कार्यक्रम सञ्चालन गर्ने अनुमति अनुचित ढङ्गले प्रधानमन्त्री कार्यालयले अड्काएर राखेकाले त्यसलाई तुरुन्त स्वीकृति दिँदै शीघ्र एमबिबिएस कार्यक्रम सञ्चालन गर्ने व्यवस्था गर्नुपर्ने । प्रदेश नं २ र ४ तथा डोटी र डडेल्धुरा, उदयपुर, इलाम र पाँचथरमा सरकारी मेडिकल कलेज खोल्ने प्रक्रिया अघि बढाउनुपर्ने ।

६.संक्रमणकालीन न्यायसम्बन्धी आयोगहरुमा दलीय भागवन्डाबाट नभई पीडितको विश्वास जित्ने विज्ञहरुलाई नियुक्त गर्नुपर्ने ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अष्ट्रेलियाको जङ्गलमा लागेको आगो अनियन्त्रित भएपछि सङ्कटकालको घोषणा
अष्ट्रेलियाको जङ्गलमा लागेको आगो अनियन्त्रित भएपछि सङ्कटकालको घोषणा
रामेछापको पछिलो मत परिणाम !
रामेछापको पछिलो मत परिणाम !
उपसभामुखमा कृष्णी थारुको मनोनयन दर्ता
उपसभामुखमा कृष्णी थारुको मनोनयन दर्ता
को को बने माओवादी केन्द्रमा पाँचवटा प्रदेशका नयाँ इञ्चार्ज ?
को को बने माओवादी केन्द्रमा पाँचवटा प्रदेशका नयाँ इञ्चार्ज ?
लोकसेवाको कार्यलाई थप प्रभावकारी बनाउन उपराष्ट्रपति यादवको आग्रह
लोकसेवाको कार्यलाई थप प्रभावकारी बनाउन उपराष्ट्रपति यादवको आग्रह
३५ वर्षको उमेरमा १८ औं पटक सुत्केरी, १५ वर्षमै विवाह र महिना दिनमै गर्भवती बन्नु नियमजस्तै…
३५ वर्षको उमेरमा १८ औं पटक सुत्केरी, १५ वर्षमै विवाह र महिना दिनमै गर्भवती बन्नु नियमजस्तै…
आतङ्कवादी आक्रमणमा सम्लग्नलाई हदैसम्म कडा कारबाही हुनुपर्छः अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्प !
भारतीय प्रहरीको सहयोगमा १७ दिनपछि अपहरणमुक्त, दुई अपहरणकारी पक्राउ
भारतीय प्रहरीको सहयोगमा १७ दिनपछि अपहरणमुक्त, दुई अपहरणकारी पक्राउ
कात्तिक २१ गते शुक्रवारको राशिफल यस्तो छ
कात्तिक २१ गते शुक्रवारको राशिफल यस्तो छ
आज १३५औं अन्तर्राष्ट्रिय श्रमिक दिवस
आज १३५औं अन्तर्राष्ट्रिय श्रमिक दिवस

तपाईंले छुटाउनुभयो कि?