संसदीय सुनुवाई विशेष समितिको बैठक काँग्रेसद्वारा बहिष्कार

Shikharkhabar Shikharkhabar
|
आइतबार, माघ २०, २०७५
|
|
३५ पटक हेरिएको
Shares
संसदीय सुनुवाई विशेष समितिको बैठक काँग्रेसद्वारा बहिष्कार

सारांश

  • काठमाडौं ।
  • प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले संवैधानिक परिषदले संवैधानिक आयोगमा गरेको सिफारिसप्रति असहमति जनाउँदै संसदीय सुनुवाई विशेष समितिको बैठक बहिष्कार गरेको छ।
  • समितिको आईतबार सिंहदरबारमा बसेको बैठकमा संवैधानिक परिषदको गत माघ ६ गते बसेको बैठकले सिफारिस गरेका संवैधानिक आयोगका प्रमुखहरुको उजुरी आह्वान गर्न बोलाइएको बैठक प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले बहिष्कार गरेको हो।
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले संवैधानिक परिषदले संवैधानिक आयोगमा गरेको सिफारिसप्रति असहमति जनाउँदै संसदीय सुनुवाई विशेष समितिको बैठक बहिष्कार गरेको छ।
समितिको आईतबार सिंहदरबारमा बसेको बैठकमा संवैधानिक परिषदको गत माघ ६ गते बसेको बैठकले सिफारिस गरेका संवैधानिक आयोगका प्रमुखहरुको उजुरी आह्वान गर्न बोलाइएको बैठक प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले बहिष्कार गरेको हो।
विपक्ष दलको नेता शेरबहादुर देउवाको अनुपस्थितिमा बसेको संवैधानिक परिषद बैठकको सो निर्णय संविधान, कानुन र प्रक्रिया कुनै पनि हिसावले उचित नभएकाले सो सिफारिसका सम्बन्धमा सुनुवाई गर्न बोलाइएको बैठकमा सहभागी हुन नसक्ने धारणा समितिमा पेश गर्दै काँग्र्रेसबाट प्रतिनिधित्व गर्ने समितिका सदस्यहरु ज्ञानेन्द्रबहादुर कार्की, जितेन्द्रनारायण देव, भीमसेनदास प्रधान र पुष्पा भुषालले बैठक बहिष्कार गरेका हुन्।
त्यस क्रममा काँग्रेस सांसद कार्कीले विपक्ष दलको नेताको अनुपस्थितिमा संविधान र कानुन विपरित एकलौटी ढंगले गरेको संवैधानिक परिषद बैठकको निर्णय आफ्नो पार्टीलाई मान्य नहुने पनि स्पष्ट पारे।
काँगे्रेसका सांसदहरुले बहिष्कार गर्ने पनि समितिले प्रस्तावित संवैधानिक आयोगका प्रमुखहरुको सुनुवाईका लागि उजुरी आह्वान गरेको छ। समितिका सभापति लक्ष्मणलाल कर्णले संवैधानिक परिषदको निर्णय बदर गर्ने अधिकार समितिलाई नरहेको उल्लेख गर्दै सो सिफारिसका सम्बन्धमा सुनुवाई गर्न उजुरी आह्वान गरिएको जानकारी दिए।
समितिले उजुरी आह्वान गरेको १० दिनपछि उजुरीमाथि छलफल गरी परिषदले सिफारिस गरेका संवैधानिक आयोगका प्रमुखहरुमाथि सुनुवाई गर्नेछ। समितिले नाम अनुमोदन गरेपछि राष्ट्रपतिले उनीहरुलाई संवैधानिक आयोगका प्रमुखमा नियुक्त गर्ने संवैधानिक व्यवस्था छ।
गत माघ ६ गते बसेको संवैधानिक परिषदको बैठकले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको अध्यक्षमा बालानन्द पौडेल, राष्ट्रिय समावेशी आयोगको अध्यक्षमा शान्तराज सुवेदी, मधेशी आयोगको अध्यक्षमा डाक्टर विजयकुमार दत्त, थारु आयोगको अध्यक्षमा विष्णुप्रसाद चौधरी र मुस्लिम आयोगको अध्यक्षमा समिम अन्सारीको नाम सिफारिस गरेको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?