मोदीको निमन्त्रणामा शशांक दिल्ली प्रस्थान्, हिन्दूराष्ट्र मुख्य एजेण्डा !

Shikharkhabar Shikharkhabar
|
आइतबार, पौष २२, २०७५
|
|
२० पटक हेरिएको
Shares
मोदीको निमन्त्रणामा शशांक दिल्ली प्रस्थान्, हिन्दूराष्ट्र मुख्य एजेण्डा !

सारांश

  • काठमाडौं, २२ पुस ।
  • प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महामन्त्री डा.
  • शशांक कोइराला आज नयाँ दिल्ली प्रस्थान गरेका छन् ।

काठमाडौं, २२ पुस । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला आज नयाँ दिल्ली प्रस्थान गरेका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष निम्तोमा कोइराला आज नेपाल एयरलायन्समार्फत दिल्ली प्रस्थान गरेका हुन् । कांग्रेसमा हिन्दूराष्ट्रको एजेण्डा उठाउँदै आएका कोइरालालाई मोदीले विशेष निम्तो दिएर बोलाएको स्रोतको दाबी छ ।

मोदीको निम्तो मान्न दिल्ली प्रस्थान गरेका कोइरालाको भारत भ्रमणलाई निकै चासोको रुपमा हेरिएको छ । दिल्लीमा रहँदा कोइरालाले भारतीय सत्तारुढ दल भारतीय जनता पार्टीका शीर्ष नेताहरुसँगपनि भेटवार्ता गर्ने कार्यक्रम भएको स्रोतले जनायो ।

कोइराला यही पुस २६ गतेमात्रै स्वदेश फर्किने कार्यक्रम छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?