‘माइकल अधिकारी’ को प्रिमिएर हेर्न राजनीति दलका नेतादेखि कलाकारसम्मको भीड

Shikharkhabar Shikharkhabar
|
बुधबार, भाद्र १, २०७९
|
|
३७ पटक हेरिएको
Shares
‘माइकल अधिकारी’ को प्रिमिएर हेर्न राजनीति दलका नेतादेखि कलाकारसम्मको भीड

सारांश

  • काठमाडौ ।
  • बुधबार चाबहिल स्थित गोपिकृष्ण मुभिजमा कलाकारदेखि राजनीतिक दलका नेताहरुको बाक्लो उपस्थिती थियो ।
  • उक्त उपस्थिती हेर्दा लाग्थ्यो कि कुनै कार्यक्रम हुदैछ ।

काठमाडौ । बुधबार चाबहिल स्थित गोपिकृष्ण मुभिजमा कलाकारदेखि राजनीतिक दलका नेताहरुको बाक्लो उपस्थिती थियो । उक्त उपस्थिती हेर्दा लाग्थ्यो कि कुनै कार्यक्रम हुदैछ । नेताहरुलाई देख्दा चुनावको महोलले छोएको हो कि जस्तो भान समेत हुन्थ्यो ।
मानिसको भिडमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पनि थिए साथमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, डा भोला रिजाल, शिव श्रेष्ठ, गायक आनन्द कार्की, लोक गायक रमेश प्रसाई, अभिनेत्री तथा नेतृ रेखा थापा, अभिनेता रमेश उप्रेती लगायत राजनीतिक दलका नेता, कलाकर्मी तथा रंग पत्रकारको बाक्लो उपस्थिती रहेको थियो ।


त्यो उपस्थितीलाई देखेर जोकोहीलाई पनि कुनै कार्यक्रम हुन लागेको भान हुन्थ्यो । तर, त्यहा कुनै राजनीतिक दलको कार्यक्रमको आयोजना गरिएको थिएन । नत छुट्टै कुनै कार्यक्रम त्यहा केबल रञ्जित रौनियारको निर्देशन तथा उद्धव पौडेलको प्रस्तुतिमा निरक पौडेलले निर्माण चलचित्र ‘माइकल अधिकारी’ को प्रिमियर गरिएको थियो । राजनीतिक दलका नेता देखि कलाकार तथा पत्रकार सोही प्रिमियरमा आएका थिए ।

प्रिमिएरमा सहभागी अधिकाम्सले फिल्म मनपरेको प्रतिक्रिया दिए । कतिपयले फिल्मले उठाएको कथा राम्रो लागेको बताउँदा केहीले कलाकारको अभिनय उत्कृस्ट रहेको धारणा राखे । चलचित्रमा सौगात मल्ल र सृष्टि श्रेष्ठको मुख्य भुमिका रहेको फिल्म सेरोगेसीको कथामा बनको हो । फिल्म शुक्रबारदेखि सार्वजनिक प्रदर्शनमा आउँदैछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?