भाइको हत्या अभियोगमा दाजु पक्राउ

Shikharkhabar Shikharkhabar
|
मंगलबार, मंसिर ११, २०७५
|
|
४८ पटक हेरिएको
Shares
भाइको हत्या अभियोगमा दाजु पक्राउ

सारांश

  • बेत्रावती, ११ मङ्सिर, प्रहरीले नुवाकोटको पञ्चकन्या गाउँपालिका–५ माँझगाउँका लक्ष्मण सिटौलाको हत्या अभियोगमा उनका दाजु बलरामलाई पक्राउ गरेको छ ।
  • कात्तिक २५ गतेदेखि हराइरहेका ३५ वर्षीय लक्ष्मण शनिबार वनगाउँको महादेवखोलामा मृत फेला परेका थिए ।
  • प्रारम्भिक अनुसन्धानका क्रममा लक्ष्मणको हत्यामा दाजु बलाराम संलग्न रहेको पाइएपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख वसन्त कुँवरले जानकारी दिनुभयो ।

बेत्रावती, ११ मङ्सिर, प्रहरीले नुवाकोटको पञ्चकन्या गाउँपालिका–५ माँझगाउँका लक्ष्मण सिटौलाको हत्या अभियोगमा उनका दाजु बलरामलाई पक्राउ गरेको छ ।

कात्तिक २५ गतेदेखि हराइरहेका ३५ वर्षीय लक्ष्मण शनिबार वनगाउँको महादेवखोलामा मृत फेला परेका थिए । प्रारम्भिक अनुसन्धानका क्रममा लक्ष्मणको हत्यामा दाजु बलाराम संलग्न रहेको पाइएपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख वसन्त कुँवरले जानकारी दिनुभयो ।

बलरामलाई सोमबार जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्दा अभियोगमा अनुसन्धानका लागि म्याद लिएको छ । उनलाई हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले तीन दिनको म्याद दिएको छ । लक्ष्मणको शरीरको पछाडितर्फ टाउको, कम्मर, ढाडमा धारिलो हतियार प्रयोग गरेको पाइएको छ । दाजुभाइबीच सामान्य विषयमा विवाद हुँदा चिर्पट प्रहार गरी हत्या गरेको बलरामले स्वीकार गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तामिम र नाज्लुम चम्किँदा बंगलादेश विजयी, वेष्ट इण्डिज १२ रनले पराजित
तामिम र नाज्लुम चम्किँदा बंगलादेश विजयी, वेष्ट इण्डिज १२ रनले पराजित
नेपाल टेलिकमले आफ्ना ६ वटा सेवालाई निःशुल्क बनाएको छ……
नेपाल टेलिकमले आफ्ना ६ वटा सेवालाई निःशुल्क बनाएको छ……
किन घाम लागे पनि चिसो बढ्दैछ
किन घाम लागे पनि चिसो बढ्दैछ
डिश होमले पायो “इमर्जिङ्ग ब्राण्ड ” र “सी इ ओ अफ द इयर” अवार्ड !
डिश होमले पायो “इमर्जिङ्ग ब्राण्ड ” र “सी इ ओ अफ द इयर” अवार्ड !
आदिपुरुषको आम्दानी हरिबिजोग
आदिपुरुषको आम्दानी हरिबिजोग
सुनको मूल्य बढेको बढ्यै
सुनको मूल्य बढेको बढ्यै
महिला समितिमा कांग्रेसको प्रस्तावः जेष्ठ नागरिकले चाहेको व्यक्तिलाई सम्पत्ति दिन पाउने कानुनी व्यवस्था गरियोस्
महिला समितिमा कांग्रेसको प्रस्तावः जेष्ठ नागरिकले चाहेको व्यक्तिलाई सम्पत्ति दिन पाउने कानुनी व्यवस्था गरियोस्
कान्छी बहिनीभन्दा १ बर्ष कान्छा यी महाशय अर्बौ असुलेपछि मिडियामा लगानी गर्दै  !
कान्छी बहिनीभन्दा १ बर्ष कान्छा यी महाशय अर्बौ असुलेपछि मिडियामा लगानी गर्दै !
गर्भवती भए नभएको पत्ता लगाउने भ्यागुतो
गर्भवती भए नभएको पत्ता लगाउने भ्यागुतो
नमस्ते नेपालले लागुुऔषध तथा महिला हिंसा बिरुद्ध महाअभियान सञ्चालन गर्दै