६० मेघावाटको माथिल्लो त्रिशुली थ्री–एको उद्घाटन

Shikharkhabar Shikharkhabar
|
सोमबार, मंसिर २, २०७६
|
|
४३ पटक हेरिएको
Shares
६० मेघावाटको माथिल्लो त्रिशुली थ्री–एको उद्घाटन

सारांश

  • काठमाडौँ।
  • प्रधानमन्त्री केपी ओलीले ६० मेघावट क्षमताको माथिल्लो त्रिशुली थ्री–ए जलविद्युत आयोजनाको उद्घाटन गरेका छन्।
  • सोमबार सिंहदरबारमा रहेको ‘वार रुम’ बाटै प्रधानमन्त्री ओलीले स्वीच थिचेर रसुवा र नुवाकोटमा निर्माण भएको माथिल्लो त्रिशुली थ्री–ए जल विद्युत आयोजनाको उद्घाटन गरेका हुन्।

काठमाडौँ। प्रधानमन्त्री केपी ओलीले ६० मेघावट क्षमताको माथिल्लो त्रिशुली थ्री–ए जलविद्युत आयोजनाको उद्घाटन गरेका छन्। सोमबार सिंहदरबारमा रहेको ‘वार रुम’ बाटै प्रधानमन्त्री ओलीले स्वीच थिचेर रसुवा र नुवाकोटमा निर्माण भएको माथिल्लो त्रिशुली थ्री–ए जल विद्युत आयोजनाको उद्घाटन गरेका हुन्।
प्रधानमन्त्री ओलीले काठमाडौं र उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुन र अर्थमन्त्री डा. युवराज खतिवडाले आयोजनास्थल नुवाकोटको किस्पाङ गाउँपालिका–५ सिम्लेबाट उद्घाटन गरेका हुन्।
उद्घाटनसंगै आयोजनाबाट व्यावसायिक रूपमा विद्युत् उत्पादन सुरु भएको छ । माथिल्लो त्रिशूली थ्री ए जलविद्युत् आयोजनाको पहिलो र दोस्रो युनिट ९३०–३० मेगावाट० बाट क्रमशः गत ३ जेठ र १७ साउनबाट परीक्षण उत्पादन सुरु भएको थियो ।

माथिल्लो त्रिशूली थ्री ‘ए’ को दोस्रो युनिटले पनि गत साउन १५ गतेदेखि परीक्षण उत्पादन गरेको थियो।
लामो प्रयासपछि प्राप्त भएको सफलताले प्राधिकरणको नेतृत्व र आयोजनालाई समेत हर्षित तुल्याएको छ। रुग्ण भएको आयोजनालाई मन्त्रालयको सार्थक नेतृत्व, प्राधिकरणको कामकारवाही परिचालन तथा आयोजना प्रमुखको निरन्तरको प्रयत्नपछि माथिल्लो त्रिशूली थ्री ‘ए’ आयोजनामा सफलता मिलेको हो।

आयोजना पूर्णरूपमा सञ्चालनमा आएपछि आयोजनाबाट मुलुकभित्र खपत हुने ऊर्जामा करिब आठ प्रतिशतको योगदान रहेको छ। अनुमानित लागत रु १२ अर्ब ६० करोड (१२ करोड ५८ लाख डलर) रहेको आयोजना नेपाल सरकार एवं प्राधिकरणको लगानी र चिनियाँ आयात निर्यात बैंकको सहुलितपूर्ण ऋणमा निर्माण भएको हो।

इञ्जिनीयरिङ, खरिद र निर्माण (इपिसी) ढाँचामा विद्युत्गृह, बाँध, सुरुङलगायतका संरचना र इलेक्ट्रोमेकानिकल तथा हाइड्रो मेकानिकलको काम गर्ने गरी चिनियाँ कम्पनी गेजुवासँग २०६७ साल जेठ १४ गते ठेक्का सम्झौता भएको थियो।

शुरुमा विसं २०७१ जेठ १७ सम्ममा आयोजना सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । त्यसबखत चिनियाँ कम्पनीसँग रु आठ अर्ब ९१ करोड ७८ लाख (आठ करोड ९१ लाख ७८ हजार डलर) मा ठेक्का सम्झौता भएको थियो। शुरुमा विद्युत्गृह भूमिगत बनाउने या सतही बनाउने विवाद, क्षमता बढाउने निर्णयलगायतका कारणले आयोजनाको निर्माण ढिलाइ भएपछि २०७३ साल असार १६ सम्म म्याद थप भएको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जंगबहादुर राणाको राशलिलाः बेलायतमा एक बेश्याका लागि एक रातको खर्च ३ करोडभन्दा बढि
जंगबहादुर राणाको राशलिलाः बेलायतमा एक बेश्याका लागि एक रातको खर्च ३ करोडभन्दा बढि
पेन्सनबाट विद्यार्थीलाई खाजा
पेन्सनबाट विद्यार्थीलाई खाजा
कोरोनाबाट बच्नका लागि अपनाउनु पर्ने उपायहरु अपनाइयो भने लकडाउनको आवश्यकता नपर्ने : डा पुन
कोरोनाबाट बच्नका लागि अपनाउनु पर्ने उपायहरु अपनाइयो भने लकडाउनको आवश्यकता नपर्ने : डा पुन
जनतासँगै श्रमदानमा खटिँदै जनप्रतिनिधि
जनतासँगै श्रमदानमा खटिँदै जनप्रतिनिधि
आजदेखि त्रिभूवन विमानस्थल ७ घण्टा बन्द हुने
आजदेखि त्रिभूवन विमानस्थल ७ घण्टा बन्द हुने
भारी हिमपात र वर्षाका कारण चारधाम हिँडेका तीर्थयात्री श्रीनगरमा रोकिए
भारी हिमपात र वर्षाका कारण चारधाम हिँडेका तीर्थयात्री श्रीनगरमा रोकिए
काठमाडौको मौलिक संस्कृति दाफा भजन संकटमा
काठमाडौको मौलिक संस्कृति दाफा भजन संकटमा
दुर्गा प्रसाईंको अराजकतामा एमाले र माओवादीको पनि हिस्सेदारी छ : नैनसिंह महर
दुर्गा प्रसाईंको अराजकतामा एमाले र माओवादीको पनि हिस्सेदारी छ : नैनसिंह महर
नयाँ शक्ति विद्यार्थी युनियनद्वारा बुढीगण्डकी सम्झौता खारेजको माग गर्दै विरोध प्रर्दशन
नयाँ शक्ति विद्यार्थी युनियनद्वारा बुढीगण्डकी सम्झौता खारेजको माग गर्दै विरोध प्रर्दशन
नवरात्रको छैटौं दिन : कात्यायनीे देवीको पूजा आराधना गरिँदै
नवरात्रको छैटौं दिन : कात्यायनीे देवीको पूजा आराधना गरिँदै