सगरमाथा अञ्चल अस्पताल लथालिंग

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आश्विन ३, २०७४
|
|
३० पटक हेरिएको
Shares
सगरमाथा अञ्चल अस्पताल लथालिंग

सारांश

  • गजेन्द्रनारायण सगरमाथा अञ्चल अस्पताल राजविराज लथालिंग भएकाले त्यहाँ उपचार गराउने बिरामीहरु समस्यामा पर्ने गरेका छन् ।
  • बिरामीको उपचार गर्ने सो अस्पताल अहिले आफैंँ अस्वस्थ भएको स्थानीय बासिन्दाले बताएका छन् ।
  • उपचारका लागि उपकरण, सामग्री सरकारले उपलब्ध गराए पनि प्राविधिक र चिकित्सकको अभावका कारण प्रयोगमा आउन सकेका छैनन् ।

गजेन्द्रनारायण सगरमाथा अञ्चल अस्पताल राजविराज लथालिंग भएकाले त्यहाँ उपचार गराउने बिरामीहरु समस्यामा पर्ने गरेका छन् ।

बिरामीको उपचार गर्ने सो अस्पताल अहिले आफैंँ अस्वस्थ भएको स्थानीय बासिन्दाले बताएका छन् । उपचारका लागि उपकरण, सामग्री सरकारले उपलब्ध गराए पनि प्राविधिक र चिकित्सकको अभावका कारण प्रयोगमा आउन सकेका छैनन् । सोही कारण अस्पतालमा आउने बिरामी निजी अस्पताल तथा क्लिनिकमा उपचार तथा प्रयोगशाला जाँचका लागि जान बाध्य भइरहेका छन् ।

विसं २०७३ मंसिरमा नेपाल सद्भावना पार्टी (गजेन्द्रवादी ) समूहका अध्यक्ष विकास तिवारीले अस्पताल सुधारका लागि १८ दिनसम्म आमरण अनशन गरेपछि तत्कालीन स्वास्थ्यमन्त्री गगनकुमार थापाले अस्पताल सुधार गर्ने प्रतिबद्धता जनाउनुभएको थियो ।

प्रतिबद्धतानुसार अस्पताललाई तत्काल स्वास्थ्य उपकरण तथा प्रयोगशालाका सामग्री पठाइए पनि दक्ष चिकित्सक तथा प्राविधिक नहुँदा उपकरण प्रयोगविहीन अवस्थामा अस्पतालमा थन्किएका छन् । उपकरणमा अल्ट्रासाउण्ड, अटोमेटिक एनेस्थेसिया, होराइजन्टल एक्सरे मेसिन र डायलासिस मेसिन आएको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा दयाशंकरलाल कर्णले जानकारी दिनुभयो ।

उहाँका अनुसार अस्पतालमा १८ चिकित्सकको दरबन्दी रहेकामा हाल तीन चिकित्सक मात्र कार्यरत छन् । अन्य करिब २५ प्राविधिक तथा स्वास्थ्यकर्मीको पद रिक्त छ ।

चिकित्सकको अभाव झेल्दै आएको अस्पतालमा सरसफाइको समेत अभाव छ । आकस्मिक कक्षमा चिकित्सक नबस्दा उपचारका लागि आएका बिरामी अन्यत्रै पठाउनु अस्पतालको दुर्भाग्य भएको राजविराजका समाजसेवी देवु यादवले बताउनुभयो ।

उहाँले आफ्नी श्रीमतीलाई अस्पतालमा चिकित्सकको अभावका कारण बाहिर निजी अस्पतालमा महँगो शुल्क तिरेर उपचार गराउनुपरेको गुनासो गर्नुभयो ।

अस्पतालमा पुराना यन्त्रसमेत मर्मत नगर्दा खिया लागेर बिग्रिसकेका छन् । बाढीबाट रोग उत्पन्न भएका कारण सो अस्पतालमा विगतको तुलनामा अहिले उपचार गराउनेको संख्या दिनप्रतिदिन बढिरहे पनि उपचारको समस्या जस्ताको तस्तै रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेत्र ज्योति संघ उदयपुर मा राउत
नेत्र ज्योति संघ उदयपुर मा राउत
समयमै अस्पताल लान नसक्दा मिनीट्रक दुर्घटनामा मृत्यु हुनेको संख्या २० पुग्यो (अपडेट)
समयमै अस्पताल लान नसक्दा मिनीट्रक दुर्घटनामा मृत्यु हुनेको संख्या २० पुग्यो (अपडेट)
आगलागीमा जलेका घर नगरपालिकाले बनाइदिने
जसपा अध्यक्ष यादवले मोरङ र अशोक राईले उदयपुरबाट मतदान गर्ने
जसपा अध्यक्ष यादवले मोरङ र अशोक राईले उदयपुरबाट मतदान गर्ने
गोविन्द केसीकाे तर्फबाट पूर्वशर्त छाडेपछि सरकार र गोविन्द केसीसमुहबीच वार्ता सुरू , के थियाे पुर्वशर्त ?
नजिकका मान्छेको उदण्ड हर्कत रोक्न प्रधानमन्त्रीलाई डा. बाबुराम भट्टराईको आग्रह
नजिकका मान्छेको उदण्ड हर्कत रोक्न प्रधानमन्त्रीलाई डा. बाबुराम भट्टराईको आग्रह
मन्त्री अमनलाल मोदीलाई विधेयक हस्तान्तरण
मन्त्री अमनलाल मोदीलाई विधेयक हस्तान्तरण
प्रचण्डको ज्वाईँ पनि उमेद्वारको चर्चामा ;; मोरङ
प्रचण्डको ज्वाईँ पनि उमेद्वारको चर्चामा ;; मोरङ
बन्दकर्ताले दाङमा बिहानै गरे सवारीसाधनमा आगजनी
बन्दकर्ताले दाङमा बिहानै गरे सवारीसाधनमा आगजनी
कोरोना भाइरस नियन्त्रणमा उच्च सतर्कता अपनाउन सरकारको निर्देशन
कोरोना भाइरस नियन्त्रणमा उच्च सतर्कता अपनाउन सरकारको निर्देशन

तपाईंले छुटाउनुभयो कि?