जसपा अध्यक्ष यादवले मोरङ र अशोक राईले उदयपुरबाट मतदान गर्ने
सारांश
- जनता समाजवादी पार्टीका केन्द्रीय समिति अध्यक्ष उपेन्द्र यादवले मोरङ र वरिष्ठ नेता अशोक राईले उदयपुरबाट मतदान गर्ने भएका छन्।
- शुक्रबार हुने स्थानीय तहको निर्वाचनमा मतदान गर्न यादव र राई आ–आफ्नो क्षेत्रमा पुगी सकेका हुन्।
- यादवले मोरङको विराटनगर १४ स्थित डिग्री क्याम्पसबाट मतदान गर्ने छन्।
जनता समाजवादी पार्टीका केन्द्रीय समिति अध्यक्ष उपेन्द्र यादवले मोरङ र वरिष्ठ नेता अशोक राईले उदयपुरबाट मतदान गर्ने भएका छन्। शुक्रबार हुने स्थानीय तहको निर्वाचनमा मतदान गर्न यादव र राई आ–आफ्नो क्षेत्रमा पुगी सकेका हुन्।
यादवले मोरङको विराटनगर १४ स्थित डिग्री क्याम्पसबाट मतदान गर्ने छन्। उनी सप्तरी क्षेत्र २ बाट निर्वाचित भएका थिए। उनको मतदाता नामावली भने मोरङको विराटनगर पालिकामा छ। यस्तै वरिष्ठ नेता राईले उदयपुरका चौदन्यगढी नगरपालिका ४ स्थित नारद आदर्श माध्यमिक विद्यालयबाट मतदान गर्ने भएका छन्।
यसअघि निर्वाचनमा उनी सुनसरीबाट लडेपनि पराजित भएका थिए। यस्तै कृषि पशुपंक्षि विकास मन्त्री महेन्द्र राय यादवले सर्लाहीको रिपूर्वा नगरपालिका ९ स्थित रामजानकी मन्दिर मतदान केन्द्रबाट मतदान गर्ने छन्। उनी जसपा शिर्ष नेता मध्येमा पर्छन्।



प्रतिक्रिया