गोविन्द केसीकाे तर्फबाट पूर्वशर्त छाडेपछि सरकार र गोविन्द केसीसमुहबीच वार्ता सुरू , के थियाे पुर्वशर्त ?

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण ८, २०७५
|
|
४९ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं,८ साउन।
  •   सरकार र आमरण अनसनरत डा.
  • गोविन्द केसीबीच संवाद पुनः सुरु भएको छ।

काठमाडौं,८ साउन।  सरकार र आमरण अनसनरत डा. गोविन्द केसीबीच संवाद पुनः सुरु भएको छ। डा केसीको वार्ता टोलीले संसदमा विचाराधीन चिकित्सा शिक्षा अध्यादेश फिर्ता हुनुपर्ने फिर्ता गर्नुपर्ने पूर्वशर्त छाडेपछि सरकारी टोलीसँग संवाद सुरु भएको हो । यसका लागि नेकपाका संसदीय दलका उपनेता सुवास नेम्वाङले पहल गरेका थिए ।

उनले केदारभक्त माथेमा र मेडिकल काउन्सिलका धर्मकान्त बास्कोटासँग छलफल गरेका थिए ।
लगत्तै प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरे । नेम्वाङले डा केसीको वार्ता टोलीसँग पनि सम्वाद गरे । सिंहदरबारमा भएको छलफलमा डा केसीको वार्ता टोलीले चिकित्सा शिक्षा विधेयकमा केके संशोधन गर्नुपर्छ भनेर लिखित नै दिएको छ ।

स्रोतका अनुसार १० वर्षे प्रतिबन्ध, ५ वटा मेडिकल कलेजलाई मात्र सम्बन्धन दिनुपर्ने लगायतका बुँदा छन् । नेम्वाङको पहलपछि सरकारी र डा केसीको वार्ता टोलीबीच औपचारिक सम्वाद सुरु भएको छ। शिक्षा मन्त्रालयमा भएको वार्तामा डा केसीको तर्फबाट जीवन क्षेत्री, सुरेन्द्र भण्डारी, ओमप्रकाश अर्याल, अभिषेकराज सिंह र सुमित पाण्डे गएका छन् ।

सरकारले यसअघि नै डा केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव खगराज बरालको संयोजकत्वमा ३ सदस्यीय वार्ता टोली गठन गरेको थियो ।सरकारी वार्ता टोलीलाई विधेयकका विषयबस्तुमा छलफल गर्ने अधिकार दिइएको छ ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Ganesh Shakya

    गलाएरै छादे दाक्तर बा लाई ।

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आदिकवि भानुभक्त सामाजिक र सांस्कृतिक जागरणका सशक्त धरोहर : प्रधानमन्त्री देउवा
आदिकवि भानुभक्त सामाजिक र सांस्कृतिक जागरणका सशक्त धरोहर : प्रधानमन्त्री देउवा
रेशम चौधरीलाई आममाफी दिने प्रस्ताव राष्ट्रपतिद्वारा फिर्ता
रेशम चौधरीलाई आममाफी दिने प्रस्ताव राष्ट्रपतिद्वारा फिर्ता
सर्लाहीमा बाढीबाट दुई जनाको मृत्यु, ७२ जनाकोे उद्धार
सर्लाहीमा बाढीबाट दुई जनाको मृत्यु, ७२ जनाकोे उद्धार
मधेसमा कत्ल की रातः दारुमांस, ढौवाकौडी र जातभात
मधेसमा कत्ल की रातः दारुमांस, ढौवाकौडी र जातभात
मिथिलाञ्चलमा वटसावित्री पर्व मनाइँदै
मिथिलाञ्चलमा वटसावित्री पर्व मनाइँदै
देउवा, ओली र प्रचण्डबीच वार्ता सुरु,चुनाव र विवादित राष्ट्रिय सभाका विषयमा छलफल हुने
देउवा, ओली र प्रचण्डबीच वार्ता सुरु,चुनाव र विवादित राष्ट्रिय सभाका विषयमा छलफल हुने
हेटौडामा मध्यक्षेत्रिय ट्राफिकको १ दिने अनुशिक्षण कार्यक्रम
हेटौडामा मध्यक्षेत्रिय ट्राफिकको १ दिने अनुशिक्षण कार्यक्रम
मुचुल्काभन्दा ३ मतपत्र बढी भेटिएपछि धनगढी उपमहानगरपालिकाको मतगणना  स्थगित;
मुचुल्काभन्दा ३ मतपत्र बढी भेटिएपछि धनगढी उपमहानगरपालिकाको मतगणना स्थगित;
जुम्लामा बालविवाहमुक्त अभियान
जुम्लामा बालविवाहमुक्त अभियान
आजको मौसमः पश्चिमी भू-भागमा पश्चिमी वायुको सामान्य प्रभाव रहने
आजको मौसमः पश्चिमी भू-भागमा पश्चिमी वायुको सामान्य प्रभाव रहने