सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक संसद्को आगामी अधिवेशनबाट पारित गरिने

Shikharkhabar Shikharkhabar
|
मंगलबार, पौष १०, २०८०
|
|
५२ पटक हेरिएको
Shares
सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक संसद्को आगामी अधिवेशनबाट पारित गरिने

सारांश

  • काठमाडौं ।
  • सङ्क्रमणकालीन न्यायसम्बन्धी विषयमा छलफल गर्न आज बसेको तीन दलको बैठकमा सोसम्बन्धी विधेयक संसद्को आगामी अधिवेशनबाट पारित गर्ने सहमति जुटेको छ ।
  • प्रधानमन्त्री निवास बालुवटारमा बसेको बैठकमा संसद्को तीन ठूला दलहरूबीच सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक संसद्को आगामी अधिवेशनबाट पारित गर्ने समझदारी जुटेको हो ।

काठमाडौं । सङ्क्रमणकालीन न्यायसम्बन्धी विषयमा छलफल गर्न आज बसेको तीन दलको बैठकमा सोसम्बन्धी विधेयक संसद्को आगामी अधिवेशनबाट पारित गर्ने सहमति जुटेको छ ।

प्रधानमन्त्री निवास बालुवटारमा बसेको बैठकमा संसद्को तीन ठूला दलहरूबीच सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक संसद्को आगामी अधिवेशनबाट पारित गर्ने समझदारी जुटेको हो ।

बैठकमा सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित कानुन निर्माणका लागि संसदीय समितिमा रहेको विधेयकलाई अगाडि बढाउन दलहरुले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेकपा (एमाले)का सचेतक महेश बर्तौलाले शीर्ष नेताबीच पीडितले न्याय पाएको अनुभूति गर्नेगरी कानुन बनाउने सहमति भएको जानकारी दिए । आउँदो हिउँदे अधिवेशनबाट उक्त विधेयक संसद्मा प्रस्तुत हुने बताए ।

सम्बन्धित दलका कानुनविद्समेतलाई राखेर भएको छलफलबाट पीडितकेन्द्रित सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुन बनाउने दिशामा दलहरू सहमत भएको उनको भनाइ छ ।

सचेतक बर्तौलाले आफ्नो पार्टीले पीडितलाई केन्द्रित कानुन बनाउनुपर्ने अडान राखेको बताए । उनले भने, “पीडितकेन्द्रित कानुन बनाउने हो भने एमाले सहमतिसाथ जान तयार छ । प्रधानमन्त्रीले त्यसलाई हिउँदे अधिवेशनमा मिलाएर लैजान तयार छु भन्नुभएको छ ।”

बैठकमा प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली सहभागी थिए ।

उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्का र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ तथा कांग्रेस नेता राधेश्याम अधिकारी, एमाले नेता अग्निप्रसाद खरेल र महेश बर्तौला, माओवादी केन्द्रबाट वर्षमान पुन र खिमलाल देवकोटाको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘एउटै बर्को पिरतीको आधा आधा ओढौ’ भन्दै सुरेश र मनु
‘एउटै बर्को पिरतीको आधा आधा ओढौ’ भन्दै सुरेश र मनु
एउटै समाचारका कारण दुइजना सम्पादकलाइ पक्राउ पुर्जि !
एउटै समाचारका कारण दुइजना सम्पादकलाइ पक्राउ पुर्जि !
मोदी नेपाल नआउँदै नाकामा थुनियो एघार ट्रक चिया !
मोदी नेपाल नआउँदै नाकामा थुनियो एघार ट्रक चिया !
अर्घाखाँचीमा मलामी बोकेको जीप र मोटरसाईकल दुर्घटना,  ७ को अवस्था गम्भीर
अर्घाखाँचीमा मलामी बोकेको जीप र मोटरसाईकल दुर्घटना, ७ को अवस्था गम्भीर
साइबर अपराध रोक्न सहकार्य गरौं–चीन
साइबर अपराध रोक्न सहकार्य गरौं–चीन
भारतमा भएको रेल दुर्घटनामा २३ को मृत्यु, ४० घाइते
भारतमा भएको रेल दुर्घटनामा २३ को मृत्यु, ४० घाइते
एम्बुलेन्स नआएपछि नुवाकोटबाट बाइक चलाएरै टेकु पुगे नुवाकोटका कोरोना संक्रमित
एम्बुलेन्स नआएपछि नुवाकोटबाट बाइक चलाएरै टेकु पुगे नुवाकोटका कोरोना संक्रमित
मानव बस्ती प्रदूषित बनाउने इँट्टा उद्योगको विवाद अदालतमा
मानव बस्ती प्रदूषित बनाउने इँट्टा उद्योगको विवाद अदालतमा
सर्वोच्चको आदेश उल्टियो, सिजीले मोवाइल सञ्चालन गर्न नपाउने
सर्वोच्चको आदेश उल्टियो, सिजीले मोवाइल सञ्चालन गर्न नपाउने
विश्वकप फुटबल २०१८: जर्मनी र मेक्सिको भिडण्त , इतिहास कस्काे बलियाे?
विश्वकप फुटबल २०१८: जर्मनी र मेक्सिको भिडण्त , इतिहास कस्काे बलियाे?