‘एउटै बर्को पिरतीको आधा आधा ओढौ’ भन्दै सुरेश र मनु

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, पौष ६, २०८०
|
|
२३ पटक हेरिएको
Shares
‘एउटै बर्को पिरतीको आधा आधा ओढौ’ भन्दै सुरेश र मनु

सारांश

  • काठमाडौं।
  • सुरेश लामा र मनु दाहालको स्वरमा रहेको गीत ‘एउटै बर्को पिरतीको आधा आधा ओढौ’ सार्वजनिक भएको छ।
  • किरण के उप्रेतीको शब्द, नवीन कार्कीको संगीत र विशाल निरौलाको संगीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो।

काठमाडौं। सुरेश लामा र मनु दाहालको स्वरमा रहेको गीत ‘एउटै बर्को पिरतीको आधा आधा ओढौ’ सार्वजनिक भएको छ।

किरण के उप्रेतीको शब्द, नवीन कार्कीको संगीत र विशाल निरौलाको संगीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो।

मनोज राजभण्डारीको निर्देशन गरेको भिडियोमा आकाश श्रेष्ठ र करुणा श्रेष्ठलाई फिचर्ड गरिएको छ । रामेश्वर हुमागाईंको छायांकन रहेको भिडियोको सम्पादन मित्र डी.गुरुङको छ।

सुरेश पाण्डेको कोरियोग्राफी रहेको भिडियोमा आकाश र करुणाको केमेस्ट्री जमेको छ । भिडियो गायिका मनु दाहालको अफिसियल च्यानलमार्फत सार्वजनिक गरिएको हो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?