सङ्घीयता खारेज गर्न एउटा पक्ष लागिरहेको छ : जसपा अध्यक्ष यादव

Shikharkhabar Shikharkhabar
|
सोमबार, कार्तिक २०, २०८०
|
|
२९ पटक हेरिएको
Shares
सङ्घीयता खारेज गर्न एउटा पक्ष लागिरहेको छ : जसपा अध्यक्ष यादव

सारांश

  • बारा ।
  • जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सङ्घीयता र समावेशी खारेज गर्न एउटा पक्ष लागिरहेको आरोप लगाएका छन् ।
  • दिपावली तथा छठ पर्वका अवसरमा बाराको तेलकुवा महादेव मन्दिरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले सङ्घीयता र समावेशी खारेज भए लोकतन्त्र खतरामा पर्ने बताए ।

बारा । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सङ्घीयता र समावेशी खारेज गर्न एउटा पक्ष लागिरहेको आरोप लगाएका छन् । दिपावली तथा छठ पर्वका अवसरमा बाराको तेलकुवा महादेव मन्दिरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले सङ्घीयता र समावेशी खारेज भए लोकतन्त्र खतरामा पर्ने बताए । 

“सङ्घीयता कार्यान्वयन गर्नका लागि पुलिस, कर्मचारी प्रशासन, आर्थिक स्रोत प्रदेशलाई हस्तान्तरण गरोस्, प्रदेशलाई अधिकार सम्पन्न गर्न कानुन बनाइयोस्”, अध्यक्ष यादवले भने । यादवले ५३ प्रतिशत जनसङ्ख्या भएको मधेस प्रदेशलाई सङ्घीय सरकारले जम्मा १२ प्रतिशतमात्रै बजेट विनियोजन गरेको भन्दै यहाँको विकास हुन कति वर्ष लाग्ला भनेर सोच्नुपर्ने गम्भीर विषय उब्जेको बताए ।

“हामीलाई अधिकार, सुशासन, प्रशासन आफ्नो चाहियो, सङ्घीय सरकारले पठाएका प्रशासन हामीलाई चाहिदैन, सङ्घीयताको अर्थ केन्द्रमा साझेदारी, प्रदेशमा आफ्नो शासन, प्रशासन हो, तबमात्र अधिकार सुरक्षित हुन्छ”, जसपा अध्यक्ष यादवले भने ।

उनले जथाभावी चुरे उत्खनन गर्दा त्यसको प्रत्यक्ष असर मधेस प्रदेशमा परेको बताउँदै चुरे क्षेत्रमा दोहन गरेर मधेसलाई मरुभूमि बनाउने कुनै निर्णय भए मधेसका जनतालाई पाच्य नहुने बताए ।

फरक प्रसङ्गमा अध्यक्ष यादवले वीरगञ्ज चिनी कारखाना, कृषिऔजार कारखाना, विराटनगर जुटमिल, हेटौँडा कपडा कारखाना, बाँसबारी जुत्ता, हटौँडा सिमेन्ट कारखाना चाँडोभन्दा चाँडो सञ्चालन गर्न सरकारसँग मागसमेत गरेका छन् ।

कार्यक्रममा मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव, जसपाका मधेस प्रदेशका अध्यक्ष रामबाबुकुमार यादव, नेताहरु रामकिशोर यादव, रामबाबु यादव, पारस साह, बच्चा यादव र शारदा शङ्कर जयसवालले शुभकामना व्यक्त गरेका थिए । 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

खुम्बुमा बाढी : थामे खोलाको तटीय क्षेत्रमा कटान जारी
खुम्बुमा बाढी : थामे खोलाको तटीय क्षेत्रमा कटान जारी
नुवाकोटको दुईवटै क्षेत्रमा कांग्रेस छायामा
नुवाकोटको दुईवटै क्षेत्रमा कांग्रेस छायामा
कर्णाली राजमार्गको गगने खोलामा फेरि पहिरो: लेदो खसेपछि यातायात सेवा पूर्ण रूपमा ठप्प
कर्णाली राजमार्गको गगने खोलामा फेरि पहिरो: लेदो खसेपछि यातायात सेवा पूर्ण रूपमा ठप्प
प्राइम लाइफ इन्स्योरेन्सको लाभांश शेयरधनीको बैंक खातामा जम्मा गर्न सुरु
प्राइम लाइफ इन्स्योरेन्सको लाभांश शेयरधनीको बैंक खातामा जम्मा गर्न सुरु
सरकारले काम गर्न नपाएपछि ताजा जनादेशका लागि निर्णय भएको हो : प्रधानमन्त्री ओली
चलचित्र ‘पासवर्ड’को अफिसियल पोस्टर सार्वजनिक
चलचित्र ‘पासवर्ड’को अफिसियल पोस्टर सार्वजनिक
श्रीलंकाको टोली पाकिस्तान नजाने !
श्रीलंकाको टोली पाकिस्तान नजाने !
Methods to Secure Business Software
सामाजिक सुरक्षा कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्न ‘सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि’  स्वीकृत,
सामाजिक सुरक्षा कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्न ‘सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि’ स्वीकृत,
ओलीले संविधान, देउवाले विधान मिचिरहनुभएको छ : डा. शेखर कोइराला
ओलीले संविधान, देउवाले विधान मिचिरहनुभएको छ : डा. शेखर कोइराला

तपाईंले छुटाउनुभयो कि?