प्रधानमन्त्री ओलीले यसरी सम्झे पृथ्वीनारायण शाहलाई

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, पौष २७, २०७५
|
|
२३ पटक हेरिएको
Shares
प्रधानमन्त्री ओलीले यसरी सम्झे पृथ्वीनारायण शाहलाई

सारांश

  • काठमाडौं ।
  • प्रधानमन्त्री केपी शर्मा ओलीले राज्य सञ्चालन आधुनिक लोकतान्त्रिक विधिअनुरुप अघि बढिरहेको उल्लेख गर्दै अधिकार सम्पन्न, समृद्ध र सुखी नागरिक नै राष्ट्रिय स्वाभिमानको आधार भएको बताएका छन् ।
  • २९७औँ पृथ्वीजयन्तिका अवसरमा आज आएको शुभकामना सन्देशमा पृथ्वी नारायण शाहको योगदानको कदर गर्नुपर्ने बताउँदै प्रधानमन्त्री ओलीले नेपालीले पाएको स्वतन्त्र, सार्वभौम राष्ट्रको गौरवशाली नागरिकको आत्मसम्मानको श्रेय पृथ्वीनारायण शाहलाई जाने उल्लेख गरेका छन् ।

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राज्य सञ्चालन आधुनिक लोकतान्त्रिक विधिअनुरुप अघि बढिरहेको उल्लेख गर्दै अधिकार सम्पन्न, समृद्ध र सुखी नागरिक नै राष्ट्रिय स्वाभिमानको आधार भएको बताएका छन् ।

२९७औँ पृथ्वीजयन्तिका अवसरमा आज आएको शुभकामना सन्देशमा पृथ्वी नारायण शाहको योगदानको कदर गर्नुपर्ने बताउँदै प्रधानमन्त्री ओलीले नेपालीले पाएको स्वतन्त्र, सार्वभौम राष्ट्रको गौरवशाली नागरिकको आत्मसम्मानको श्रेय पृथ्वीनारायण शाहलाई जाने उल्लेख गरेका छन् ।
प्रधानमन्त्री ओलीले नेपालीको गौरवशाली इतिहासको अत्यन्त महत्वपूर्ण घटनाक्रमका नायक पृथ्वीनारायणको योगदानको कदर गर्दै श्रद्धाञ्जली व्यक्त गरेका छन् । शुभकामना सन्देशमा एकीकरणको अभियानमा आफ्नो अमूल्य जीवन बलिदान गर्ने असङ्ख्य ज्ञात–अज्ञात योद्धाहरूप्रति समेत श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

प्रधानमन्त्रीले सन्देशमा “पुर्खाले रगत, पसिना बगाएर निर्माण गरेको स्वतन्त्र, सार्वभौम र अखण्ड नेपालको राष्ट्रिय अक्षुण्णताप्रति हामी सदैव गौरव गर्दछौँ ।” मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै समाजवादतर्फ उन्मुख भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले हरेक नागरिकका लागि संविधानले नै समान अधिकार, सुरक्षा र सम्मानसहितको समतामूलक समाज सुनिश्चित गरेको बताएका छन् ।

“उहाँको एकीकरण अभियान अत्यन्त समयानुकूल थियो । पृथ्वीनारायणले शुरु नगरेको भए वा शुरु गरिसकेपछि पनि एकीकरण अभियान सफल नभएको भए स्वाधीन, सार्वभौम, आधुनिक राष्ट्रका रूपमा विश्वमानचित्रमा नेपाल उम्भिनै सक्ने थिएन,” प्रधानमन्त्रीले सन्देशमा छ, “राष्ट्र एकीकरणको त्यो महाअभियान सफल नभएको भए त्यसबेला विश्वव्यापी रूपमा छाएको उपनिवेशवादको प्रभावबाट हाम्रो देश जोगिने थिएन ।”

“उहाँले नेपालको भौगोलिक एकीकरण गरी भाषिक, जातीय, सांस्कृतिक लगायतका अनेक विविधताका बीच मजबुत एकताका आधार तयार गर्नुभयो,” प्रधानमन्त्रीको सन्देशमा भनिएको छ, “अनेकताबीचको एकताको गौरवमय परम्पराको बिजारोपण पृथ्वीनारायणकै अगुवाइमा भएको थियो । आज अनेकताबीचको एकता नेपालको पहिचान बनेको छ ।” संसारका अधिकांश देश उपनिवेशवादको चङ्गुलमा परेका बेला पनि स्वतन्त्र र सार्वभौम राष्ट्रका रूपमा नेपालको उदय गराउने पृथ्वीनारायण शाहको योगदान बिर्सन नसकिने प्रधानमन्त्रीको सन्देशमा उल्लेख छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भारतका १२ युवक र पोखराका ५ युवती होटलबाट पक्राउ
भारतका १२ युवक र पोखराका ५ युवती होटलबाट पक्राउ
उद्योगीको सरकारलाई हेर्ने दृष्टिकोण ठीक भएन : मन्त्री यादव
उद्योगीको सरकारलाई हेर्ने दृष्टिकोण ठीक भएन : मन्त्री यादव
स्थानीयले माग गरेको १ दशकपछि सिन्धुलीमा विमानस्थल बन्दै
स्थानीयले माग गरेको १ दशकपछि सिन्धुलीमा विमानस्थल बन्दै
पेट्रोलियम पदार्थको मूल्य वृद्धिसँगै बढ्यो हवाई भाडा, कहाँको कति पुग्यो ?
पेट्रोलियम पदार्थको मूल्य वृद्धिसँगै बढ्यो हवाई भाडा, कहाँको कति पुग्यो ?
‘प्याराग्लाइडिङ खेलबाट पदकको सम्भावना’ : मन्त्री विश्वकर्मा
‘प्याराग्लाइडिङ खेलबाट पदकको सम्भावना’ : मन्त्री विश्वकर्मा
भूमिहीनलाई जग्गाको लालपुर्जा दिलाइने
भूमिहीनलाई जग्गाको लालपुर्जा दिलाइने
चुलाचुलीका बासिन्दा कष्टप्रद जीवन बिताउन बाध्य
चुलाचुलीका बासिन्दा कष्टप्रद जीवन बिताउन बाध्य
सभामुख सापकोटालगायतले हत्या गरेका भनेका अर्जुन लामाको मृत्यु भएको प्रमाण छैन
सभामुख सापकोटालगायतले हत्या गरेका भनेका अर्जुन लामाको मृत्यु भएको प्रमाण छैन
1XBET Azerbaycan İdman üzrə onlayn mərclər ᐉ Bukmeker şirkəti 1xBet giriş ᐉ aze 1xbet.co
रुसी मोडेलसँग विहे गरेका पूर्वराजाले छोरा जन्मिएपछि भने ‘मेरो छोरा होइन’
रुसी मोडेलसँग विहे गरेका पूर्वराजाले छोरा जन्मिएपछि भने ‘मेरो छोरा होइन’

तपाईंले छुटाउनुभयो कि?