झापामा बेहुलीलाई सिन्दुर हाल्न खोज्दा बेहुलाको हात नउठेपछि ४ लाख रुपैयाँ जरिवाना

Shikharkhabar Shikharkhabar
|
मंगलबार, पौष १, २०७६
|
|
३१ पटक हेरिएको
Shares
झापामा बेहुलीलाई सिन्दुर हाल्न खोज्दा बेहुलाको हात नउठेपछि ४ लाख रुपैयाँ जरिवाना

सारांश

  • सुरुङ्गा ।
  • विवाह मण्डपमा रहेकी बेहुलीलाई सिन्दुर हाल्न खोज्दा बेहुलाको हात नउठेपछि बेहुलाले बेहुलीको परिवारलाई रु चारलाख जरिवाना तिरेका छन्।
  • यो झापाको घटना हो।

सुरुङ्गा । विवाह मण्डपमा रहेकी बेहुलीलाई सिन्दुर हाल्न खोज्दा बेहुलाको हात नउठेपछि बेहुलाले बेहुलीको परिवारलाई रु चारलाख जरिवाना तिरेका छन्। यो झापाको घटना हो।

मङ्सिर २९ गतेको दिउँसोको लगनमा झापाको बुद्धशान्ति गाउँपालिका–२ का न्यौपाने थरकी एक युवतीसँग भद्रपुर नगरपालिका–७ का सुवेदी थरका एक युवकको वैवाहिक कार्यक्रम हुँदै थियो।

वैवाहिक कार्यक्रम अनुसार बेहुलाले बेहुलीलाई सिन्दुर हाल्ने बेलामा बेहुलाको हात नचलेपछि बेहुली पक्षले विवाह अस्वीकार गरेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठका अनुसार विवाह मण्डपमै खैलाबैला मच्चिएर बेहुला पक्षले जन्ती लगेको गाडी नै तोडफोड गर्न खोजेपछि विवाह घरमै पुगेर प्रहरीले सुरक्षा दिएको थियो।

बेहुला पक्षले बेहुली पक्षलाई झुक्याएर विवाह गरेको भन्दै विवाद उत्पन्न भएको थियो । बेहुलाको हात नचलेपछि उनी शारीरिक अपाङ्गता भएको व्यक्ति रहेको भन्दै बेहुली पक्षले बेहुलालाई रु चार लाख जरिवाना लिएका छन्।

जसका लागि बुद्धशान्ति गाउँपालिकाकी उपप्रमुख मीर भुर्तेलसहितको टोलीले विवाद समाधानका लागि पहल गरेको प्रहरीले जनाएको छ।

बेहुलाले आफू डाक्टर भएको भन्दै बेलुही पक्षलाई विवाहका लागि प्रस्ताव राखेको र उनी डाक्टर नभइ निजी अस्पतालमा कार्यरत कर्मचारी रहेको बेहुली पक्षको आरोप छ।

बेहुली पक्षले विवाहका लागि गरिएको खर्चको माग दाबी गर्दै बेहुला पक्षसँग रु चार लाख रकम लिएको बुद्धशान्ति गाउँपालिका उपाध्यक्ष भुर्तेलले बताए ।

उनले भने, “समाज बसेर विवाहको लागि भएको खर्चको हिसाब गरेको हो, यसमा गाउँपालिकाको कुनै हात छैन।

विवाहको कुरा छिनेपछि बेहुला र बेहुली दुवैपक्षले सहमतिमै टीकाटाला नगरी एकै पटक विवाहका लागि राजी भएको बताइएको छ।

यस अघि पनि बुद्धशान्ति गाउँपालिकामा एक व्यक्तिको विवाह हुँदा यस्तै घटना घटेको थियो। विवाहलगत्तै बेहुलीलाई छाडेर बेहुला भाग्दा बेहुलीको परिवारलाई रु ३५ लाख क्षतिपूर्ति समाजले दिलाएको थियो।

जसका लागि गाउँपालिकामा सहमतिका लागि छलफल भएको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुस्त, दुरुस्त, सक्षम र पारदर्शी प्रशासन सरकारको उच्च प्राथमिकतामा
सुस्त, दुरुस्त, सक्षम र पारदर्शी प्रशासन सरकारको उच्च प्राथमिकतामा
प्रधानमन्त्री ओलीद्वारा नेपाली स्थायी नियोग निरीक्षण
प्रधानमन्त्री ओलीद्वारा नेपाली स्थायी नियोग निरीक्षण
कैदीबन्दीलाई छैन मताधिकार
कैदीबन्दीलाई छैन मताधिकार
रवि लामिछाने भन्छन्- समितिले मैले सहकारी ठगी नगरेको प्रमाणित गरेको छ
रवि लामिछाने भन्छन्- समितिले मैले सहकारी ठगी नगरेको प्रमाणित गरेको छ
आजको राशीफल
आजको राशीफल
डेढ दशकपछि नेपाल बङ्गलादेश परराष्ट्रमन्त्रीस्तरीय वार्ता हुँदै, सम्पर्क सञ्जाल, ऊर्जा खरिद बिक्री र व्यापार अभिवृद्धि वार्ताको कार्यसूची
डेढ दशकपछि नेपाल बङ्गलादेश परराष्ट्रमन्त्रीस्तरीय वार्ता हुँदै, सम्पर्क सञ्जाल, ऊर्जा खरिद बिक्री र व्यापार अभिवृद्धि वार्ताको कार्यसूची
भदौ १५ सम्म सार्वजनिक यातायात सञ्चालनमा रोक
नेकपा स्थायी कमिटी बैठक बस्दै, अध्यादेश फिर्ता गर्न आग्रह गर्ने
नेकपा स्थायी कमिटी बैठक बस्दै, अध्यादेश फिर्ता गर्न आग्रह गर्ने
बाबा र ममीले यौनसम्पर्क गरिरहेको प्राय थाहापाइरहन्छु, तर थाहा नपाएजस्तै गर्छु
बाबा र ममीले यौनसम्पर्क गरिरहेको प्राय थाहापाइरहन्छु, तर थाहा नपाएजस्तै गर्छु
असिना पानीले धानवाली नष्ट, काठमाडौंमा पार्कको पर्खाल ढल्यो
असिना पानीले धानवाली नष्ट, काठमाडौंमा पार्कको पर्खाल ढल्यो

तपाईंले छुटाउनुभयो कि?