राईड टु कोशीटप्पु साईकल यात्रा सम्पन्न……

Shikharkhabar Shikharkhabar
|
सोमबार, माघ २८, २०७५
|
|
२४ पटक हेरिएको
Shares
राईड टु कोशीटप्पु साईकल यात्रा सम्पन्न……

सारांश

  • गाईघाट २८,माघ।
  • स्वास्थ्य, पर्यावरण र पर्यटन संगसंगै भन्ने नाराका साथ जिल्ला साईक्लिङ संघ उदयपुर र नेपाली सेनाको श्री न.
  • १८ बाहिनी अड्डा झुल्केको संयुक्त आयोजनामा गरिएको राईड टु कोशीटप्पु साईकल यात्रा सम्पन्न भएको छ।

गाईघाट २८,माघ।स्वास्थ्य, पर्यावरण र पर्यटन संगसंगै भन्ने नाराका साथ जिल्ला साईक्लिङ संघ उदयपुर र नेपाली सेनाको श्री न. १८ बाहिनी अड्डा झुल्केको संयुक्त आयोजनामा गरिएको राईड टु कोशीटप्पु साईकल यात्रा सम्पन्न भएको छ। साईक्लिङ यात्रामा नेपाली सेनाका पूर्व प्रधान सेनापति गौरब शम्शेर जबरा,१८ नम्बर बाहिनीका सहायक रथी हिमांशु खड्का, त्रियुगा नगरपालिका नगर प्रमुख बलदेव चौधरी,चौदण्डीका नगर प्रमुख खगेन्द्र राई,जिल्लाका ब्यबसायी हरु,संचारकर्मी,जनप्रतीनिधीहरु, उदयपुर, काठमाण्डौ, ललितपुर सहीत् १७ जिल्लाका करिब १ सय ५० भन्दा बढी ब्यबसायीक साईकल यात्रीहरुको सहभागिता रहेको थियो ।साईकल यात्रामा ७ वर्षिय बालक, ७१ वर्षिय बृद्ध तथा दुई जना फरक क्षमताका ब्यक्तिहरुले समेत सहभागीता जनाएका थीए भने उदयपुर जेसिज र झिगु नेवापुच गाईघाटले स्वागत गरेका थिए। आन्तरिक पर्यटन प्रबद्दन गर्ने उदेश्यका साथ सम्पन्न गरीएको दुई दिनको साईकल यात्रा गाईघाटको पिपल चोकबाट सुरुभई बेल्टार, बसाहा, रामपुर चतरा, बहारा क्षेत्र हुदै कोशी टप्पु सम्म पुगी फर्केर १८ नम्बर बाहिनी भुल्केमा आई समापन भएको जिल्ला साईक्लिङ संघ उदयपुरका अध्यक्ष जीतेन्द्र रोईला ले जानकारी गराए।उनले विश्वको नै महत्वपूर्ण सिमसार क्षेत्रमा पर्ने कोशी टप्पुलाई पर्यटकिय हबको रुपमा चिलाउन साईकल यात्राकोआयोजना गरिएको समेत बताए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?