मोटरसाइकल ठक्करबाट एकको मृत्यु…
सारांश
- गाईघाट (उदयपुर), ११ पुस ।
- उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–७ मोतिगडास्थित मिलनचोकमा आज साँझ मोटरसाइकलले ठक्कर दिदाँ ६० वर्षीय पैदलयात्री केशरबहादुर ठकुरीको मृत्यु भएको छ ।
- स७प, ७२६२ नम्बरको मोटरसाइकलले बाटोमा हिडीरहेको अवस्थामा ठक्कर दिदाँ गम्भीर घाइते भएका ठकुरीको उपचारका लागि जिल्ला अस्पताल उदयपुरमा ल्याउने क्रममा बाटोमै मृत्यु भएको उदयपुरका प्रहरी नायब उपरीक्षक ओमबहादुर रानाले बताउनुभयो ।
गाईघाट (उदयपुर), ११ पुस । उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–७ मोतिगडास्थित मिलनचोकमा आज साँझ मोटरसाइकलले ठक्कर दिदाँ ६० वर्षीय पैदलयात्री केशरबहादुर ठकुरीको मृत्यु भएको छ ।
स७प, ७२६२ नम्बरको मोटरसाइकलले बाटोमा हिडीरहेको अवस्थामा ठक्कर दिदाँ गम्भीर घाइते भएका ठकुरीको उपचारका लागि जिल्ला अस्पताल उदयपुरमा ल्याउने क्रममा बाटोमै मृत्यु भएको उदयपुरका प्रहरी नायब उपरीक्षक ओमबहादुर रानाले बताउनुभयो ।
मोटरसाइकल र त्यसका चालक २१ वर्षीय अशोक राईलाई प्रहरीले नियन्त्रणमा लिएको नायब उपरीक्षक रानाले बताउनुभयो ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया