स्याङजामा उपप्रधानमन्त्री श्रेष्ठलाई लक्षित गरी बम आक्रमण

Shikharkhabar Shikharkhabar
|
सोमबार, मंसिर १८, २०७४
|
|
३५ पटक हेरिएको
Shares
स्याङजामा उपप्रधानमन्त्री श्रेष्ठलाई लक्षित गरी बम आक्रमण

सारांश

  • उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठलाई लक्षित गरी वम आक्रमण गरिएको छ ।
  • भिरकोट नगरपालिका–८ ढापुक सिमल भञ्ज्याङको चुनावी सभाबाट फकिर्दै गर्दा ढापुक फेदीमा श्रेष्ठलाई लक्षित गरी सुतली बम आक्रमण गरिएको हो।
  • श्रेष्ठ स्याङजा निर्वाचन क्षेत्र नम्बर दुईबाट प्रतिनिधि सभाका उम्मेदवार हुन् ।

उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठलाई लक्षित गरी वम आक्रमण गरिएको छ । भिरकोट नगरपालिका–८ ढापुक सिमल भञ्ज्याङको चुनावी सभाबाट फकिर्दै गर्दा ढापुक फेदीमा श्रेष्ठलाई लक्षित गरी सुतली बम आक्रमण गरिएको हो।

श्रेष्ठ स्याङजा निर्वाचन क्षेत्र नम्बर दुईबाट प्रतिनिधि सभाका उम्मेदवार हुन् । उनी चढेको बा १३ च २०२७ नम्बरको स्कारपियोलाई लक्षित गरी वम आक्रमण भएको थियो । घटनामा कुनै पनि मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालय स्याङजाका प्रमुख एसपी प्रदीप श्रेष्ठले जानकारी दिए ।

प्रारम्भिक अनुसन्धानबाट घटनास्थल वरिपरि गुटखा हाल्ने सानो टिनको टुक्राहरु फेला परेको प्रहरीले जनाएको छ। आक्रमणको जिम्मेवारी कसैले लिएको छैन। यसैबीच प्रहरीले नेकपा एमालेको चुनावी प्रचार–प्रसारका लागि गएको महेन्द्र जीप र दुई वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ ।
नागरिकबाट

(https://linksmagazine.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?