सन्थाल जातिको कथामा बनेको”बोनोदल”ले पायो झारखण्ड फिल्म फेस्टिबलमा छुट्टै सम्मान

Shikharkhabar Shikharkhabar
|
शनिबार, चैत्र १२, २०७३
|
|
८७० पटक हेरिएको
Shares
सन्थाल जातिको कथामा बनेको”बोनोदल”ले पायो झारखण्ड फिल्म फेस्टिबलमा छुट्टै सम्मान

सारांश

  • सन्थाल जातीको बिषयमा निर्माण भएको यो पहिलो चलचित्र बोनोदल ले भारतको झारखण्डमा सम्पन्न भएको विशेष फिल्म फेस्टिबलमा ५६० चलचित्रहरुमा सेलेक्टेड १० फिल्ममा आफुलाई सहभागी बनाएको छ।
  • सन्थालको बाहुल्यत रहेको झापाकोे कल्टु गाउँमा छायांकन गरिएको फिल्म बोनोदल हेरेपछी जुरिहरुले निर्देसक लगायत फिल्मको तारिफ पनि गरेको छ ।
  • फिल्म सेलेक्टेड १० मा परे लगत्तै युवा निर्देसक किरण खतिवडाले आफुले पाएको यो हौसलाले अझै थप जोस र जागर थपेको बताए ।

सन्थाल जातीको बिषयमा निर्माण भएको यो पहिलो चलचित्र बोनोदल ले भारतको झारखण्डमा सम्पन्न भएको विशेष फिल्म फेस्टिबलमा ५६० चलचित्रहरुमा सेलेक्टेड १० फिल्ममा आफुलाई सहभागी बनाएको छ।

सन्थालको बाहुल्यत रहेको झापाकोे कल्टु गाउँमा छायांकन गरिएको फिल्म बोनोदल हेरेपछी जुरिहरुले निर्देसक लगायत फिल्मको तारिफ पनि गरेको छ । फिल्म सेलेक्टेड १० मा परे लगत्तै युवा निर्देसक किरण खतिवडाले आफुले पाएको यो हौसलाले अझै थप जोस र जागर थपेको बताए । “मैले पाएको यो सफलताले मेरो मात्र हैन देशको नाम पनि मैले विश्वमा चिनाउने मौका पाएको छु ।” झारखण्डको यो फिल्म फेस्टिवल पनि अत्रराष्ट्रीय स्तरको भएको उनले बताए।

क्षेत्रिय चलचित्र र म्युजिक भिडियोको अनुभव खतिवडाले यसमा उतारेका छन । भारत पलायन हुँदै गएका यो समुदायको संरक्षणका लागि चलचित्र बनाएको खतीवडाले बताए ।
‘सन्थाल समुदायको धर्म, संस्कृति, रीतिरिवाज र रहनसहनको अध्यायन पछि मात्रै चलचित्र बनाएको हुँ’ खतिवडाले भने, ‘चलचित्रले सन्थाल समुदायमा विद्यमान ‘माझिहडम’ प्रथा प्राथमिकता दिलएको छ ।’
सुनील हस्दा र कविता बास्केको मुख्य भूमिका रहेको चलचित्रलाई जोना किस्कु र देवान टुडुले सन्थाली भाषामा अनुवाद गरेका हुन् । सन्थाल समुुदायका सांसद मोहन टुडु, देवान टुडु, राजन बास्के, निस्पक्टर मुर्मु, बलराम हेमरम, रिता सोरेन मिना टुडु लगायतको समेत अभिनय बोनोदलमा रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?