स्वास्थ्यचौकीमा शौचालय र खानेपानी अभाव

Shikharkhabar Shikharkhabar
|
सोमबार, माघ १३, २०७६
|
|
३३ पटक हेरिएको
Shares
स्वास्थ्यचौकीमा शौचालय र खानेपानी अभाव

सारांश

  • महोत्तरीको रामगोपालपुर नगरपालिका–७ सहसौलामा अवस्थित स्वास्थ्य चौकीमा लामो समयदेखि शौचालय र खानेपानीको अभाव रहेको छ ।
  • स्वास्थ्य चौकीजस्तो स्थानमा शौचालय र खानेपानी नहुँदा त्यहाँ कार्यरत कर्मचारी तथा उपचारका लागि पुग्ने गरेका बिरामीलाई विभिन्न समस्या हुने गरेका स्वास्थ्य चौकी प्रमुख अहेव लक्ष्मण महतोले बताउनुभयो ।
  • उहाँले वर्षांैदेखि सो स्वास्थ्य चौकीमा शौचालय र खानेपानी नरहेको तथा सम्बन्धित निकायलाई पटकपटक आग्रह गर्दा पनि ध्यान नदिँदा शौचालय जान र पानी पिउन निक्कै समस्या हुने गरेको जानकारी दिनुभयो ।

महोत्तरीको रामगोपालपुर नगरपालिका–७ सहसौलामा अवस्थित स्वास्थ्य चौकीमा लामो समयदेखि शौचालय र खानेपानीको अभाव रहेको छ । स्वास्थ्य चौकीजस्तो स्थानमा शौचालय र खानेपानी नहुँदा त्यहाँ कार्यरत कर्मचारी तथा उपचारका लागि पुग्ने गरेका बिरामीलाई विभिन्न समस्या हुने गरेका स्वास्थ्य चौकी प्रमुख अहेव लक्ष्मण महतोले बताउनुभयो ।

उहाँले वर्षांैदेखि सो स्वास्थ्य चौकीमा शौचालय र खानेपानी नरहेको तथा सम्बन्धित निकायलाई पटकपटक आग्रह गर्दा पनि ध्यान नदिँदा शौचालय जान र पानी पिउन निक्कै समस्या हुने गरेको जानकारी दिनुभयो । तीन पुरुष र एक महिला कर्मचारी कार्यरत सो स्वास्थ्य चौकीमा पुरुष कर्मचारी शौचालयका लागि वरपर खुल्ला स्थानमै गइहाले पनि महिला कर्मचारीलाई अरूको घरको सहारा लिनुपर्ने बाध्यता रहेको स्वास्थ्यचौकी प्रमुख महतोले बताउनुभयो ।

स्वास्थ्य चौकीमा उपचारका लागि आउने बिरामीलाई पनि शौचालय र खानेपानीको अभावमा विभिन्न समस्या हुने गरेको उहाँले थप्नुभयो । उहाँले स्वास्थ्य चौकीमा शौचालय र खानेपानी नहुँदा हुने गरेको समस्याबारे पटकपटक रामगोपालपुर नगरपालिकाका प्रमुख अशोक मण्डल र वडाध्यक्ष शम्भु साहलाई आग्रह गर्दा पनि कुनै सुनुवाइ नभएको गुनासो गर्नुभयो । नगर प्रमुख मण्डलले बजेट अभावका कारण अहिले तत्कालै सो स्वास्थ्य चौकीमा शौचालय र खानेपानीको व्यवस्था गर्न नसकिएको तर त्यहाँको समस्या चाँडै समाधान गर्ने बताउनुभयो ।

(https://flossdental.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?