हतकडीसहित भागेका थुनुवा भक्तपुर स्थित जडिबुटीबाट पक्राउ

Shikharkhabar Shikharkhabar
|
बिहिबार, पौष १९, २०८०
|
|
३६ पटक हेरिएको
Shares
हतकडीसहित भागेका थुनुवा भक्तपुर स्थित जडिबुटीबाट पक्राउ

सारांश

  • काठमाडौँ ।
  • काठमाडौँ जिल्ला अदालत परिसरबाट हतकडीसहित भागेका थुनुवा भक्तपुर स्थित जडिबुटीबाट पक्राउ परेका छन् ।
  • ठगी मुद्दामा थुनछेकका लागि अदालतमा उपस्थित गराइएका सिन्धुपाल्चोकका कमल खड्का बुधबार भागेका थिए ।

काठमाडौँ । काठमाडौँ जिल्ला अदालत परिसरबाट हतकडीसहित भागेका थुनुवा भक्तपुर स्थित जडिबुटीबाट पक्राउ परेका छन् । ठगी मुद्दामा थुनछेकका लागि अदालतमा उपस्थित गराइएका सिन्धुपाल्चोकका कमल खड्का बुधबार भागेका थिए ।

जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले खड्कालाई भक्तपुरबाट पक्राउ गरिएको परिसरका प्रवक्ता एसपी कुमोद ढुंगेलले जानकारी दिए । खड्कालाई प्रहरी वृत्त महाराजगन्जको टोलीले अदालतमा उपस्थित गराएको थियो ।

प्रहरीका अनुसार खड्काको डेरा भक्तपुरमा थियो । उनी डेरामा लुकेको खबर पाएपछि प्रहरीले पक्राउ गरेको हो । प्रहरीले खड्काले लिएर गएको हतकडीसमेत बरामद गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?