सन्दीप र विमललाई कमल थापाको बधाई
सारांश
- काठमाडौं, १४ माघ ।
- नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा बलर सन्दीप लामिछानेलाई भारतीय क्रिकेट टीम दिल्ली डेयरडेभिल्सले खरिद गरेपछि उनलाई सामाजिक सञ्जालमा बधाई दिनेको ओइरो छ ।
- सन्दीपलाई इन्डियन प्रिमियर लिग अक्सनमा दिल्ली डेयरडेभिल्सले २० लाख भारुमा खरिद गरेको हो ।
काठमाडौं, १४ माघ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा बलर सन्दीप लामिछानेलाई भारतीय क्रिकेट टीम दिल्ली डेयरडेभिल्सले खरिद गरेपछि उनलाई सामाजिक सञ्जालमा बधाई दिनेको ओइरो छ ।
सन्दीपलाई इन्डियन प्रिमियर लिग अक्सनमा दिल्ली डेयरडेभिल्सले २० लाख भारुमा खरिद गरेको हो ।
यस्तै नेपाली फुटबलर विमल घर्तिमगर पनि भारतीय चर्चित क्लब मोहन बगानबाट खेल्ने भएका छन् ।
यी दुवै खेलाडीलाई बधाई दिँदै कमल थापाले ट्वीट गरेका छन् । उनले दुवै खेलाडीलाई सफलताको शुभकामना दिँदै लेखेका छन्, ‘भारतको प्रसिद्ध क्लबहरु दिल्ली डेयरडेविल्स र मोहन बगानबाट क्रमश क्रिकेट र फुटबल खेल खेल्ने अवसर प्राप्त गरेका नेपालका लोकप्रिय खेलाडीहरु सन्दीप लामिछाने र विमल घर्तिमगरलाई हार्दिक बधाई तथा उत्तरोत्तर प्रगतिको शुभकामना ।’
भारतको प्रशिद्ध क्लबहरु दिल्ली डेयरडेविल्स र मोहन बगानबाट क्रमश: क्रिकेट र फुटबल खेल खेल्ने अवसर प्राप्त गरेका नेपालका लोकप्रिय खेलाडीहरु संदीप लामिछाने र बिमल घर्तिमगरलाई हार्दिक बधाई तथा उत्तरोत्तर प्रगतिको शुभकामना
— Kamal Thapa (@KTnepal) January 28, 2018
प्रतिक्रिया