सरकारले तोक्यो च्याङ्ग्रा, खसी र बोकाको मूल्य

Shikharkhabar Shikharkhabar
|
सोमबार, आश्विन २९, २०८०
|
|
३९ पटक हेरिएको
Shares
सरकारले तोक्यो च्याङ्ग्रा, खसी र बोकाको मूल्य

सारांश

  • काठमाडौं ।
  • सरकारले पर्वका बेला बिक्री हुने खसी, बोका र च्याङ्ग्राको मासुको मूल्य तोकेको छ ।
  • खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले भोलिदेखि बिक्री गरिने खसी, बोका र च्याङ्ग्राको मूल्य सार्वजनिक गरको हो ।

काठमाडौं । सरकारले पर्वका बेला बिक्री हुने खसी, बोका र च्याङ्ग्राको मासुको मूल्य तोकेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले भोलिदेखि बिक्री गरिने खसी, बोका र च्याङ्ग्राको मूल्य सार्वजनिक गरको हो ।

कम्पनीले सार्वजनिक गरेको मूल्य अनुसार जिउँदो खसी, बोकाको मूल्य प्रतिकिलो ६८० रुपैँया पर्ने जनाएको छ । च्याङ्ग्राको भने प्रतिकिलो १२ सय ६० रुपैँया तोकिएको कम्पनीकी सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीले जानकारी दिइन् ।

खाद्यले ती मूल्यमा प्रतिकेजी १० रुपैँया छुट दिएर बिक्री गर्ने यसअघि नै घोषणा गरिसकेको छ । जसअनुसार सर्वसाधारणले भोलि बिहान ८ बजेदेखि कम्पनीको थापाथलीस्थित कार्यालयबाट खसीबोका प्रतिकिलो ६ सय ७० र च्याङ्ग्रा प्रतिकेजी १२ सय ५० रुपैँयामा खरिद गर्न पाउनेछन् ।

यस वर्ष खाद्यले दशैँका लागि २ हजार खसीबोका र १ हजार वटा च्याङ्ग्रा ल्याएको छ ।

(flathatnews.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ