एउटै इन्जिनका भरमा उड्छन् जहाज

Shikharkhabar Shikharkhabar
|
बुधबार, फाल्गुन ९, २०७४
|
|
२६ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं, ९ फागुन – निजी आन्तरिक वायुसेवा कम्पनी सीता एयरको एउटा जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मंगलबार बिहान साढे १० बजे पर्यटकीय गन्तव्य लुक्लाका लागि उड्यो।
  • कलसाइन ‘९एन–एजेएच’ भएको ‘डोर्नियर–२२८’ सिरिजको उक्त जहाजमा १२ यात्रु थिए ।
  • सीता एयरका इन्जिनियरले सबै प्राविधिक जाँच गरेपछि उडेको उक्त जहाजलाई वरिष्ठ क्याप्टेन रविन गौचनले कमान्ड गरेका थिए ।

काठमाडौं, ९ फागुन – निजी आन्तरिक वायुसेवा कम्पनी सीता एयरको एउटा जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मंगलबार बिहान साढे १० बजे पर्यटकीय गन्तव्य लुक्लाका लागि उड्यो।

कलसाइन ‘९एन–एजेएच’ भएको ‘डोर्नियर–२२८’ सिरिजको उक्त जहाजमा १२ यात्रु थिए । सीता एयरका इन्जिनियरले सबै प्राविधिक जाँच गरेपछि उडेको उक्त जहाजलाई वरिष्ठ क्याप्टेन रविन गौचनले कमान्ड गरेका थिए । चालकदलमा को–पाइलट सुभाष पन्थी र एयरहोस्टेस समीक्षा खड्का थिए । आजको नागरिक दैनिकमा सुशील भट्टराईले खबर लेखेका छन् ।

अठार सिटको उक्त जहाज काठमाडौंबाट उडेको २० मिनेट भएको थियो । त्यसैबेला जहाजको ‘प्रेसर प्यारामिटर’ (जहाज उडिरहेका बेला कुनकुन इन्जिन कस्तो अवस्थामा चलिरहेका छन् भन्ने संकेत गर्ने यन्त्र) ह्वात्तै तल झर्न पुग्यो । प्रेसर प्यारामिटर ह्वात्तै तल झरेपछि चालकदलले एउटा इन्जिन तुरुन्त बन्द गरिहाल्नुपर्छ र बाँकी एक इन्जिनका भरमा सुरक्षित अवतरण गराउनुपर्छ । तर, यो काम असाध्यै चुनौतीपूर्ण र सुझबुझका साथ गर्नुपर्छ ।  चालकदलले  दायाँ इन्जिन बन्द गरेर जहाज काठमाडौंतिर फर्कायो । उडानमा लामो अनुभव संगालेको चालकदलले बाँकी एउटा इन्जिनका भरमा जहाजलाई बीच बाटोबाटै फर्काएर काठमाडौंमै सकुशल अवतरण गरायो । र, सम्भावित दुर्घटना टर्यो ।

‘डेढ दशकभन्दा बढी समयदेखि जहाज उडाइरहेका वरिष्ठ क्याप्टेन गौचनको कमान्डमा चालकदलले एउटामात्र इन्जिनका भरमा जहाजलाई सकुशल काठमाडौंमा अवतरण गरायो,’ सीता एयरका वरिष्ठ महाप्रबन्धक घनश्याम आचार्यले नागरिकसँग भने, ‘चालकदलले यात्रुलाई आत्तिन नदिईकन कुशलतापूर्वक जहाज अवतरण गरायो, सबै बधाईका पात्र हुन् ।’

आचार्यका अनुसार काठमाडौंबाट उडेको २० मिनेटमा जहाज लगभग फाप्लु नजिक पुगेको थियो । काठमाडौंबाट लुक्लाको उडान अवधि ३० मिनेट हो । लुक्ला विमानस्थल पुग्न १० मिनेट बाँकी हुँदा उक्त प्राविधिक समस्या उत्पन्न भएको थियो ।  एउटामात्र इन्जिनको भरमा लुक्लामै अवतरण गर्न प्राविधिक हिसाबले अत्यन्त जोखिमपूर्ण हुने भएकाले चालकदलले जहाजलाई काठमाडौं नै फर्काउने निर्णय गरेको थियो ।

प्राविधिक समस्या उत्पन्न भएपछि बीच बाटोबाटै फर्काइएको जहाजलाई त्रिभुवन विमानस्थलमा बिहान ११ः१० बजे सकुशल अवतरण गराइएको थियो । यस्तो अवस्थामा अन्य विमानस्थलमा अवतरण गराउँदा सुविधा र सुरक्षामा सम्झौता गर्नुपर्ने भएकाले काठमाडौं नै फर्किने निर्णय चालकदलले गरेको थियो ।
गौचनले १६ वर्षदेखि सीता एयरका जहाज उडाइरहेका छन् । सीता एयर सन् २००२ मा स्थापना भएको हो । सीतामा प्रवेश गर्नुअघि गौचनले राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमका जहाज उडाउँथे ।

काठमाडौंबाट उक्त जहाजले ‘भिजुअल फ्लाइट रुल’ (भिएफआर) उडान गरेको थियो । यो भनेको यान्त्रिक सहायताबिना आँखाले हेरेर गरिने उडान हो । मंगलबार सीताको यो दोस्रो उडान थियो । पहिलो उडान बिहान साढे ६ बजे लुक्लाकै लागि भएको थियो । जुन जहाजको इन्जिनमा गडबडी आयो, त्यही जहाज काठमाडौं फर्किएपछि तुम्लिङटार जाने तालिका थियो । तर, उताको मौसम खराब हुनु र जहाज बिग्रिनु एकैपटक भएपछि उडान रद्द भयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति वा प्रधानमन्त्रीबाट विकृति आउँछः उपप्रम गच्छदार
प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति वा प्रधानमन्त्रीबाट विकृति आउँछः उपप्रम गच्छदार
अन्तराष्ट्रिय क्रिकेट र‌ंगशाला चितवन मै बन्छः अध्यक्ष प्रचण्ड
अन्तराष्ट्रिय क्रिकेट र‌ंगशाला चितवन मै बन्छः अध्यक्ष प्रचण्ड
एक मर्माहित मन छुने छोटो कथा
एक मर्माहित मन छुने छोटो कथा
नमो क्षेत्रपाल आयुर्वेद हेल्थ होमकाे निशुःल्क स्वास्थ्य शिविर सम्पन्न !
नमो क्षेत्रपाल आयुर्वेद हेल्थ होमकाे निशुःल्क स्वास्थ्य शिविर सम्पन्न !
राष्ट्रपति भण्डारीले शीर्ष नेताहरुसँग आज सामूहिक छलफल गर्ने
“mostbet Kz Онлайн Казино Ресми Сайты Слоттар + 250 Fs Мостбет Кз Официальный Сай
९२ नगरपालिकामा चुनाव हुँदा ३ महिला मेयरमा चुनिए
९२ नगरपालिकामा चुनाव हुँदा ३ महिला मेयरमा चुनिए
कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत
कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत
मतपेटिकाको सुरक्षा : रातमा पुरुष, दिनमा महिला
मतपेटिकाको सुरक्षा : रातमा पुरुष, दिनमा महिला
भिमफेदि गाईजको डान्समा रेशमी पर्दा (हेर्नुहोस भिडीयो)
भिमफेदि गाईजको डान्समा रेशमी पर्दा (हेर्नुहोस भिडीयो)

तपाईंले छुटाउनुभयो कि?