सन्नी लियानीले डान्स गरेको नेपाली गीत सार्वजनिक (भिडियो सहित )
सारांश
- बलिउडकी हट नायिका सन्नी लियोनीले नेपाली चलचित्र ‘पासवर्ड’को ‘आजको साम’ बोलको गीतमा धमाकेदार आइटम डान्स गरेकी छिन् ।
- उनले यो गीतको लागि भारु २ करोड सन्नीले आइटम डान्स गरेका कारण यो गीतको भिडियो लामो समयदेखी प्रतिक्षामा रहेको थियो ।
- भिडियोमा हट नायिका सन्नी लियोनी, अनुप विक्रम शाही र विक्रम जोशीलाई देख्न सकिन्छ ।
बलिउडकी हट नायिका सन्नी लियोनीले नेपाली चलचित्र ‘पासवर्ड’को ‘आजको साम’ बोलको गीतमा धमाकेदार आइटम डान्स गरेकी छिन् । उनले यो गीतको लागि भारु २ करोड सन्नीले आइटम डान्स गरेका कारण यो गीतको भिडियो लामो समयदेखी प्रतिक्षामा रहेको थियो । भिडियोमा हट नायिका सन्नी लियोनी, अनुप विक्रम शाही र विक्रम जोशीलाई देख्न सकिन्छ । यस चलचित्रमा नायक अनुप विक्रम शाहीले फरक खालको भूमिका निभाएका छन् । विक्रम जोशीको शब्द रहेको गीतमा अर्जुन पोखरेलले संगीत भरेको हुन् । गीतमा दुर्गा खरेलको स्वर रहेको छ । चलचित्रमा अनुप विक्रम शाही, विक्रम जोशी, वुद्दि तामाङ, रविन्द्र झा, प्रविण खतिवडा लगायतका कलाकारले अभिनय गरेका छन् ।
विष्णु देवाले कोरियोग्राफी गरेको भिडियोलाई अमर जीत सिंहले छायांकन गरेका हुन् । अमित बस्नेत र हिराल जोशीले संयुक्त निर्माण गरेको चलचित्रलाई सम्राट बस्नेतले निर्देशन गरेका हुन् । गीतको भिडियोमा सन्नीको आइटम डान्सले गर्दा चलचित्रको व्यापार फस्टाउन सक्ने निर्देशक सम्राट बस्नेतले बताएका छन् । चलचित्र ‘पासवर्ड’ आउँदो भदौ २७ गतेबाट देशभर प्रदर्शन हुँदैछ ।
https://www.youtube.com/watch?time_continue=13&v=TGNlBS9xXtI
यो पनि पढ्नुस
आमिर खानकी छोरीले प्रेम सम्बन्ध स्वीकारिन्
आमिर खानकी छोरी इरा खानले आफू संगीतकार मिशाल कृपलानीसँग प्रेम सम्बन्धमा रहेको स्विकारेकी छिन् । सोसल मिडियामा पछिल्लो केही समयदेखि यी दुईको सम्बन्धको चर्चा भइरहेको थियो तर यसबारे आधिकारिक जानकारी भने सार्वजनिक भएको थिएन ।इराले आफ्नो इन्स्टाग्राम स्टोरीमा यसबारे पुष्टि गरेकी हुन् । इन्स्टाग्राम स्टोरीमा एक प्रशंसकले इरालाई उनको सम्बन्धबारे प्रश्न सोध्छिन् । उनले उक्त प्रश्नको जवाफमा मिशाललाई अंगालो हालिरहेको तस्बिर पोष्ट गर्छिन् । यसमा उनले मिशाललाई ट्यागसमेत गर्छिन् ।
स्मरण रहोस्, इन्स्टाग्रममा इरा मिशालसँगको तस्बिर सेयर गरिरहन्छिन् । यसअघि इराले भ्यालेन्टाइन डेमा मिशालको एउटा भिडियो पोष्ट गरेकी थिइन् जसमा मिशाल पियानोको अगाडि बसेर गीत गाइरहेको देख्न सकिन्छ । मिशाल पनि इरासँगको फोटो सेयर गरिरहन्छन् ।इरा, आमिर खान र रिना दत्तकी छोरी हुन् । आमिर खानले सम्बन्धविच्छेद गरेर किरण रावसँग विवाह गरेका छन् ।
प्रतिक्रिया