‘सपना’ जस्तै एसिया कपको ‘सपना’

Shikharkhabar Shikharkhabar
|
सोमबार, भाद्र १८, २०७५
|
|
२३ पटक हेरिएको
Shares
‘सपना’ जस्तै एसिया कपको ‘सपना’

सारांश

  • काठमाडौँ, १८ भदौ ।
  • नेपाली राष्ट्रिय क्रिकेट टोलि यतिबेला एसिया कपका लागि मलेसियामा छनोट खेल खेलिरहेको छ ।
  • तर नेपालको एसिया कप यात्रा भने यो वर्षका लागि लगभग सकिएको छ ।

काठमाडौँ, १८ भदौ । नेपाली राष्ट्रिय क्रिकेट टोलि यतिबेला एसिया कपका लागि मलेसियामा छनोट खेल खेलिरहेको छ । तर नेपालको एसिया कप यात्रा भने यो वर्षका लागि लगभग सकिएको छ । मात्र अंक गणितमा बाँकि सम्भावनाले नेपाली क्रिकेट सर्मथकको आश कायम राखेको छ ।
प्रतियोगिता अघिका ३ अभ्यास खेलमा नेपालले निकै राम्रो प्रदर्शन गरेको थियो । तर मेलेसियामा भने सोचे अनुरुपको खेल देखाउन सकेन । उपाधीको दावेदार बनेर मेलेसिया पुगेको नेपालसँग आत्मविश्वासको कमी थिएन । परिचित प्रतिद्वन्द्वी र एकदिवसीय मान्यता पाएपछिको पहिलो प्रतियोगिता, नतिजा आफ्नो पोल्टामा पार्ने पूर्ण विश्वासका साथ नेपाल मलेसिया पुगेको थियो ।
पहिलो खेल थियो ओमानसँग । उही ओमान जो धेरै पटक नेपालको टाउको दुःखाई बनेको थियो । नेपाललाई पछिल्लो डिभिजन २ को हार अझै सम्झना थियो ।

डिभिजन २ सँग गरेर नेपालले ओमानसँग लगातार ३ पटक लज्जास्पद हार व्यहोरिसकेको थियो । यो पटक त्यो हारको शिल्शिला भंग गर्ने साथै जितसँगै प्रतियोगिताको सुखद सुरुवात गर्ने दृढ सोचका साथ नेपाल मैदान उत्रियो । सँधैझै ब्याटिङ्मा समस्या देखिएको नेपालले राम्रो सुरुवात गर्न सकेन । तर पनि सागर पुन, ज्ञानेन्द्र मल्ल, आरिफ शेख र करन केसीका कारण विपक्षिका लागि सम्मान जनक लक्ष्य खडा ग¥यो । २ सय रन कट्नु भनेको नेपालको आधा जित मानिन्छ । ओमानसँगै १ सय १५० रन बचाएको अनुभव भैसकेको नेपाललाई २ सय २२ रन बचाउनु त्यति गाह्रो कुरा थिएन । तर नेपालका लागि त्यो दिन नै खराब थियो । ब्याट्सम्यानले औसत खेलेपनि बलरले कुनै चमत्कार गर्न सकेनन् । र ओमानले सजिलै लक्ष्य भेट्यो मात्र ३ विकेटको क्षतिमा । यो ओमानको नेपाल विरुद्ध लगातार चौथो जित थियो । डिभिजन ३ मा रहेको ओमानले अंकतालिकामा आफ्नो अंक मात्र थपेन एकदिवसीय मान्यता प्राप्त देशलाई हराएर मनोबल पनि बढायो ।

दोस्रो खेल नेपाललाई जित्न दबाव थियो । युएई पनि एकदिवसीय मान्यता प्राप्त टोलि भएकाले उक्त खेल पनि अन्तर्राष्ट्रि एकदिवसीय मान्यता प्राप्त थियो । नेपाललाई आफ्नो एकदिवसीय वरियता सुधार्न र यसै प्रतियोगिताका लागि पनि खेल निकै महत्वपूर्ण थियो । तर टस जितेको नेपालले खेल जित्न सकेन । पहिले ब्याटिङ्को निम्तो लिएर मैदान छिरेको युएईले ९ विकेट गुमाएर २ सय ५० को आँकडा पार ग¥यो । जुन नेपालका लागि पहाड थियो । तर नयाँ ब्याटिङ् कोच र एकदिवसीय मान्यताको जोशका अघि त्यो लक्ष्य ठूलो थिएन । उसै पनि २ सय ५० भनेको एकदिवसीय क्रिकेटमा आजभोलि सामान्य बनिसकेको छ । तर नेपालको खेल उस्तै रह्यो । जस्तो बर्षौ पहिले देखि देख्दै आएका थियौँ । कमजोर ब्याटिङ् । नेपालका लागि सुवाष खकुरेलले रनको दुइगुणा बल खाएर अर्धसतक बनाउनु बाहेक अरु खेलाडी जम्न सकेनन् ।

लगातार दुई खेल गुमाएपछि नेपालले अब बाँकि सबै खेल जित्दा पनि फाईनल खेल्ने पक्का थिएन । तर अंक बराबर भएर नेपालले नेट रन रेटमा ठूलो छलाङ् मार्न सफल भएमा भने फाइनल खेल्ने साँघुरो सम्भावना बाँकि थियो । तेस्रो खेल नेपालको आयोजक मलेसियासँग प¥यो । तुलनात्मक रुपमा कमजोर मानिएको मलेसियाले आफ्नो पहिलो खेलमा हङ्कङ्लाई हराएर सबैलाई अचम्मित बनाएको थियो । नेपालले खेल जितेर मात्रै पुग्थेन । ठूलो रन अन्तरले जित्नु जरुरी थियो । वर्षाका कारण ३० ओभरमा झारिएको खेलमा नेपालले कठिन १९ रनको जित निकाल्यो । यसले नेट रनरेटमा त्यति फरक नपारे पनि महत्वपूर्ण अंक भने थप्यो । नेपालले सिंगापुरसँगको खेलमा भने राम्रै रनरेट बनायो र फाइनलको यात्राको सम्भावना गणितमै बचाइराख्यो ।

प्रतियोगितामा नेपाल आफ्नो अन्तिम खेल हङ्कङ्सँग खेल्दैछ । जुन जितेर मात्र नेपाललाई फाइनलका लागि काफि हुँदैन । त्यसका लागि मंगलबार हुने खेलमा युएई ओमानसँग ठूलो रन अन्तरले हार्नुपर्छ र नेपालले आफ्नो खेल ठूलो रनअन्तरले जित्नुपर्ने हुन्छ । एकदिवसीय मान्यता पाइसकेपछि पनि खेल नसुध्रिनुको एउटा कारण हो उहि पुरानो तयारी । सपना एसिया कप खेल्ने देख्ने, अनि तयारी उही पुरानो हुनु एक समस्या हो । साथै निलम्बित क्यान, स्तरिय प्रशिक्षक नुहुनु पनि नेपालको खराब प्रदर्शनका कारण हुन् । प्रतियाेगिताकाे विजेता नै एसियाकपमा सहभागि हुनेछ ।

प्रतिक्रिया

4 कमेन्ट

    Comment Author

    Birahi Thule

    Sakiyo asia cup ko dream

    Comment Author

    Premsagar Shah

    Sapana herxa thulo, Ani players select garnebela ma bhed bhab garxa Jun manxe ko source hunxa uslai khelauxa, tesaiko result ho

    Comment Author

    Premsagar Shah

    Sapana herxa thulo, Ani players select garnebela ma bhed bhab garxa Jun manxe ko source hunxa uslai khelauxa, tesaiko result ho

      Comment Author

      Chhabi Thapa

      Kuro sahi सर्ब प्रथम त नेपाल को लोधर vanay को ganu lai निकाल्न पर्छ ।

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 4
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?