सत्यश्वर महादेवको मन्दिरमा शिवपुराण महायज्ञ सञ्चालन

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, श्रावण १८, २०७५
|
|
७७ पटक हेरिएको
Shares
सत्यश्वर महादेवको मन्दिरमा शिवपुराण महायज्ञ सञ्चालन

सारांश

  • काठमाडाैँ ।
  • हिन्दु धर्ममा आस्था राख्नेहरुका लागि श्रावण महिनाको महिमा विशेष छ ।
  • यस विशेष महिनामा नीलकण्ठ नारायण र नीलकण्ठ शिवजीलाई पूज्ने हाम्रो परम्परा रहदै आएको छ ।

काठमाडाैँ । हिन्दु धर्ममा आस्था राख्नेहरुका लागि श्रावण महिनाको महिमा विशेष छ । यस विशेष महिनामा नीलकण्ठ नारायण र नीलकण्ठ शिवजीलाई पूज्ने हाम्रो परम्परा रहदै आएको छ । यहि पावन महिनाको अवसरमा सातदोवाटो स्थीत चक्रपथबाट नजिकै सत्यश्वर महादेवको मन्दिरमा श्रावण महिना तथा बोलवम शिवपुराण महायज्ञ सञ्चालन गरिएको छ । यहि श्रावण १४ गते देखि सुरु भएको महायज्ञ २४ गते समापन गरिने छ ।

समस्थ हिन्दु धर्ममा आस्था राख्ने भक्तजनहरुलाई श्रावण महिनाको महिमा र नीलकण्ठ शिवजीको पुजा आराधना र कथा वाचन गरेर सुनाउनु यस यज्ञको उद्येश्य रहेको श्रावण महिना तथा बोलवम शिवपुराण महायज्ञ सञ्चालक समितिका संयोजक पुर्शोत्तम कार्किले बताउनु भयो । शिव पुराण सबै पुराणको पनि सर्वपुराण भएको हुदा यसको सबैभन्दा महत्व रहेको प्रमुख वाचक प ज्यो रविन्द्र पराजुलीले बताउनु भयो । यस शिवपुराणमा पाठ वाचनका साथै शिव भगवानका कथाहरु सुनाउदै आएको पराजुलीले जानकारी दिनुभयो ।

श्रावण महिनामा शिवपुराण श्रवण गरि पुण्य लिन भक्तजनहरुलाई प ज्योडा रुद्रनाथ अधिकारीले आग्रह गर्नुभयो । एघार दिन सम्म सञ्चालनमा रहने यस यज्ञको आज पाचौ दिन सम्म दर्शनार्थी भक्तजनहरु आउने क्रम बढिरहेको सञ्चालक समितिका कोषाध्यक्ष विश्णु घिमिरेले बताउनु भयो ।
यस मन्दिरमा शिवपुराण श्रवण गर्न आउने सबै भक्तजनहरुको लागि बस्न, प्रसादि ग्रहण गर्ने लगायतका सम्पुर्ण व्यवस्थापन गरिएको सञ्चालक समितिका सचिव स्याम राउतले जानकारी दिनुभयो । आगामि सोमवार शिवको कथामा आधारीत कथा र झाकि पनि प्रस्तुत गर्ने योजना रहेको सञ्चालक समितिका संयोजक पुर्शोत्तम कार्किले जानकारी दिनुभयो ।  

(https://allproshadeconcepts.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

देउवाले मिनाहाको आग्रह गर्दा मोदीले कुरा अर्कैतिर मोडे
देउवाले मिनाहाको आग्रह गर्दा मोदीले कुरा अर्कैतिर मोडे
सत्ता गठबन्धनको सभा : छैनन् नयाँ एजेण्डा, निशानामा ओली
सत्ता गठबन्धनको सभा : छैनन् नयाँ एजेण्डा, निशानामा ओली
हेरौ कसरी बन्छन देउवा प्रधानमन्त्री : गृहमन्त्री निधि
हेरौ कसरी बन्छन देउवा प्रधानमन्त्री : गृहमन्त्री निधि
बिरगंज महानगरमा  राजपा र कांग्रेसबीच कडा प्रतिस्पर्धा फेरि लियो काँग्रेशले अग्रता ।
बिरगंज महानगरमा राजपा र कांग्रेसबीच कडा प्रतिस्पर्धा फेरि लियो काँग्रेशले अग्रता ।
पहिचानवादीसँग वार्ता गर्न वार्ता टोली गठन
पहिचानवादीसँग वार्ता गर्न वार्ता टोली गठन
नेपालमा पुराना छुकछुके रेल हैन, बुलेट ट्रेन चलाउन पर्छ : उद्योग परिसंघ
नेपालमा पुराना छुकछुके रेल हैन, बुलेट ट्रेन चलाउन पर्छ : उद्योग परिसंघ
विन लादेनलाई गोली हानेर मार्ने अमेरिकी सैनिक पक्राउ
विन लादेनलाई गोली हानेर मार्ने अमेरिकी सैनिक पक्राउ
उपप्रधानमन्त्री यादवद्वारा अङ्ग दानको घोषणा
उपप्रधानमन्त्री यादवद्वारा अङ्ग दानको घोषणा
नेपालमा दर्ता नहुने सामाजिक सञ्जालको प्रयोग बन्द गरिने
नेपालमा दर्ता नहुने सामाजिक सञ्जालको प्रयोग बन्द गरिने
नेविसङ्घको तदर्थ समिति बनाउने तयारीमा कांग्रेस
नेविसङ्घको तदर्थ समिति बनाउने तयारीमा कांग्रेस