हवाई कारवाहीमा ३४ जनाकाे मृत्यु !

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आश्विन २६, २०७५
|
|
५३ पटक हेरिएको
Shares
हवाई कारवाहीमा ३४ जनाकाे मृत्यु !

सारांश

  • फराह, अफगानिस्तान, २६ असोज ।
  • गत हप्ता अफगानिस्तानको फराह प्रान्तको विभिन्न भागमा विदेशी सैन्य बलले गरेको हवाई कारवाहीमा परी चार तालिबान कमाण्डर मारिएका छन् ।
  • फराह प्रान्तका गभर्नर अब्दुल बासिर सलाङ्गीले खाक सफिद जिल्लामा भएको हवाई कारवाहीमा परी तालिबान कमाण्डर मुल्लाह बारी जानको मृत्यु भएको पुष्टि गर्नुभएको छ ।

फराह, अफगानिस्तान, २६ असोज । गत हप्ता अफगानिस्तानको फराह प्रान्तको विभिन्न भागमा विदेशी सैन्य बलले गरेको हवाई कारवाहीमा परी चार तालिबान कमाण्डर मारिएका छन् । फराह प्रान्तका गभर्नर अब्दुल बासिर सलाङ्गीले खाक सफिद जिल्लामा भएको हवाई कारवाहीमा परी तालिबान कमाण्डर मुल्लाह बारी जानको मृत्यु भएको पुष्टि गर्नुभएको छ । मुल्लाहले कम्तीमा तीन सय हत्या र आक्रमण गरेका टोलो समाचार समितिले जानकारी दिएको छ । मुल्लाहबाहेक मुल्लाह हान्जाला, मुल्लाह मुख्लिस् र मुल्लाह अब्दुल सलिम नाम गरेका तालिबान कमाण्डरहरु मारिएका सलाङ्गीले बताउनु भएको छ ।

गत हप्ता फराह प्रान्तको विभिन्न भागमा भएको हवाई कारवाहीमा परी कम्तीमा ३० आतङ्ककारी मारिएका पनि उहाँले थप जानकारी दिनुभएको छ । तर तालिबान आतङ्ककारी समूहले भने आफ्ना सदस्य मारिएको समाचारको खण्डन गरेका छन् । तालिबान सङ्गठनले आफ्ना सदस्य नमारिएको बताएको छ । साथै कान्दाहार प्रान्तको मरिफ जिल्लामा भएको एक हवाई कारवाहीका क्रममा चारजना सर्वसाधारणको पनि मृत्यु भएको बताइएको छ । यस आक्रमणका क्रममा अन्य आठ घाइते भएका पनि बताइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

माले महासचिव मैनाली चढेको कार दुर्घटना, अवस्था गम्भीर
माले महासचिव मैनाली चढेको कार दुर्घटना, अवस्था गम्भीर
भारतका प्रधानमन्त्री मोदीको सत्कारमा जनकपुरमा मात्रै सात करोड २० लाख खर्च
भारतका प्रधानमन्त्री मोदीको सत्कारमा जनकपुरमा मात्रै सात करोड २० लाख खर्च
महाभूकम्पकाे चार वर्ष : दुई सय २३ सम्पदाको पुनःनिर्माण
महाभूकम्पकाे चार वर्ष : दुई सय २३ सम्पदाको पुनःनिर्माण
शर्मालाई फेरि अकुत अभियोग: श्रीमतीको नाममा सम्पत्ति
शर्मालाई फेरि अकुत अभियोग: श्रीमतीको नाममा सम्पत्ति
सिमलताल दुर्घटना: गणपति डिलक्सका चालक र सहचालकको शव फेला
सिमलताल दुर्घटना: गणपति डिलक्सका चालक र सहचालकको शव फेला
भिमफेदि गाईजको डान्समा रेशमी पर्दा (हेर्नुहोस भिडीयो)
भिमफेदि गाईजको डान्समा रेशमी पर्दा (हेर्नुहोस भिडीयो)
माेदीकाे स्वागतमा खटिएका एक व्यक्ति पक्राउ !
माेदीकाे स्वागतमा खटिएका एक व्यक्ति पक्राउ !
​नेपाल प्रहरीका ४ उच्च अधिकारीको बढुवा(नामावली सहित)
​नेपाल प्रहरीका ४ उच्च अधिकारीको बढुवा(नामावली सहित)
जनयुद्ध दिवसः ओली, खनाल र नेपालबाट बहिष्कारपछि प्रचण्ड असन्तुष्ट
जनयुद्ध दिवसः ओली, खनाल र नेपालबाट बहिष्कारपछि प्रचण्ड असन्तुष्ट
गेष्टहाउसमा युवतीको शव भेटियो, हत्याको आशंका, तीन पक्राउ
गेष्टहाउसमा युवतीको शव भेटियो, हत्याको आशंका, तीन पक्राउ