सबै वडामा सार्वजनिक सुनुवाइ

Shikharkhabar Shikharkhabar
|
आइतबार, माघ २६, २०७६
|
|
२२ पटक हेरिएको
Shares
सबै वडामा सार्वजनिक सुनुवाइ

सारांश

  • खोटाङ, २६ माघ : हलेसी तुवाचुङ नगरपालिकाले सबै वडामा सार्वजनिक सुनुवाइको शुरुआत गरेको छ ।
  • विनियोजित बजेटमार्फत सञ्चालित योजनाको प्रभावकारिता तथा जनताको गुनासो सुन्न नगरपालिकाले शनिबारबाट वडास्तरमा सार्वजनिक सुनुवाइको थालनि गरेको हो ।
  • वडा नं १ बाहुनीडाँडाबाट शुरु गरिएको सुनुवाइ कार्यक्रम आगामी फागुन ७ गते सम्पन्न हुने जनाइएको छ ।

खोटाङ, २६ माघ : हलेसी तुवाचुङ नगरपालिकाले सबै वडामा सार्वजनिक सुनुवाइको शुरुआत गरेको छ । विनियोजित बजेटमार्फत सञ्चालित योजनाको प्रभावकारिता तथा जनताको गुनासो सुन्न नगरपालिकाले शनिबारबाट वडास्तरमा सार्वजनिक सुनुवाइको थालनि गरेको हो ।

वडा नं १ बाहुनीडाँडाबाट शुरु गरिएको सुनुवाइ कार्यक्रम आगामी फागुन ७ गते सम्पन्न हुने जनाइएको छ । ११ वडा रहेको उक्त नगरपालिकामा आज वडा न २ डिकुवा र १० अर्खौले, २७ गते ३ च्यास्मिटार र ९ सल्ले, २८ गते ४ बडहरे र वडा नं ६ मङ्गलटार, २९ गते वडा नं ५ दुर्छिम र ७ महादेवस्थन अगामी फागुन १ गते वडा नं ८ धितुङ र ११ राजापानी तथा फागुन ७ गते नगरस्तीय सार्वजनिक सुनुवाइ गरिने नगरपालिकाले जारी गरेको सूचनामा जनाइएको छ ।

नगरपालिकाले हालसम्म गरेको कामको समीक्षा, सम्पन्न भइसकेका र चालू अवस्थामा रहेका योजनाका बारेमा जानकारी दिने, जनताको रायसुझाव र गुनासो सुन्न तथा समृद्ध नगर बनाउन सबैसँग हातेमालो गर्ने उद्देश्यले सुनुवाइको आयोजना थालेको नगरप्रमुख इवन राईले जानकारी दिए । “सार्वजनिक सुनुवाइपश्चात नगरपालिकाले दिँदै आएको सेवाप्रति जनताको चासो र गुनासो समाधान हुने विश्वास लिएका छौँ”, उनले भने, “नगरपालिकाले गरेका राम्रा कामको जानकारी जनस्तरसम्म पु¥याउन नसकिरहेको अवस्थामा यस कार्यक्रमले जनप्रतिनिधिको उद्देश्य वा नगरपालिकाको कामप्रति जनतालाई स्पष्ट पार्न सहयोग पुग्नेछ ।”

काम गर्दा कतिपय ठाउँमा कमजोरी भएको हुनसक्ने भएकाले आगामी दिनमा सच्याउने अवसरका रुपमा कार्यक्रमलाई हेरिएको नगरप्रमुख राईले जानकारी दिए ।रासस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘म चौध वर्ष जेल बसेको मान्छे हुँ, झुकेर सानो कागजमा हस्ताक्षर गरेको भए चाँडै छुट्थेँ, झुकिनँ, छुटिनँ,’: प्रधानमन्त्री केपी शर्मा ओली
नेपाल भारत सम्बन्ध बिगार्न खोज्नेबाट सचेत बन्न भारतको आग्रह
नेपाल भारत सम्बन्ध बिगार्न खोज्नेबाट सचेत बन्न भारतको आग्रह
अनसनरत रुवी खानसँग सरकारको पाँचबुँदे सहमति, तोडिन् आमरण अनशन
अनसनरत रुवी खानसँग सरकारको पाँचबुँदे सहमति, तोडिन् आमरण अनशन
एमाले नेता महेश बस्नेतले मतदान गरे
एमाले नेता महेश बस्नेतले मतदान गरे
निर्वाचन अब कसैले रोक्न सक्दैन : मन्त्री थापा
निर्वाचन अब कसैले रोक्न सक्दैन : मन्त्री थापा
अचेत भएका प्रशिक्षक अब्दुल्लाहको अवस्था सामान्य
अचेत भएका प्रशिक्षक अब्दुल्लाहको अवस्था सामान्य
रेडियोमा पहिलोपटक गीत गाउने नेपाली गायिका रानुदेवीको निधन
रेडियोमा पहिलोपटक गीत गाउने नेपाली गायिका रानुदेवीको निधन
एसियाली खेलकूदअन्तर्गत एथलेटिक्सका दुई नेपाली खेलाडी प्रतिस्पर्धामा भाग लिनबाट वञ्चित
एसियाली खेलकूदअन्तर्गत एथलेटिक्सका दुई नेपाली खेलाडी प्रतिस्पर्धामा भाग लिनबाट वञ्चित
हिन्दुस्तान टाइम्सका नेपाली पत्रकार प्रशान्तलाई लाग्यो यौन दुव्र्यवहारको आरोप
हिन्दुस्तान टाइम्सका नेपाली पत्रकार प्रशान्तलाई लाग्यो यौन दुव्र्यवहारको आरोप
नयाँ आइजीपी आएलगत्तै यौनकर्मी धमाधम पक्राउ
नयाँ आइजीपी आएलगत्तै यौनकर्मी धमाधम पक्राउ

तपाईंले छुटाउनुभयो कि?