समाजवादी पार्टिका नेतामाथि गोली प्रहार
सारांश
- समाजवादी पार्टीका एक स्थानीय नेतामाथि कपिलवस्तुमा गोली प्रहार भएको छ ।
- शुद्धोधन गाउपालिकाका पार्टी अध्यक्ष रामनयन यादवमाथि गोली प्रहार भएको हो ।
- जिल्ला प्रहरी कपिलवस्तुका अनुसार मोटरसाइकलमा आएका दुईजना व्यक्तिले उनीमाथि गोली प्रहार गरेका थिए ।
समाजवादी पार्टीका एक स्थानीय नेतामाथि कपिलवस्तुमा गोली प्रहार भएको छ । शुद्धोधन गाउपालिकाका पार्टी अध्यक्ष रामनयन यादवमाथि गोली प्रहार भएको हो । जिल्ला प्रहरी कपिलवस्तुका अनुसार मोटरसाइकलमा आएका दुईजना व्यक्तिले उनीमाथि गोली प्रहार गरेका थिए । उनको हातको पाखुरामा गोली लागेको छ । गोली कसले के कारणले चलायो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यादवको तौलिहवा अस्पतालमा उपचार भइरहेको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया