सञ्चारकर्मी तथा गायिका कल्पनाको “ऐलेको तीज” सार्वजनिक (भिडियोसहित)
सारांश
- गणेशप्रसाद बञ्जाडे काठमाडौं, १९ साउन ।
- सञ्चारकर्मी तथा गायिका कल्पना भण्डारीको तीज गीत “ऐलेको तीज” सार्वजनिक भएको छ ।
- नेपाली नारीहरुको महान पर्व तीज नजिकिँदै गर्दा भण्डारीले ऐलेको तीज बोलको तीज गीत ल्याएकी हुन् ।
गणेशप्रसाद बञ्जाडे
काठमाडौं, १९ साउन । सञ्चारकर्मी तथा गायिका कल्पना भण्डारीको तीज गीत “ऐलेको तीज” सार्वजनिक भएको छ । नेपाली नारीहरुको महान पर्व तीज नजिकिँदै गर्दा भण्डारीले ऐलेको तीज बोलको तीज गीत ल्याएकी हुन् ।
गीतमा विपिन किरणको शब्द र श्रीकृष्ण बम मल्लको संगीत रहेको छ । टेकेन्द्र शाहीको निर्देशनमा बनेको भिडियोलाई राजकुमार केसीले छायाङ्कन गरेका छन् । सम्पादन टेकेन्द्र शाहीकै रहेको छ । कोरियोग्राफी राम महर्जनले गरेका छन् । भिडियोमा कल्पना भण्डारी र अन्य साथीहरुको अभिनय रहेको छ । हाइलाइट्स नेपालले यसलाई बजारमा ल्याएको हो ।
https://youtu.be/h94pOqNetPc
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया