भरतपुर महानगरपालिकाको ५ नम्बर वडा कार्यालयमा बम विस्फोट

Shikharkhabar Shikharkhabar
|
आइतबार, मंसिर १७, २०७४
|
|
२१ पटक हेरिएको
Shares
भरतपुर महानगरपालिकाको ५ नम्बर वडा कार्यालयमा बम विस्फोट

सारांश

  • १७ मंसिर, चितवन ।
  • चितवनको भरतपुर महानगरपालिकाको पाँच नम्बर वडा कार्यालयमा बम विस्फोट भएको छ ।
  • बम विस्फोटबाट वडा कार्यालय र त्यससँगै रहेको नेपाल रेडक्रस सोसाइटी नारायणपुर उपशाखा कार्यालय भवनमा क्षति पुगेको छ ।

१७ मंसिर, चितवन । चितवनको भरतपुर महानगरपालिकाको पाँच नम्बर वडा कार्यालयमा बम विस्फोट भएको छ । बम विस्फोटबाट वडा कार्यालय र त्यससँगै रहेको नेपाल रेडक्रस सोसाइटी नारायणपुर उपशाखा कार्यालय भवनमा क्षति पुगेको छ ।

जिल्ला प्रहरी कार्यालयका चितवनका अनुसार बिहानपख दुई बजे गि्रनेट विस्फोट भएको थियो । मंसिर २१ गते हुन लागेको चुनावको मतदानको केन्द्र यही वडा कार्यालयमा राखिएको छ ।

वडा अध्यक्ष पदमपाणि सुवेदीले वडा कार्यालय, रेडक्रस कार्यालय र वरपरका सर्वसाधारणको घरका झ्यालका शिसा फुटेको जानकारी दिए ।

यसैगरी वडाध्यक्ष सुवेदीको घर अगाडि फेला परेको विष्फोटक पदार्थलाई नेपाली सेनाको टोलीले निष्कृय बनाएको छ ।

(https://musclemx.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?