साउदी सरकारको नियमको स्वागत

Shikharkhabar Shikharkhabar
|
बिहिबार, पौष ६, २०७४
|
|
३० पटक हेरिएको
Shares
साउदी सरकारको नियमको स्वागत

सारांश

  • रियाद, पुस ६ ।
  •   साउदी अरबको सरकारले यहाँका महिलालाई सवारी चालन अनुमति दिएको निर्णयको यहाँका महिलाले स्वागत गरेका छन् ।
  • साउदी अरेबियाको ट्राफिक कार्यालयले साउदी महिलाहरुलाई पनि सवारी साधन हाँक्न पाउने सवारी अनुमतिपत्र दिने निर्णय हालैमात्र गरेको थियो ।

रियाद, पुस ६ ।  साउदी अरबको सरकारले यहाँका महिलालाई सवारी चालन अनुमति दिएको निर्णयको यहाँका महिलाले स्वागत गरेका छन् ।

साउदी अरेबियाको ट्राफिक कार्यालयले साउदी महिलाहरुलाई पनि सवारी साधन हाँक्न पाउने सवारी अनुमतिपत्र दिने निर्णय हालैमात्र गरेको थियो ।

विशेषगरी उनीहरुलाई यसअघि नभएको ट्रक र मोटरसाईकल चलाउनेसम्बन्धी व्यवस्थालाई यस सरकारले अनुमति प्रदान गरेको छ । उक्त निर्णयको यहाँका महिला अधिकारवादीहरुले स्वागत गरेका बताइएको छ ।

सरकारले सो नियम गतवर्ष मात्र बनाएको थियो । यसरी सवारी सञ्चालन गर्न पाउने अधिकारको प्रचलन औपचारिक रुपमा सन् २०१८ को मध्यतिरबाट सुरुहुने बताइएको छ ।

साउदी अरबका अखबारहरुले यहाँका महिलाले सरकारको उक्त निर्णयको स्वागत गरेका जनाएका छन् ।

साउदी अरबका राजा सल्मान बिन अब्दुलाजिज अल साउदले गत सेक्टेम्बरमा महिलाहरुलाई चालक बन्न पाउने व्यवस्था गर्न निर्देशन दिनुभएको थियो । सोही निर्देशनका आधारमा गत हप्तामात्र यो निर्णय भएको हो ।

साउदी अरेबियाका महिलाहरुलाई यसअघि सवारी साधान चलाउन नपाइने व्यवस्था थियो । अब यो नयाँ निर्णयपछि भने यहाँका महिला खुसी भएको बताइएको छ ।

साउदी अरबमा अधिकारवादीहरु तथा विशेष गरेर महिला अधिकारकर्मीले यहाँका पुरुषले सरह नै महिला पनि सवारी चालक बन्न पाउनुपर्ने मागगर्दै विगत लामो समयदेखि सरकारलाई दबाब दिँदै आएका थिए ।

अरु देशहरुका तुलनामा मुस्लिम देशका महिलामा बढी सांस्कृतिक जटिलताहरु रहेको पाइन्छ । त्यसैले यहाँका महिलालाई अन्य मुलुकका तुलनामा पछिमात्र राजनीतिक अधिकार दिइएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?